Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #मलेसियान_सिण्डिकेट
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विचार
  • Home
  • विचार
  • संकट अस्थायी हो, आशा स्थायी
संकट अस्थायी हो, आशा स्थायी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज १, २०८२
टिकाराम सुनार

 

जेन-जी आन्दोलनबाट नयाँ पुस्ताले दिएको सन्देश स्पष्ट छ- समान न्याय, समान अवसर र उत्तरदायी शासन । हामीले यही आवाज सुन्नुपर्छ । आमनेपालीबीच फेरि एकता र सौहाद्र्रताको खाँचो छ । हामी हरेकले सम्हालिनु छ । हरेकले फेरि उठ्नका लागि संकल्प गर्नुपर्ने छ । बुझ्नुपर्ने के छ भने संकटलाई देखाएर वा अन्धकारलाई गाली गरेर मात्र उज्यालो आउँदैन । अब हरेक नेपालीमा साहस र संकल्प आवश्यक छ । उज्यालो स्वतः आउँदैन, कसैले बत्ती बाल्नुपर्छ । त्यसैले एकता, सहिष्णुता र सुशासनतर्फ सामूहिक प्रयास गर्नुपर्छ । 
 

यही भदौ २३ र २४ मा नेपालमा जेन-जी प्रदर्शन भयो । यो नेपालका लागिमात्रै होइन, विश्वकै लागि पछिल्लो शताब्दीकै एक ‘विशिष्ट’ घटनामा दर्ज भएको छ । ‘विशिष्ट’ यस अर्थमा कि वर्षौंदेखि मौलाएका ‘बेथिति’को प्रतिरोध गर्दै केही घण्टामै ‘सत्ता’ उलटफेर भएको छ । यस्तो घटना विश्वमै विरलै हुन्छ । २०४६ सालको परिवर्तन र २०६२÷६३ पछि देखाइएका सपनालाई नागरिकको बदलिँदो चेतना र आवश्यकतासँग जोड्न नसकेको उकुसमुकुस । उमेरले होइन ‘एजेण्डा’ प्राथमिकताको विषय हो, तर जति तर्क गरे पनि एउटा व्यक्ति सबै व्यवस्था, काल र परिस्थितिमा ‘सर्वकालिक’ ग्राह्य हुँदैन । उसको समय, चेतना, वेग र आवश्यकताको सिद्धान्तले पनि त्यो हुँदैन, तर नेपालमा त्यही भइरह्यो, जुन कुरा पछिल्लो पुस्तालाई मन परेन । त्यसको अभिव्यक्ति हो, भदौ २३ र २४ को अवस्था । यो आन्दोलनबारे विविध कोणबाट बहस भइरहेकै छन्, हुनु पनि पर्छ ।

यस आन्दोलनले दुईवटा पक्ष बोकेको जस्तो देखिन्छ- एउटा आशा र अर्को संकट । आशाले भ्रष्टाचार, अन्याय र बेथितिको अन्त्य गर्दै सुशासन, सुव्यवस्थासहित सुनौलो भविष्य निर्माणको सपनालाई प्रतिनिधित्व गर्छ । हाल आन्दोलनको घाउ आलै छ । देशका अमूल्य सम्पदा, आर्थिक प्रशासनिक धरोहर खरानी भएका छन् । राष्ट्र निर्माणमा योगदान गर्ने सबै क्षेत्रको आत्मबल कमजोर भएको छ । यद्यपि, राष्ट्रपतिको सुझबुझपूर्ण अभिभावकत्वका कारण तत्काल लोकतन्त्र जोगिएको छ । संवैधानिक सर्वोच्चतालाई स्वीकार्दै अगाडि बढ्ने बाटो खुलेको छ । अब सर्वत्र चिन्ता र चासो छ- देश कसरी उठ्ला ?

Hardik health

यस्तो बेला केवल संकल्पको खाँचो छ । आमनेपालीमा फेरि सपना र आत्मविश्वासको जन्म गराउने सुझबुझपूर्ण नेतृत्वको खाँचो छ । १० वर्षे सशस्त्र द्वन्द्वबाट सम्हालिँदै अगाडि बढेको देश । संविधानसभा र संविधान निर्माणका क्रममा अघिपछि भएका आक्रोशलाई मत्थर गरेर लयमा फर्किएको देश । हामी पटक-पटकका आन्दोलन, क्रान्ति र प्रतिक्रान्तिका बीचबाट उठेर हिँडेका छौं । विनासकारी भूकम्पदेखि तमाम जटिलताका बीचबाट पनि आशा र सपनासहित हिँड्न सफल भएका छौं । के यो एउटा आन्दोलनले भत्किन्छौं, सकिन्छौं त ? पक्कै यो समय पनि बितेर जाने छ । अंग्रेजीमा एउटा भनाइ छ नि ‘टाइम हिल्स’ अर्थात् समयले उपचार गर्छ । इतिहासले हामीलाई सिकाएको छ- नेपाल कहिल्यै हार्दैन । न द्वन्द्वमा हार्‍यो, न विपद् वा महामारीमा । भूकम्पमा ढलेका घर फेरि उठे । कोरोना महामारीले छाएको मौनता फेरि हाँसोले गुल्जार भयो । नेपाल पटक-पटक ढले पनि फेरि उभिएको छ । त्यसैगरी यसपटक पनि हामी सजिलैसँग उठ्ने छौं । मूर्छित आशा फक्रिने छ ।

यस आन्दोलनबाट नयाँ पुस्ताले दिएको सन्देश स्पष्ट छ- समान न्याय, समान अवसर र उत्तरदायी शासन । हामीले यही आवाज सुन्नुपर्छ । आमनेपालीबीच फेरि एकता र सौहाद्र्रताको खाँचो छ । हामी हरेकले सम्हालिनु छ । हरेकले फेरि उठ्नका लागि संकल्प गर्नुपर्ने छ । बुझ्नुपर्ने के छ भने संकटलाई देखाएर वा अन्धकारलाई गाली गरेर मात्र उज्यालो आउँदैन । अब हरेक नेपालीमा साहस र संकल्प आवश्यक छ । उज्यालो स्वतः आउँदैन, कसैले बत्ती बाल्नुपर्छ । त्यसैले एकता, सहिष्णुता र सुशासनतर्फ सामूहिक प्रयास गर्नुपर्छ । समाजमा असुरक्षा, अनिश्चिय, अफवाह फैलाउने र निरासामा डुबेर होइन, सानो–सानो कर्मले आशाको बाटो कोर्नुपर्छ ।

हामी सबै विभिन्न अफवाहबाट त्रस्त भएको बेला राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ २८ गते गरेको सार्वजनिक अपिलको भावनालाई बुझौं । उनले भनेजस्तै संविधान र प्रणाली जोगिएको छ, अब चुनावमार्फत अझ परिपक्व लोकतन्त्रतर्फ अघि बढ्ने अवसर आएको छ । यसलाई सदुपयोग नगरे फेरि संकट आउन सक्छ । ‘देशको अत्यन्त असहज, विषम् र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात् एउटा शान्तिपूर्ण निकास निस्किएको छ । संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । तसर्थ, बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न म सबै पक्षलाई हार्दिक अपिल गर्दछु,’ राष्ट्रपतिको यो भनाइ प्रस्ट सन्देश पनि हो, र चेतावनी पनि । संविधान जोगाउँदै जुक्तिले जोगाएको यो व्यवस्थामा सम्हालिँदै अगाडि बढेमा फेरि उठ्ने अवसर छ । त्यसलाई बेवास्ता गर्दै बहानाबाजी गरेमा संकट तत्कालका लागि टरेको हो, दीर्घकालका लागि होइन । फेरि हामी अनिश्चयतर्फ धकेलिन्छौं । यो चेतावनीलाई पनि अवसरका रूपमा लिएर अगाडि बढौं ।

निराशाभन्दा आशाको बाटो
सम्झिऔं त यही भदौ २३ देखि २७ गतेसम्मको अवस्था । यो विचार लेख्दासम्म ७२ जनाको ज्यान गएको छ भने अझै धेरैजना उपचारकै क्रममा छन् । अर्बौंको सम्पत्तिमा नोक्सान भएको छ । यो आन्दोलनले एकैपटक राज्यको सुरक्षा प्रणाली, सुरक्षा दस्ताको सूचना पहुँच र विश्लेषण क्षमता, राजनीतिक नेतृत्वको सोचको अवस्था छर्लंग भएको छ । भ्रम र अफवाह कति शक्तिशाली छ भन्ने प्रस्ट्याएको छ ।

यी विविध पक्षको विश्लेषण हुँदै जाला । आन्दोलनको मूल मुद्दालाई कुनै पनि बहानामा नभड्काऔं । जेन-जी प्रदर्शनको मूल माग भ्रष्टाचार, बेथिति, चरम नातावाद, राजनीतिको अपराधीकरण र राज्य संयन्त्रलाई पार्टीकरण गर्ने प्रवृत्तिको अन्त्य गर्नु थियो । दलबीच नीति, सिद्धान्त र युग चेतलाई सम्बोधन गर्नेभन्दा पनि ‘सत्ता’ मा रहनका लागि हुने भागबण्डा र त्यसैका लागि सबै क्षेत्रलाई ‘पंगु’ बनाएर आफू बलियो हुने प्रवृत्तिलाई युवा पुस्ताले अस्वीकार गरेका हुन् । त्यसैले अब अफवाहलाई चिर्दै भत्काउन खोजिएको आत्मबललाई कमजोर हुन नदिऔं । केही सकिएको छ, तर धेरै बाँकी नै छ । सहरका गल्लीमा सपना बोकेर हिँड्ने युवा अझै छन् । गाउँको खेतमा पसिना बगाइरहेका किसान अझै काम गर्न तयार छन् । आमाबुबाको आँखामा सन्तानको उज्यालो भविष्य देख्ने  विश्वास अझै छ । यी सबै कुराले चिच्याएर भनिरहेका छन्- देश अझै बाँकी छ । जनतामा विवेक अझै बाँकी छ । आशा अझै बाँकी छ ।

यतिबेला सर्जक कालीप्रसाद रिजालले लेखेका शब्द र संविधानविद् तथा सर्जक अर्जुन मिलन (डा. भिमार्जुन आचार्य) गीतका सानो पंक्ति सम्झौंः
सबैले त देशबाट लिन्छु केवल लिन्छु भने,
तिमीचाहिँ देशलाई म त दिन्छु केही भन्देउ न है ।

अब हरेक नागरिकमा साहस चाहिएको छ । नयाँ बिहान हरेक रात पछाडि नै आउने हो भन्ने सकारात्मक दृष्टिसहित काम गर्न आवश्यक छ । लोकतन्त्रमा दलविनाको कल्पना पनि गर्न सकिँदैन, त्यसैले अब दलले सुध्‍नेर अगाडि बढ्नुको विकल्प छैन । आफ्नो असहमति स्वस्थ ढंगले राखौं । दलभित्र ‘लोकतन्त्र’ स्थापना गरौं । अब आफूभित्रका योग्य पुस्तालाई विश्वास गरौं । हिजो जे भयो भयो इन्तु, किन्तु, परन्तु नभनि अब पार्टीभित्रै सबैले समान अवसरको गोरेटो बनाइदिऔं ।

निराशाको बीचमा आशाको खोजी
परिवर्तन आमनेपालीको माग हो । कुनै पनि माध्यमबाट यो पोखिनेवाला थियो नै । त्यसका पछाडि थुप्रै कारण छन् । यसपटक जेन–जी प्रदर्शनका नाममा परिवर्तनको चाहना पोखियो । सुशासन र भ्रष्टाचारविहीन शासन, पुरातनवादी सत्ता अभ्यासमा परिवर्तनको मागसहित उठेको यो प्रदर्शनले दुई दिनमै कायापलटको अवस्था बनाइदियो । त्यही बीचमा यो तहको विध्वंसले कसरी स्थान पायो र त्यसको मक्सद के हो भन्नेबारे भविष्यमा पर्दा खुल्दै जालान्, खुल्नै पर्छ । तथापि, अब त्यसैका पछाडि लागेर निराशाको खाडल गहिरो बनाउन नलागौं । अहिले संकट छ, तर आशा पनि छ । हाम्रै विगत र हाम्रो जस्तै संकट बेहोरेर उठेका विश्वका अन्य उदाहरणबाट पाठ सिक्दै सुन्दर भविष्य निर्माणमा जुट्नुको विकल्प हामीसँग छैन । यी तमाम अनुभवले एउटा कुरा देखाउँछ- संकट स्थायी हुँदैन ।

यो तहको विध्वंस नयाँ र अनपेक्षित भए पनि नेपालमा राजनीतिक प्रदर्शनको कुरा नयाँ होइन । २००७ सालअघिको आन्दोलनले राणशासनको १०४ वर्षको इतिहास मेटायो । प्रजातन्त्रको विजारोपण भयो । २०४६ सालको जनआन्दोलनले बहुदलीय व्यवस्था ल्यायो । निर्दलीय पञ्चायतलाई च्यूत गर्दै प्रजातन्त्र बहाली भयो । १० वर्ष लामो हिंसात्मक द्वन्द्वबाट बाहिर आयौं । २०६२÷६३ सालको जनआन्दोलनले वंशवादमा आधारित २४० वर्ष लामो राजतन्त्रलाई बिदा ग¥यो, गणतन्त्र स्थापना भयो । हरेक निर्णायक मोडमा नेपाल ढलेको र जलेको मात्रै छैन । उठेको पनि छ, बनेको पनि छ । त्यसैले आजको जेन–जी प्रदर्शनका क्रममा भएको विध्वंसको ‘अंश’ छुट्याउने हो भने यो नयाँ पुस्ताले समान न्याय, समान अवसर र उत्तरदायी शासन मागेका छन् । विध्वंसकै कुरामा रुमल्लिनुभन्दा यो आवाजको शंखनाद सुनौं । समयमै सुनौं । अब यसलाई अवसरका रूपमा लिऔं, जसरी यस्तै संकट आउँदा विश्वका अरु मुलुकले लिए ।

धेरै विगतमा जाँदा दोस्रो विश्वयुद्धपछि पूर्णरूपमा ध्वस्त भएको जापान अनुशासन, नवप्रवर्तन र प्रविधिमा लगानी र स्पष्ट ‘भिजन’ लिएर अगाडि बढ्दा केही दशकमै विश्व आर्थिक शक्ति बन्यो । युद्धपछिको विनास र विभाजनपछि जर्मनी राजनीतिक सहमति र स्पष्ट पुनर्निर्माण योजनाका कारण फेरि युरोपको बलियो अर्थतन्त्र बन्यो । सन् १९९४ को नरसंहार (करिब १० लाख मानिस मारिएको भनिएको) पछि असम्भव जस्तो लाग्ने रुवाण्डामा पुनर्मिलन र सुशासन सम्भव भयो । युद्धपछि दक्षिण कोरिया (१९५०-५३) गरिब कृषिप्रधान देशबाट शिक्षा र औद्योगीकरणमा लगानी गर्दै लोकतान्त्रिक अभ्यासमार्फत केही दशकमै विश्वकै उच्च आय भएको राष्ट्र बन्यो । फेरि दक्षिण कोरियामै सन् १९६० को ‘अप्रिल रिभोलुसन’ भनेर चिनिने विद्यार्थी आन्दोलनले अधिनायकवादी शासनको ठाउँमा लोकतन्त्रको बाटो तय गर्‍यो ।

त्यस्तै ट्युनिसियामा सन् २०१०-११ मा युवाले गरेको ‘अरब स्प्रिङ’ आन्दोलन लोकतान्त्रिक संरचनाको आधार तयार गर्‍यो । ट्युनिसियामा २३ वर्ष शासन गरेका जिन एल आबेदिन बेन अलीयस सत्ता च्युत भए । यसको उभार इजिप्ट, लिबिया, सिरिया, यमन, बहरेनसम्म फैलियो । त्यसको परिणामस्वरुपम इजिप्टमा ३० वर्ष एकछत्र शासन गरेका होस्नी मुबारक, लिबियामा मुअम्मर गद्दाफीको ४२ वर्ष लामो शासन अन्त्य भयो । सिरिया, एमन र बहराइनले समयको आवाज नसुन्दा अझै पनि त्यहाँ संकट र अस्थिरताबाट पार पाउन सकिएको छैन । यी सबै उदाहरणले सम्हालिएर अगाडि बढेमा ध्वस्त भएको समाज पनि आशा र स्पष्ट रणनीति भयो भने चाँडै पुनर्निर्माण हुन्छ र अझ सुखद् समय आउँछ भन्ने देखाउँछन् । नेपालले पनि बारम्बार संकटको सामना गरेको छ, तर हरेकपटक उठेका छौं । यसर्थ, हरेक असहज परिस्थितिबाट उठ्ने क्षमता नेपाली समाजको मूल पहिचान हो । अहिले युवाको भावनाअनुसार ‘सुशासन र भ्रष्टाचारविहीन’ समाज बनाउने हो भने यी भत्केका भवन चाँडै ठडिने छन् । बिथोलिएको आत्मबल फेरि बलियो गरी उभिने छ । अब केवल सरकारको स्पष्ट दृष्टिकोण, इच्छाशक्ति र त्यसमा लामो अनुभव तथा योगदान भएका राजनीतिक दलले शान्तिपूर्ण सहजीकरण गर्न आवश्यक छ । आफ्ना असहमतिलाई शालीन र नवीन ढंगले मुखरित गर्दै ‘बडो जुक्तिले प्राप्त अवसर’ को सदुपयोग गर्नसके फेरि अवसरले पछ्याउने छन् ।

निष्कर्षमा भन्नुपर्दा अहिले जलेका र ढलेका संरचनामात्रै नदेखौं, हाम्रो अगाडि झल्झली उज्यालो दिने अवसरको दीपलाई पनि देखौं । आक्रोश र असन्तोषको छायामात्र नदेखौं, उज्यालो भविष्यतर्फको सम्भावना पनि चिनौं । नेपालका युवाले उठाएका आवाजलाई व्यवस्थापन गर्न संवाद र सहमतिको बाटो समातौं । एकता, सहअस्थित्व, सामाजिक सहिष्णुता, अग्रगामी राजनीतिक चेत र सुशासनमा जोड दिएमा पुनर्जागरण सम्भव छ । पक्कै यो समय हटेर जाने छ किनकि संकट अस्थायी हो, तर आशा स्थायी । यही आशाले नेपाललाई नयाँ बिहानतर्फ लैजाने छ । 


प्रकाशित मिति: बुधबार, असोज १, २०८२  ११:५६
प्रतिक्रिया दिनुहोस्
थप विचार
रेमिट्यान्स राहत हो, समाधान होइन
रेमिट्यान्स राहत हो, समाधान होइन सोमबार, कात्तिक १७, २०८२
चोटपटक जनस्वास्थ्यको प्रमुख समस्या 
चोटपटक जनस्वास्थ्यको प्रमुख समस्या  सोमबार, कात्तिक १७, २०८२
ध्वनि चिकित्सा पद्धतिको प्रभावकारिता
ध्वनि चिकित्सा पद्धतिको प्रभावकारिता आइतबार, कात्तिक १६, २०८२
पञ्‍चेबाजाः परम्पराको स्वर, पहिचानको गाथा
पञ्‍चेबाजाः परम्पराको स्वर, पहिचानको गाथा शुक्रबार, कात्तिक १४, २०८२
पर्वतकी रानी हिउँचितुवा संरक्षणको प्रयास 
पर्वतकी रानी हिउँचितुवा संरक्षणको प्रयास  शुक्रबार, कात्तिक १४, २०८२
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा 
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा  बिहीबार, कात्तिक १३, २०८२
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP