काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । उनले रास्वपाका केन्द्रीय सदस्यहरूको ग्रुपमा आफूले पार्टी छोडेको बताएकी हुन् ।
रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन्,’ अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’
सुमनाले अर्को पार्टीमा जाने वा अहिले बनेको नयाँ सरकारमा मन्त्री बन्ने तयारी नरहेको निकट स्रोतको भनाइ छ । उनी प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहणमा पुगेपछि मन्त्री बन्न सक्ने चर्चा चलेको थियो । तर सुमना स्वयम्ले आफू मन्त्री अहिले नबन्ने र बाहिरैबाट सरकारलाई सघाउने बताएकी छन् ।
सुमनाले केही महिना अगाडि रास्वपाको सहमहामन्त्री पद त्यागेकी थिइन् । उनी निवर्तमान सांसद हुन् ।