Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • एनएमएकाे अध्यक्षमा फुर्वा गेल्जे शेर्पा निर्वाचित
एनएमएकाे अध्यक्षमा फुर्वा गेल्जे शेर्पा निर्वाचित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ १८, २०८२

काठमाडौं -  पर्यटन व्यवसायी फुर्वा गेल्जे शेर्पा नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को नयाँ तीन वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। हिमालयन शेर्पा एडभेन्चरका अध्यक्ष शेर्पाले निर्वतमान अध्यक्ष निमा नुरु शेर्पालाई पछाडि पार्दै नेतृत्व सम्हाल्ने भएका हुन्।

गत भदौ ६ गते (२०२५ अगस्ट २३) कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न मतदानमा उनले ३४२ मत प्राप्त गर्दै विजयी भएका हुन्।सन् १९७३ नोभेम्बर १ (२०३० कात्तिक १६ गते, बिहीबार) मा स्थापना भएको एनएमए नेपालकै एक मात्र अल्पाइन सङ्घ हो। यसले नेपालको पर्वतीय पर्यटनको दिगो विकास, पर्वतीय वातावरण संरक्षण तथा पर्वतीय समुदायको सांस्कृतिक सम्पदाको संवर्द्धनमा योगदान दिँदै आएको छ। एनएमएले हाल २७ वटा हिमालहरूको अनुमति दिने र रोयल्टी संकलन गर्ने जिम्मेवारी पनि सम्हाल्दै आएको छ।

निर्वाचनमा इस्वरी पौडेल ३४५ मतसहित वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए। कीर्तिमानी आरोही मिङ्मा ग्याबु शेर्पा ३५९ मतसहित प्रथम उपाध्यक्ष र बोधराज भण्डारी ३६८ मतसहित द्वितीय उपाध्यक्ष बने।

Hardik health

राजेन्द्रबहादुर लामा ३१८ मतसहित महासचिव र चन्दन थापा ३५८ मतसहित सचिवमा निर्वाचित भए। कोषाध्यक्ष पदमा सुमी मोक्तान र ङीमा नुर्बु शेर्पाबीच बराबरी (३०४-३०४) भएपछि दुवैले आधा-आधा कार्यकाल सम्हाल्ने सहमति भएको छ। मोक्तानले पहिलो १.५ वर्ष र शेर्पाले बाँकी १.५ वर्ष काम गर्नेछन्।

त्यस्तै मुलाल गुरुङ, थुप्देन शेर्पा, डेन्डी शेर्पा, रिन्जे शेर्पा, विक्रम कार्की, केदार न्यौपाने, देवेंद्र डंगोल, गोकुल थापा, माधवकुमार धमला, निशा भोटे र डिकी शेर्पा केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित भए।

पुस्तकधारी श्रेणीबाट दावा टाशी शेर्पा, जेनजेन लामा, दावुटी शेर्पा र सन्देश शेर्पा पनि केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित भएका छन्। पर्यटन विभागका महानिर्देशक सरकारी प्रतिनिधिका रूपमा रहने व्यवस्था अनुसार २७ सदस्यीय एनएमए कार्यसमिति पूरा हुनेछ। नव निर्वाचित पदाधिकारीहरूलाई यही शुक्रबार कार्यभार हस्तान्तरण गर्ने संघले जनाएकाे छ । 


प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  ११:४१
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु शुक्रबार, चैत ६, २०८२
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो शुक्रबार, चैत ६, २०८२
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना बिहीबार, चैत ५, २०८२
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा बिहीबार, चैत ५, २०८२
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP