Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • पहिरोले भवन बगाएपछि विद्यालय स्थानान्तरण
पहिरोले भवन बगाएपछि विद्यालय स्थानान्तरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ १९, २०८२

काठमाडौं-म्याग्दीमा पहिरोले कक्षाकोठा भवन, शौचालय, खेलमैदानलगायत सबै संरचना बगाएको छ ।  बगाएपछि जील्लाको मालिका गाउँपालिका-४ मा रहेको ओखरबोट माध्यमिक विद्यालय स्थानान्तरण भएको हो । 

ओखरबोटको फेदीमा रहेको पाखोबाट सुरु भएको पहिरोले पुरानो भवनसहित भौतिक संरचना बगाएपछि किमबोटमा अस्थायी भवन निर्माण गरी पठनपाठन सञ्चालन गरिएको छ । आर्थिक वर्ष २०८१र८२ मा मालिका गाउँपालिकाको २० लाख रुपैयाँ अनुदानमा १३ कोठे कच्ची भवन बनाएर स्थानान्तरण गरिएको मालिका-४ का वडाध्यक्ष भिजेन्द्रमान पुनले बताए । ‘विद्यालयको थप पूर्वाधारका लागि यस वर्ष रु दश लाख विनियोजन भएको छ’, उनले भने,‘पहिरो रोकथामका लागि सङ्घीय र प्रदेश सरकारसँग पहल गरेका छौँ ।’ चारचार कोठे दुई वटा पक्की भवनमुनिको जमिन चर्कीएपछि ढल्ने अवस्थामा रहेका उनले जानकारी दिए ।

ढङ्गा, माटो र काठले बनेको १७ कोठे कच्ची भवन, शौचालय, घेराबार र खेलमैदान पहिरोसँगै बगेको छ । भिरालो पाखोमा रहेको विद्यालय भवनमाथि रहेको सडकको भल, भूमिगत पानी, कमजोर भूगोल र तल रहेको दाजुङखोलाको कटानका कारण पहिरो गएको स्थानीय बताउँछन् ।  पहिरोले  तीन करोड रुपैयाँभन्दा बढीको भौतिक संरचनामा क्षति पुर्‍याएको विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष पबहादुर विश्वकर्माले बताए । ‘किमबोटको अस्थायी भवन परिसरमा घेराबार, ढल व्यवस्थापन र संरक्षणका लागि स्रोतको खोजीमा छौँ’, उनले भने,‘पुरानो भवनको ढुङ्गा र फर्निचर प्रयोग गरेर अस्थायी भवन बनाएका हौँ ।’  विद्यालयका प्रधानाध्यापक नविन कार्कीका अनुसार विसं २००८ मा स्थापना भएको कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा हाल २०० विद्यार्थी अध्ययनरत छन् । ‘कच्ची भवनको एउटा कोठामा पढाएको अर्को कोठामा सुनिन्छ । कोठा विभाजन, पलास्टर र रङरोगन तथा घेराबार गर्न बाँकी छ’, उनले भने ।   

Ncell
Hardik health

ओखरबोट गाउँभित्र भवन बनाउन विसं २०८० मङ्सिरमा अमिक शेरचनका १० दाजुभाईले नौ रोपनी तीन आना तीन दाम दुई पैसा क्षेत्रफल भएको जग्गा उपलब्ध गराएका थिए । पूर्वउपप्रधानमन्त्री रहेका शेरचनका दाजुभाईले सरकारीको मापदण्ड अनुसार ४४ लाख ७७ हजार रुपैयाँ मूल्य पर्ने उक्त जग्गा निशुल्क रूपमा उपलब्ध गराएपनि नाम राख्ने विषयमा विवाद देखिएको थियो । वडा सदस्य भिमसरा पुनले जग्गादाताले विद्यालयको नाम परिवर्तन गर्न प्रस्ताव गरे पनि गाउँपालिका तहमा सहमति नजुटेकाले उक्त जग्गामा भवन निर्माण प्रक्रिया अघि बढ्न नसकेको बताए । 

पहिरोले क्षति गरेको विद्यालयको बुधबार निरीक्षण गरेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले तत्कालीन रूपमा अस्थायी कक्षाकोठा व्यवस्थापन गर्न सरकारसँग समन्वय गर्ने प्रतिवद्धता जनाए ।  जग्गादाता र गाउँपालिका तथा समुदायले विद्यालयको नामसम्बन्धी विषयलाई टुङ्गो लगाउन आग्रह गर्दै उनले थप पूर्वाधार निर्माणका लागि प्रदेश र सङ्घीय सरकारका निकायमा पहल गर्ने बताए ।
 


प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
सिबिफिनको कार्यवाहक अध्यक्षमा राजेश उपाध्याय
सिबिफिनको कार्यवाहक अध्यक्षमा राजेश उपाध्याय शुक्रबार, भदौ २६, २०८३
कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैनः अर्थमन्त्री डा वाग्ले
कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैनः अर्थमन्त्री डा वाग्ले शुक्रबार, भदौ २६, २०८३
सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण
सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण शुक्रबार, भदौ २६, २०८३
शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीपीडितलाई रूपन्देहीका उद्योगी व्यवसायीको साढे तीन करोड सहयोग
भोटेकोशी बाढीपीडितलाई रूपन्देहीका उद्योगी व्यवसायीको साढे तीन करोड सहयोग बिहीबार, भदौ २५, २०८३
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक बिहीबार, भदौ २५, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बिहीबार, भदौ २५, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP