Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ओली–देउवाको सकियो राजनीतिक औचित्य 
ओली–देउवाको सकियो राजनीतिक औचित्य 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ २४, २०८२
  •  यो सरकार यति असहिष्णु बन्यो कि १९ जेन–जीको ‘ब्लडबाथ’ पछि कुनै सर्तविना सामाजिक सञ्जाल खोल्न तयार भयो । जबकि दर्ताविना फेसबुक, युट्युबलगायत सञ्जाल खोल्दै नखोल्ने अडान थियो । 
  •  मृतकहरु नेपाली नागरिक नै थिए । ती अल्लारे थिए । तिनलाई सम्झाउन सकिन्थ्यो । बुझाएर पठाउन सकिन्थ्यो । तर देउवा–ओलीको नेतृत्वले नेतृत्व नभएको भीड सम्झेर अन्धधुन्ध गोली वर्षायो ।
  • चौतर्फी तारोमा गृहमन्त्री रमेश लेखक परे । उनले नैतिकता देखाउँदै राजीनामा दिइसकेका छन् । तर यसको मुख्य भागीदार देउवा र ओली हुन् । योसँगै अब देशको राजनीतिमा अझै पनि हक जमाएर बस्ने हक यी दुई नेतालाई छैन ।

काठमाडौं– नेपाली कांग्रेसका नेताहरुको भनाइ पत्याउने हो भने माओवादी शान्ति प्रक्रियालाई अन्तिम रुप दिएर नोबेल शान्ति पुरस्कारको दाबी गर्ने तयारीमा थिए कांग्रेस सभापति शेरबहादुर देउवा । यही दौडमा नेकपा एमालेका अध्यक्षसमेत रहेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि थिए नै । शान्ति प्रक्रियालाई टुंगोमा लैजानेगरी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी (टिआरसी) विधेयक पनि प्रमाणीकरण भयो ।

कैयन् आलोचनाकाबीच जीवनको उत्तराद्र्धमा देउवा कांग्रेसमा लोकप्रिय बन्दै थिए । कारण उनको कम बोल्ने बानी, तर अक्कल भएका नेतामा दरिएर । राजनीतिमा यस्तो समय आयो, गठबन्धन नगरी सत्ता वरिपरि घुम्नै नसकिने । घुमिफिरि देउवा एमाले अध्यक्ष ओलीसँग सत्ता सहयात्रा गर्न आइपुगे । ओली जो अत्यधिक आलोचित बनेर राजनीतिमा छाइरहे । एमालेमा एकाधिकार जमाइरहे । उनै ओलीसँग हलबन्दी गरेका देउवाको सपना सोमबार जेन–जी पुस्ताले गरेको प्रदर्शनमा सरकारले जुन किसिमको रवैया अपनायो– यी दुई नेताको नोबल शान्ति सपना धुलिसात भयो ।

जेन–जीको आक्रोश भ्रष्टाचारविरुद्ध थियो । आफन्तवादविरुद्ध थियो । सामाजिक सञ्जालबाट सिर्जित रोजीरोटी खोसिएकोविरुद्धमा थियो । तर सरकारले जेन–जी पुस्ताको आवाजलाई पुरै बेवास्ता गरिदियो । कतिसम्म भने देउवाले सरकारले सामाजिक सञ्जाल बन्द नै नभएको अभिव्यक्ति दिए । विराटनगरमा शनिबार दिएको उनको अभिव्यक्ति यति लज्जास्पद थियो कि, आफूलाई अभिव्यक्ति र लोकतन्त्रको हिमायती ठान्ने कांग्रेसका लागि यो लाज पनि लजाउने खालको थियो । जबकि बिहीबारबाट सामाजिक सञ्जाल ठप्प थियो । प्रधानमन्त्री ओलीले गोदावरी पुगेर जेन–जीको आवाजलाई कम आँके ।

Hardik health

प्रधानमन्त्री ओलीको अभिव्यक्ति, देउवाको बोलीले सोमबार बिहानसम्म आगो बनिसकेका थिए । यो पुस्तालाई लिड गर्ने कोही थिएन । उनीहरु ‘लिड’ गर्नेहरुदेखि दिक्क थिए । वाक्क थिए । जसले लिड गर्छ, मौकामा उही नेताको पछि लागेर यस्ता आन्दोलनहरु तुहिने गथ्र्यो । यसैले उनीहरुले कोही नेता छानेनन् । आफैं माइतीघरमा उत्रिए ।

जेन–जी पुस्ता जो १३ देखि २८ वर्ष उमेर समूहका थिए– उनीहरु यो उमेरमा आफैं केही गर्न सक्छु भनेर अघि बढेका हुन्छन् । जसलाई पुरातनवादी सोच मन पर्दैन । अझ दोहो¥याइतेह¥याइ शासनमा आइरहने ‘बेबीबुमर’ पुस्ताको अनुहारले उनीहरु वाक्क थिए । त्यो बेबीबुमर पुस्ता देउवा, ओली नै हुन् । यदि देशको शासनसत्ताको बागडोर देउवा ओलीले नै सम्हालेको हो भने माइतीघरदेखि बानेश्वरसम्म उत्रेका जेन–जी आफ्नै छोराछोरी सम्झनुपर्ने थियो । किनकि उनीहरु नेपाली नागरिक नै थिए । ती अल्लारे थिए । तिनलाई सम्झाउन सकिन्थ्यो । बुझाएर पठाउन सकिन्थ्यो । तर देउवा ओलीको नेतृत्वले लिड नभएको भीड सम्झेर अन्धधुन्ध गोली वर्षायो । यही कारण डेढ दर्जनले अनाहकमा ज्यान गुमाए भने ३०० भन्दा बढी घाइते भए । 

यो सरकार यति असहिष्णु बन्यो कि १९ जना जेन–जीको ‘ब्लडबाथ’ पछि कुनै सर्तविना सामाजिक सञ्जाल खोल्न तयार भयो । जबकि दर्ताविना फेसबुक, युट्युबलगायत सामाजिक सञ्जाल खोल्दै नखोल्ने सर्त थियो । यस्तो पानीमरुवाहरु नेतृत्वमा बसेपछि न त सत्ता बलियो हुन्छ, न त जनताले नै पत्याउँछन् ।सामाजिक सञ्जालको भित्तामा लेखिएको पस्ष्ट कुरा पनि यो सरकारको नेतृत्वमा बस्नेहरुले बुझेन । वा बुझ पचाए । ओलीको दम्भ र प्रधानमन्त्री पर्खिरहेका देउवाको लाचारीपनले युवाहरुको ज्यान गएको छ ।

चौतर्फी तारोमा गृहमन्त्री रमेश लेखक परे । उनले नैतिकता देखाउँदै राजीनामा दिइसकेका छन् । तर यसको मुख्य भागीदार देउवा र ओली हुन् । योसँगै अब देशको राजनीतिमा अझै पनि हक जमाएर बस्ने हक यी दुई नेतालाई छैन । ओली र देउवामात्र हैन, माओवादी अध्यक्ष पुष्पकमल दाहालको राजनीति गर्ने हक पनि यो उदण्डतासँगै सकिएको छ । किनभने सामाजिक सञ्जाल बन्द हुँदा त मौन बसेको प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले आफ्नो धर्म बिर्सिसकेका छन् ।

सुशासन र संविधान संशोधन गरी जनतालाई रोजगारीको अवसर सिर्जना गराउने ओली–देउवा गठबन्धनको एजेण्डा थियो । यो एजेण्डामा खबरदारी गर्नुभन्दा सत्ताको लोभमा सिंहदरबार ढुकेर बस्नु सिवाय दाहालले पनि केही गर्न सकेनन् । अब जेन–जी पुस्ताले तीन नेताको दाबेदारी स्वीकार गर्दैनन् । अब प्रधानमन्त्री ओलीले तुरुन्तै राजीनामा दिएर राजनीति छाड्ने र देउवाले पनि कांग्रेसको राजनीति छाड्नुपर्छ । दम्भी ओली र देउवाले जुन रक्तपात मच्चाए त्यसको कारबाही पनि भोग्नुपर्छ । दाहालको हकमा राजनीति छाड्नु जायज हुन्छ । यसो गरेमा इतिहास बोकेका पार्टीहरु जीवित रहन सक्छन् । नभए यी पार्टी पनि इतिहासको पानामा सीमित हुने छन् । 
 


प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ११:०६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP