Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • चुनावमा जान प्रमुख दलहरु तयार
चुनावमा जान प्रमुख दलहरु तयार
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ ३१, २०८२

अन्तरिम सरकार गठन भइसकेको छ । निर्वाचनको मिति घोषणा भएको छ । एउटा जिम्मेवार लोकतान्त्रिक पार्टी भएकोले तोकिएको समयमा निर्वाचन सुनिश्चित गराऔं, यसको निमित्त निर्वाचन गराउने जिम्मेवारी लिएर आएको सरकारलाई सहयोग गरौं ।
गगन थापा
महामन्त्री, नेपाली कांग्रेस

काठमाडौं- प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिएका दलहरु मध्यावधि चुनावमा भने जान तयार भएका देखिन्छन् । जेन–जी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेसँगै दलहरुले यस्तो संकेत गरेका हुन् ।

विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कार्की नेतृत्वको सरकारलाई सघाउन अपिल गरेका छन् । जेन–जीको आन्दोलनपछि सिर्जना भएको परिस्थितिलाई स्वीकार गर्दै चुनावमा जानुको विकल्प नभएको उनले बताएका छन् ।  ‘अन्तरिम सरकार गठन भइसकेको छ, निर्वाचनको मिति घोषणा भएको छ । एउटा जिम्मेवार लोकतान्त्रिक पार्टी भएकोले तोकिएको समयमा निर्वाचन सुनिश्चित गराऔं, यसको निमित्त निर्वाचन गराउने जिम्मेवारी लिएर आएको सरकारलाई सहयोग गरौं,’ थापाले सोमबार विज्ञप्तिमार्फत भनेका छन् ।

यो सरकार अन्तरिम सरकार भएका नाताले उसको कर्तव्य समयमा निर्वाचन गराउने हो, शान्ति सुरक्षाको वातावरण तयार गरेर समयमा निर्वाचन गराउने क्रममा सरकारको ध्यान जाने छ । मुलुकलाई संविधानतर्फ फर्काउनका लागि तोकिएकै समयमा निर्वाचन गर्न जरुरी छ ।
शंकर पोखरेल
महासचिव, नेकपा एमाले

Hardik health

तोकिएकै मितिमा निष्पक्ष निर्वाचन सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई ट्र्याकमा ल्याउनु अहिलेको मुख्य विषय भएको उनले बताएका छन् । अघिल्लो दिनमात्र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभाको विघटन असंवैधानिक रहेको बताएका थिए । ‘संविधानबमोजिम जनताबाट लोकतान्त्रिक विधिअनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधिसभाको विघटनको कार्य पूर्णरुपमा अलोकतान्त्रिक र असंवैधानिक छ,’ आइतबार उपसभापति खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा भदौ २३ गते जेन–जीको प्रदर्शनको क्रममा आफ्नै निवासमा आक्रमणमा परी घाइते भएका छन् । देउवा उपचारमै भएकोले कांग्रेसका आधिकारिक धारणा भने केन्द्रीय समिति बैठकपछि मात्र आउने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत बताउँछन् ।


अन्तरिम सरकार बनेर निर्वाचनको मिति घोषणा भइसकेको छ । त्यही स्थितिबाट घोषित मितिमा चुनाव हुनुपर्छ भनेर एकजुट भएर जानुपर्ने अहिलेको आवश्यकता हो ।
नारायणकाजी श्रेष्ठ
वरिष्ठ उपाध्यक्ष, माओवादी केन्द्र

प्रतिनिधिसभामा दोस्रो रहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि निर्वाचनमा जान आफ्नो पार्टी तयार रहेको बताएका छन् । सोमबार एमालेको मुख्यालय च्यासल पुगेर महासचिव पोखरेलले शान्ति सुरक्षाको वातावरण तयार गरेर समयमै निर्वाचन गराउन सरकारले काम गर्ने विश्वास व्यक्त गरे ।  ‘यो सरकार अन्तरिम सरकार भएका नाताले उसको कर्तव्य समयमा निर्वाचन गराउने कुरा हो, शान्ति सुरक्षाको वातावरण तयार गरेर समयमा निर्वाचन गराउने क्रममा सरकारको ध्यान जाने छ,’ पोखरेलले भने । एमाले लोकतान्त्रिक पार्टी भएकोले जनताको बीचमा ताजा जनादेशका लागि जान तयार रहेको उल्लेख गरे । ‘नेपालका सबै लोकतान्त्रिक पार्टीहरू जनतामा गएर जनताका बीचबाट अभिमत प्राप्त गर्ने प्रक्रियामा प्रवेश गर्नु पर्दछ भन्ने हामी ठान्दछौं । किनकि जनमत प्राप्त गर्ने माध्यम भनेको सधैंभरि सडक हुन सक्दैन,’ पोखरेलले भने ।

पोखरेलले चुनावमै जोड दिँदै संविधानतर्फ फर्काउन तोकिएकै समयमा चुनाव हुनुपर्ने बताए । ‘समाधान सधैँ सडकबाट खोज्ने हो भने स्थायित्व र विकास हुन सक्दैन । मुलुकलाई संविधानतर्फ फर्काउनका लागि तोकिएकै समयमा निर्वाचन गर्न जरुरी छ,’ उनले भने । जेनऔजी आन्दोलनका कारण प्रधानमन्त्रीबाट राजीनामा दिएका एमाले अध्यक्ष केपी शर्मा ओली अझै सेनाको सुरक्षामा छन् । अध्यक्ष ओलीको धारणा आइनसकेकाले यसलाई एमालेको आधिकारिक धारणा मान्न नसकिने एमाले नेताहरु बताउँछन् । यद्यपि, महासचिव पोखरेल ओलीका विश्वासपात्र हुन् । यता तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि चुनावमा जानुको विकल्प नरहेको बताएका छन् । सोमबार पेरिसडाँडास्थित पार्टीका क्षतिग्रस्त भवनमा पुगेर श्रेष्ठले चुनावमा एक भएर लग्न आग्रह गरेका हुन् । ‘अन्तरिम सरकार बनेर निर्वाचनको मिति घोषणा भइसकेको छ । त्यही स्थितिबाट घोषित मितिमा चुनाव हुनुपर्छ भनेर एकजुट भएर जानुपर्ने अहिलेको आवश्यकता हो,’ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने ।

कार्की नेतृत्वको चुनावी सरकार असफल भएमा देशमा गम्भीर संकट आउने श्रेष्ठको तर्क छ । यसैले उनले सरकार पनि चुनाव केन्द्रित गतिविधिमा लाग्नुपर्ने बताए । ‘अहिलेको आवश्यकतालाई ध्यान दिएर जेन–जी आन्दोलनको उपलब्धिलाई कुनै हालतमा गुम्न नदिनेगरी अहिले अन्तरिम सरकारलाई सफल पार्न हामीले मदत गर्नुपर्दछ,’ श्रेष्ठले भने, ‘सरकारले मुख्य कुरा यसैलाई बनाओस् । अरु छिटफुट कुरामा तपाईंहरू नलाग्नुहोस् । निर्वाचन सम्पन्न गर्ने कुरालाई केन्द्रित गरेर त्यसमै लाग्नुहोस् ।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि जेन–जीको प्रदर्शनयता नेपाली सेनाको निगरानीमा छन् । देउवा, ओली, दाहालसहित दलका अधिकांश नेताहरुको निवास जेन–जी प्रदर्शनका क्रममा आगजनी गरिएको छ । शनिबारमात्र राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सफल गराउन सबै पक्षलाई अपिलसमेत गरेका छन् । ‘बडो जुक्तिपूर्ण ढंगले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैं संयमित रहँदै चुनाव सम्पन्न गराउन सहयोग गर्न सबैलाई हार्दिक अपिल गर्दछु,’ राष्ट्रपति पौडेलको वक्तव्यमा भनिएको छ ।

चुनाव घोषणा भएसँगै कार्की नेतृत्वको अन्तरिम सरकार चुनावी सरकारको रुपमा परिणत भएको छ । आइतबार प्रधानमन्त्रीको पदभार ग्रहणपछि कार्कीले छ महिनामा चुनाव गरेर छाड्ने बताएकी छन् । ‘छ महिनामा आफ्नो काम कारबाही गरेर मुक्त हुने र नयाँ आउने मन्त्रीहरूलाई जिम्मेवारी र दायित्व सुम्पिने अठोट गरेका छौं । यो अठोटमा यहाँहरूको साथ नपाइकन सम्भव छैन । सुरक्षा निकायले पनि साथ नदिइकन सम्भव छैन । हेर्नुस्, मलाई सहयोग गर्नुस्,’ कार्कीले पदभार ग्रहणका क्रममा भनेकी छन् ।
 


प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  १०:२७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP