Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिन आठ दलको माग
प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिन आठ दलको माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ २९, २०८२

काठमाडौं- प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक भएको आठ राजनीतिक दलले निष्कर्ष निकालेका छन् । विघटनले लोकतान्त्रिक उपलब्धि धरापमा पार्ने संशय प्रकट गरेका छन् । 

शनिबार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनको कदम तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । सुशासनको माग राखिएको जेन-जी आन्दोलनको माग प्रतिनिधिसभा विघटन नभएको पनि आठ दलको दाबी छ । ‘नेपालको संविधान तथा प्रचलित कानुनबमोजिम सुशासनको माग राखेर भएको आन्दोलनको मर्मविपरीत अलोकतान्त्रिक तथा असंवैधानिक ढंगले संसद् छलेर सडकबाट सरकार गठन र प्रतिनिधिसभाको विघटन गरिएको छ,’ आठ राजनीतिक दलको विज्ञप्तिमा छ, ‘लोकतान्त्रिक र कानुनी राज्यमा सबै प्रकारका समस्याको समाधान संविधान र कानुनबमोजिम हुनुपर्ने र सबै निकायहरू संविधान र कानुनबमोजिम सञ्चालन हुनुपर्दछ भन्ने कुरामा हाम्रो अटल विश्वास छ । नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र र संविधानसभाबाट जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानविपरीतका कदमलाई कुुनै पनि मूल्यमा स्वीकार गर्न सकिँदैन ।’

जननिर्वाचित संस्था प्रतिनिधिसभाको विघटन संविधानको धारा ७६ को उपधाराविपरीत भएको आठ राजनीतिक दलको जिकिर छ । सर्वोच्च अदालतबाट प्रतिपादन भएका नजिर र सिद्धान्तसँग प्रतिनिधिसभा विघटन कदम मेल नखाने पनि भनिएको छ । विघटनलाई संवैधानिक परम्पराविपरीतको कार्यको रूपमा दलहरूले अथ्र्याएका छन् ।  विघटनले मताधिकारको अवमूल्यन, संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार भएको टिप्पणी गरेका छन् । त्यसो हुनाले संसद् विघटनको निर्णय फिर्ता लिँदै संसद्को बैठक बोलाउन उनीहरूको माग छ ।  ‘प्रतिनिधिसभा विघटन गरिएको भनिएको निर्णय फिर्ता लिई तत्काल संसद्को बैठक बोलाई जनता र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै सम्बोधन हुने वातावरण सिर्जना गर्न सम्बन्धित सबैसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा शुक्रबार प्रतिनिधिसभा विघटन गरेका थिए । विघटनको माग जेन-जी समूहको हो । समूहको मागअनुसार नै आवश्यकताको सिद्धान्तलाई टेकेर प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गरे । विघटनको आठ दलबाट विरोध भएको हो ।

Hardik health

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा विघटनबारे धारणा सार्वजनिक गरेको छैन । तर, यो दलका सांसदहरूले सामूहिक राजीनामा घोषणा गरेका छन् । राजेन्द्र लिङ्देन र उनको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) त संसद् विघटनकै पक्षमा थियो । त्यसो हुनाले विघटनको कदमलाई यो दलले स्वीकारेको छ । यससँगै राप्रपा सांसदहरूको सामूहिक राजीनामा घोषणा भइसकेको छ । उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी, नेपालले पनि विरोध जनाएको छ । राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी नेपाललगायत दलले पनि प्रतिनिधिसभा विघटनप्रति असहमति प्रकट गरेका छन् । 

विघटनलाई अस्वीकार गरे पनि राजनीतिक दलहरूले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा स्वीकारेका छन् । यसअघि भने प्रधानन्यायाधीश भइसकेको व्यक्ति प्रधानमन्त्री हुन नमिल्ने तर्क अघि सारेका थिए । तर, आवश्यकताको सिद्धान्त र जेन–जी समूहको अडानका कारण प्रधानमन्त्रीमा कार्कीलाई नियुक्त गर्न राष्ट्रपति पौडेल बाध्य भएका थिए । उनै कार्कीको प्रधानमन्त्रीमा भएको नियुक्तिबारे पनि दलहरूले प्रश्न नउठाएका हुन् ।

चुनाव सम्पन्न गर्न राष्ट्रपतिको अपिल
राष्ट्रपति रामचन्द्र पौडेलले घोषित चुनावलाई सम्पन्न गर्न सबैलाई अपिल गरेका छन् । दलहरूले प्रतिनिधिसभा विघटनलाई अस्वीकार गरिरहँदा राष्ट्रपति पौडेलले भने कठिन परिस्थितिमा शान्तिपूर्ण निकास निस्किएको भन्दै चुनाव सम्पन्न गराउन शनिबार अपिल गरेका हुन् । 
संविधान, संसदीय प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्र कायम भएको भन्दै पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न म सबै पक्षलाई हार्दिक अपिल गर्दछु ।’
प्रतिनिधिसभा विघटनलाई दलहरूले अस्वीकार गरेको हुनाले आगामी चुनावमा सहभागी हुन्छन् कि हुँदैनन् ? निश्चित छैन । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई पनि दलहरूलाई विश्वासमा लिएर चुनाव गराउन चुनौती छ । यस्तो अवस्थाबीच राष्ट्रपति पौडेलले चुनाव सम्पन्न गराउन सबैसामु अपिल गरेका हुन् । 
शुक्रबार राष्ट्रपति पौडेलले छ महिनामा चुनाव गर्ने सर्तमा अन्तरिम सरकारको प्रधानमन्त्रीमा कार्कीलाई नियुक्त गरेका थिए । प्रधानमन्त्री नियुक्त भएपछि कार्कीले आगामी २१ फागुनमा चुनावको मिति तोकेकी छन् ।
 


प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP