Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • मन्त्री घिसिङको निर्देशनपछि तातोपानी सडक बनाउन तातियो विभाग
मन्त्री घिसिङको निर्देशनपछि तातोपानी सडक बनाउन तातियो विभाग
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज २, २०८२

काठमाडौं- सिन्धुपाल्चोकको कोदारी नाका चीनसँग जोडिएको नेपालको प्रमुख नाका हो । तर, २०७२ को भूकम्पयता सडकका कारण नियमित सञ्चालन हुन सकेको छैन । यसको विकल्पमा खोलिएको रसुवागढी नाका पनि गत असार २४ गतेको बाढीपछि अवरुद्ध छ ।

दसैंलगायत चाडपर्व नजिकिँदा पनि दुवैतर्फको सडक नियमित खुल्ने संकेत नदेखिएपछि काठमाडौंका व्यवसायी चिन्तामा देखिन्छन् । यही विषयलाई मध्यनजर गर्दै भोटेकोशी गाउँपालिका वडा २ का वडाध्यक्ष कुमार श्रेष्ठसहित स्थानीयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत सम्हालेका ऊर्जामन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाए । मंगलबार श्रेष्ठको टोली पुगेपछि मन्त्री घिसिङले सडक दुई दिनभित्र खुलाउन निर्देशन दिए । उनले सडक विभागका महानिर्देशक विजय जैसीलाई आवश्यक प्रक्रिया पूरा गरी सडक दुई दिनभित्र खुलाउन निर्देशन दिएका हुन् ।

मन्त्रीको निर्देशनलगत्तै महानिर्देशक सडकको निरीक्षण गर्न आज तातोपानी पुग्दै छन् । आज बिहान १० बजे तातोपानीमा अरनिको राजमार्गका समस्या र त्यसले व्यापारमा पारेको असरको विषयमा छलफल कार्यक्रम राखिएको छ । तातोपानीमा कोदारी सीमाबाट ५०० मिटर नेपालतिरको बाटो निकै अप्ठेरो अवस्थामा रहेको छ । ठूलो पानी पर्दा उक्त सडकबाट सवारी ओहोरदोहोर हुन सक्दैन । अरु बेला भने सवारी चलिरहेको स्थानीय बताउँछन् ।

यसका लागि दीर्घकालीन समाधान निकाल्नुपर्ने भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनुर्पू शेर्पा बताउँछन् । ‘मन्त्रीले दुई दिनभित्रै सडक खोल भन्नुभएको रहेछ । पानी नपर्दा खुल्ने, परेपछि बन्द हुने त अहिले पनि भइरहेकै हो,’ उनले भने, ‘यसलाई दीर्घकालीनरुपमा खोल्नुपर्ने अहिलेको आवश्यकता होे ।’ उनका अनुसार करिब ३५ मिटर सडक निकै जोखिमपूर्ण रहेको छ । भूकम्पपछि भोटेकोशी खोलाले तानेको उक्त सडक माथितिर खोस्रिए बस्ती नै जोखिममा पर्ने देखिन्छ । यो सडकमाथि करिब ८६ घरधुरी बसोबास गरिरहेका छन् । यसैले सडक दीर्घकालीनरुपमा बलियो बनाउन खोलाको सतहबाट उठाएर ल्याउनुपर्ने अध्यक्ष शेर्पा बताउँछन् ।

Hardik health

सरकारले तातोपानी नाकाबाट चालु आर्थिक वर्ष २३ अर्ब रकम राजस्व उठाउने लक्ष्य राखेको छ । तर दसैंको मुखमा वर्षा जारी रहँदा काठमाडौं आउन तयार भएका एक हजार ७०० भन्दा बढी ट्रक र कन्टेनर खासामा रोकिएका छन् । राज्यलाई अर्बौं राजस्व दिने नाकामा ३५ मिटर सडक बनाउन सरकारले कञ्जुस्याइँ गरेको गाउँपालिका अध्यक्ष शेर्पा बताउँछन् । एक अर्ब रुपैयाँ रकम भए सडक बलियो बन्ने उनको भनाइ छ । ‘यही सडकका कारण ८६ घरधुरी पनि जोखिममा छ । यो बस्ती जोगाउनेगरी सडक खोलैबाट उठाउन एक अर्ब रुपैयाँ लाग्ने देखिन्छ । २३ अर्ब रुपैयाँ राजस्व उठ्ने नाकाका लागि सरकारले यति पनि खर्च गर्न नसक्दा सडक नियमित हुन नसकेको हो,’ शेर्पाले भने । दीर्घकालीन समाधानका लागि ग्याबिन पर्खाललगायतका संरचना निर्माण गर्ने र नयाँ डिजाइनअनुसार काम गर्ने विषयमा पनि छलफल भइरहेको उनले बताए ।

विभागका उपमहानिर्देशक प्रभात झाले बिहीबार महानिर्देशक जैसी तातोपानी पुगेपछि यसको विस्तृत खाका आउने बताए । ‘मन्त्रीज्यूले कोदारी क्षेत्रको सडकको ब्रिफिङ लिएर दुई दिनभित्र सडक खुलाउनू भन्नुभएको छ । आवश्यक परे मन्त्रीज्यू आफैं कोदारी जानेसमेत भन्नुभएको छ,’ झाले भने । दसैंमा सामान रोकिँदा व्यवसायमा असर पर्ने भन्दै मन्त्री घिसिङले तत्काल सडक खुलाउन निर्देशन दिएको उनका सचिवालय सदस्य सचिन गौतमले बताए । ‘दसैंको बेलामा यसरी नाका बन्द गर्नु हुँदैन, तुरुन्तै यो जसरी हुन्छ खोल्नुपर्छ भन्ने उहाँको निर्देशन छ,’ गौतमले भने ।

गत साउन १८ गतेदेखि अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको कोदारी खण्डमा पहिरोले सडक पूर्णरूपमा अवरुद्ध बनेको थियो । सडक डिभिजन चरिकोटले मर्मत गरी गत भदौ ५ गते  एकतर्फी सञ्चालनमा ल्याएको थियो । तीन दिन (भदौ ५ देखि ८ गतेसम्म) मात्र सञ्चालनमा आएको यो सडक अहिले वर्षाका कारण पूर्णरूपमा बन्द छ । 
 

Pasang-Nurpu-1758170236.jpg
‘दीर्घकालीन समाधान जरुरी’
पासाङनुर्पु शेर्पा
अध्यक्ष, भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोक

सडक बनाउन हामीले पटक-पटक संघीय सरकारलाई ज्ञापनपत्र बुझाएकै हौं । यसपटक पनि कुलमान घिसिङ मन्त्री हुनासाथ हाम्रा साथीहरु ज्ञापनपत्र लिएर जानुभयो । बिहीबार सडक विभागको डिआई आइपुग्ने र यसलाई दीर्घकालीनरुपमा समाधान गर्ने कुरा छ । 

पानी नपर्दा खुल्ने, परेपछि बन्द हुने त अहिले पनि भइरहेकै हो । यही सडकका कारण ८६ घरधुरी पनि जोखिममा छ । यो बस्ती जोगाउनेगरी सडक खोलैबाट उठाउन एक अर्बभन्दा बढी लाग्ने देखिन्छ । २३ अर्ब रुपैयाँ राजस्व उठ्ने नाकाका लागि सरकारले यति पनि खर्च गर्न नसक्दा सडक अलपत्र परेको हो ।
 


प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १०:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल सोमबार, साउन १८, २०८३
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द सोमबार, साउन १८, २०८३
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै बिहीबार, साउन १४, २०८३
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल आइतबार, साउन १०, २०८३
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक शुक्रबार, साउन ८, २०८३
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण मंगलबार, साउन ५, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP