Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • विधान संशोधनमा कांग्रेसलाई पछ्याउँदै एमाले
विधान संशोधनमा कांग्रेसलाई पछ्याउँदै एमाले
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २३, २०८२

काठमाडौं- सत्ता नेतृत्व दल नेकपा एमालेले विधान संशोधनमा सत्तासहयात्री नेपाली कांग्रेसलाई पछ्याएको छ । ललितपुरको गोदावरीमा सम्पन्न दोस्रो विधान महाधिवेशनले केही महत्‍वपूर्ण विषयमा कांग्रेसलाई पछ्याएको देखिएको हो ।


कांग्रेसले महासमितिलाई ‘नीति महाधिवेशन’ नाम दिँदै आएको छ । एमालेले यसैको नक्कल गर्दै अब विधान महाधिवेशनलाई नीति महाधिवेशन भन्नेगरी संशोधन गरेको छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गोदावरीमा प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावको धारा १५ मा यसबारे प्रस्ताव गरिएको थियो । विधान महाधिवेशनले पौडेलको प्रस्ताव हुबहु पारित गर्ने निर्णय गरेसँगै अब विधान महाधिवेशन नीति महाधिवेशनमा परिवर्तन भएको छ । उक्त प्रस्तावमा संशोधन गर्नुपर्ने कारणमा भनिएको छ– विधिको आधार नीति हुने हुँदा नीति र विधि पारित गर्न आयोजना गरिने महाधिवेशनलाई नीति महाधिवेशन भन्नु उपयुक्त हुने ।

नीति महाधिवेशन कांग्रेसले प्रयोग गर्दै आएको ‘टर्म’ हो । यसअघि तत्कालीन वरिष्ठ नेता रहेका रामचन्द्र पौडेलको पालामा २०७५ मंसिरमा सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा नीति महाधिवेशन भन्दै महासमिति बैठक डाकिएको थियो । यद्यपि, कांग्रेसले यो विषयलाई विधानमा भने समेटेको छैन । पछिल्लोपटक गोदावरीमा भएको महासमितिलाई नीति महाधिवेशनमा ‘कन्भर्ट’ गर्न खोज्दा विधानमै नभएको व्यवस्था भन्दै विवाद भएको थियो ।

वरिष्ठ नेता पद हटाइने
अहिले नेपाली कांग्रेसमा वरिष्ठ नेता पद निस्क्रिय छ । नेकपा एमालेले पनि विधान संशोधनमार्फत यो पदलाई निस्क्रिय पारेको छ । धारा १६ को ५ मा निवर्तमान अध्यक्ष वरिष्ठ नेता हुने प्रावधान उल्लेख रहेकोमा यो व्यवस्था हटाइएको छ । मर्यादाक्रममा अध्यक्षपछि रहने वरिष्ठ नेताको हटाउनुपर्ने कारणमा भनिएको छ– अनिर्वाचित व्यक्ति केन्द्रीय कमिटीको दोस्रो वरीयताको पदाधिकारी हुने व्यवस्था लोकतान्त्रिक प्रणालीको मर्मविपरीत हुनाले हटाउने प्रस्ताव गरिएको ।

Hardik health

नेपाली कांग्रेसले यसअघि शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई वरिष्ठ नेताको पद दिएको थियो । विधानमै नभएको यो व्यवस्था सभापतिका प्रतिस्पर्धीलाई दिइन्थ्यो । यद्यपि, डा. शेखर कोइरालालाई भने यो पद दिन देउवाले अस्वीकार गर्‍यो । हाल कांग्रेसले वरिष्ठ नेता पद कसैलाई दिएको छैन ।

सदस्यता दुई प्रकारको
एमालेले विधान महाधिवेशनमार्फत पार्टी सदस्य पनि दुई प्रकारको बनाउने प्रस्ताव अघि सारिएकोमा यो पनि हुबहु पारित भएको छ । हाल १८ वर्ष पुगेको नेपाली नागरिक पार्टी सदस्य रहने व्यवस्था रहेकोमा अब सदस्य र संगठित सदस्य रहनेगरी संशोधन प्रस्ताव गरिएको थियो ।

संगठित सदस्य बन्न साधारण सदस्य लिएको वर्ष दिन पूरा हुनुपर्ने व्यवस्था राखिएको छ । कांग्रेसमा साधारण सदस्य र क्रियाशील सदस्यता लिन यस्तै प्रावधानको व्यवस्था गरिएको छ । यसअघि एमालेले साधारण सदस्य लिन छ महिना परीक्षणकाल तोकेकोमा यो व्यवस्था हटाएको छ ।

दुई प्रकारको सदस्यता राख्नुको कारणमा भनिएको छ- जनआधारित कार्यकर्ता पार्टीको संगठनात्मक सिद्धान्तअनुरुप पार्टी निर्माणको कामलाई प्रभावकारीरुपमा अगाडि बढाउन दुई प्रकारको सदस्यताको व्यवस्था आवश्यक भएको ।

वरिष्ठ उपाध्यक्ष पद हटाइने
यतिमात्र हैन अहिले कांग्रेसमा सभापति निकै शक्तिशाली छन् । यही देखासिकी गर्दै एमालेले सचिवालय, केन्द्रीय कार्यालयको संरचनाका शक्तिहरु अध्यक्षको पोल्टामा पुग्नेगरी विधान संशोधन गरेको छ । हाल एमाले अध्यक्ष केपी शर्मा ओली छन् । वरिष्ठ उपाध्यक्ष पद पनि हटाउँदै एमालेले पदाधिकारी छरितो बनाएको छ । महाधिवेशनले पारित एमाले विधानमा अबको राष्ट्रिय महाधिवेशनपछि पार्टी केन्द्रीय कमिटी २५१ सदस्यीय हुने छ । विधान संशोधनमार्फत एमालेले ३०१ सदस्यीय कमिटीलाई घटाएर २५१ कायम गरेको हो । त्यस्तै १९ सदस्यीय पदाधिकारीलाई १५ जनामा सीमित गरेको छ ।

पार्टी अध्यक्षले केन्द्रीय निकायहरुको अध्यक्षता गर्ने, केन्द्रीय निकायमा अध्यक्षका हैसियतले राजनीतिक प्रतिवेदन पेस गर्ने कुरा थप गरिएको छ । यसैगरी पार्टीमा केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीको बैठकका लागि महासचिवलाई निर्देशन दिने, बैठकमा कार्यसूची प्रस्ताव गर्ने, बैठकको अध्यक्षता गर्ने, बैठक सञ्चालन गर्ने र बैठकका निर्णय प्रमाणीकरण गर्ने र अन्तरपार्टी निर्देशन जारी गर्ने काम अध्यक्षका लागि थप गर्ने गरिएको छ ।

हँसिया हथौडा अब सुनौलो
यसअघि पार्टीको शक्तिशाली निकायका रूपमा रहेको सचिवालय र केन्द्रीय कार्यालयको संरचनालाई हटाएको छ । केन्द्रीय सचिवालय र कार्यालयका कामलाई पार्टी अध्यक्षको निर्देशनमा महासचिवले गर्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।

त्यसैगरी एमालेले हँसिया हथौडाको रङ फेरेको छ । सेतो रङ प्रयोग हुँदै आएको एमालेको लोगोमा अब रातो रङमा सुनौलो रङको हँसिया हथौडा अंकित हुने छ ।

उमेर हदको व्यवस्था हटाइने
एमालेमा सबै तहको कमिटीमा निर्वाचित हुन ७० वर्षे उमेर हदको व्यवस्थालाई हटाउने प्रस्ताव पारित भएको छ । योसँगै ओलीलाई तेस्रो कार्यकाल अध्यक्ष बन्ने बाटो खुला भएको छ । पहिलो विधान महाधिवेशनबाट धारा ६४ मा गरिएको उक्त व्यवस्थालाई २०८० वैशाख २८ देखि ३० गतेसम्म बसेको पाँचौं केन्द्रीय कमिटीको बैठकले निष्क्रिय गरेको व्यवस्थालाई विधानबाटै हटाउने प्रस्ताव महाधिवेशनले पारित गरेको हो ।
 


प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP