Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • लोमान्थाङमा ‘टप अफ दी वल्र्ड गल्फ क्लासिक’ हुने
लोमान्थाङमा ‘टप अफ दी वल्र्ड गल्फ क्लासिक’ हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ १६, २०८२
File Photo

कास्की- विश्वकै उच्च भागमा हुने प्रतिष्ठित गल्फ प्रतियोगिता ‘टप अफ दी वल्र्ड गल्फ क्लासिक’ को चौथो संस्करण यही भदौ २८ र २९ गते हुने भएको छ । 

मुस्ताङको लोमान्थाङमा अवस्थित समुद्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको लोवथाङ गल्फ कोर्समा प्रतियोगिता हुने आयोजक मुस्ताङ गल्फ कोर्सले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

उक्त प्रतियोगितामा स्वदेश तथा विदेशबाट गरी ६० भन्दा बढी गल्फरहरूको सहभागिता रहने आयोजक संस्था मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले जानकारी दिए । उनका अनुसार यस संस्करणमा नेपालका शीर्ष गल्फ खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।

Hardik health

गत वर्षसम्म नौ होलमा सीमित प्रतियोगिता यस वर्ष १८ होलमा विस्तार गरिएको छ । प्रतियोगिताका विजेतालाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार नगदसहित ट्रफी प्रदान गरिने छ ।यसैगरी ‘होल इन वान’ गर्ने भाग्यशाली खेलाडीलाई पुरस्कार स्वरूप घोडा दिइने प्रबन्ध निर्देशक विष्टले बताए । यो पुरस्कार विश्वभरका गल्फरहरूका लागि अनौठो हुने उनको भनाइ छ ।

प्रतियोगिता ‘स्टेवलफोर्ड’ ढाँचामा खेलाइने छ । जसअन्तर्गत विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, सिनियर विजेता, ‘क्लोजेस्ट टु द पिन’, ‘मस्ट बर्डिज’, र ‘लङ्गेस्ट ड्राइभ’ का लागि छुट्टाछुट्टै पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

यसैगरी यसवर्षको संस्करण ‘टी फर क्लाइमेट’ भन्ने नारासहित सञ्चालन हुने विष्टले बताए। “मुस्ताङ अहिले जलवायु सङ्कटको चपेटामा छ । यसबारेमा विश्वको ध्यानाकर्षण गराउन हामी उच्च स्थानको गल्फ कोर्सबाट सन्देश प्रवाह गर्दैछौँ”, प्रबन्ध निर्देशक विष्टले भने । 

खेलसँगै स्थानीय कला, संस्कृति र सङ्गीतका विविध प्रस्तुतिहरू प्रतियोगिता अवधिभर प्रस्तुत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकार, लोमान्थाङ गाउँपालिका तथा विभिन्न सङ्घसंस्थाहरूले सहयोग गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न रु १० देखि रु १२ लाख खर्च हुने अनुमान गरिएको छ ।


प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु शुक्रबार, चैत ६, २०८२
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो शुक्रबार, चैत ६, २०८२
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना बिहीबार, चैत ५, २०८२
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा बिहीबार, चैत ५, २०८२
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP