चिनियाँ जनताले इतिहासको यस अन्धकार पृष्ठबाट राष्ट्रिय शक्तिको विकासको महत्व गहनरूपमा बुझेका छन् । आज चीन कुनै पनि प्रकारको बाह्य दबाबको प्रतिकार गर्ने सामथ्र्यमा छ । चीनका हरेक पुस्ताले मिहेनत गरी अनुपम उपलब्धि हासिल गरी आफ्नो आत्मविश्वास प्रकट गरेका छन् । मैले बारम्बार भन्ने गरेको छु, नेपालले अहिले सामना गरिरहेका विकाससम्बन्धी हरेक समस्याको चिनियाँ शैलीको समाधान छ, चीन र नेपालको विकास एकबद्ध भएमा नेपाल कुनै पनि समय र अवसरमा आत्मविश्वास युक्त हुनसक्ने छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले भन्नुभएको छ, ‘इतिहास भनेको एउटा ऐना हो, जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ । त्यसकारण हामीले इतिहासको अध्ययन गर्नु विगतमा भएका घटनाको कारण र परिणाम पत्ता लगाई पहिले गरेका गल्तीहरुलाई पुनः नदोहोर्याउनका निम्ति हो ।’
सन् १८४० पछि साम्राज्यवादी शक्तिहरुको आक्रमण र तत्कालीन चीनको भ्रष्ट छीङ राजवंशको शासनका कारण चिनियाँ जनताले ठूलो संकटको सामना गर्नु परेको थियो । त्यसै बेलादेखि चिनियाँ इतिहासको सबैभन्दा अन्धकारमय अध्याय सुरु भएको थियो । त्यो अन्धकारमय इतिहासको पनि सबैभन्दा नृशंस पृष्ठ भनेको जापानी सेनाले चीनमा गरेको आक्रमण थियो । सन् १८९४ मा जापानी प्रतिगामीहरुले आक्रमण गरी चीनको थाइवान र फङह द्वीप समूहमाथि कब्जा जमायो । सन् १९०० मा अरु विदेशी आक्रमणकारीसँगै पेइचिङमा आक्रमण भयो ।
सन् १९०४ मा जापान–रुस युद्ध प्रारम्भ गरी चीनको उत्तरपूर्वी भागमा अतिक्रमण भयो । सन् १९१४ मा छीङ ताओ सहरमा आक्रमण गरी कब्जा जमायो । सन् १९१५ मा चीनको अधिकार हनन हुने २१ दाबी प्रस्तुत गर्यो । सन् १९३१ को सेप्टेम्बर १८ मा चिनियाँ सेना र जापानी सेनाबीच द्वन्द्वको घटना भयो । यो दिन चीनको सम्पूर्ण उत्तरपूर्वी क्षेत्रमा जापानले आक्रमण गरी कब्जा जमायो । सन् १९३५ मा मध्य उत्तर चीन घटना र सन् १९३७ जुलाई ७ मा युयान्फिङ् काउण्टी सदरमुकाममा विष्फोटन र मार्कोपोलो पुलमा आक्रमण गरी चीनमा व्यापक आक्रामक युद्ध प्रारम्भ ग¥यो । त्यसबेला उनीहरुले पूरै चीनलाई उपनिवेश बनाएर त्यसपछि सम्पूर्ण एसियालाई नियन्त्रणमा लिई विश्वशक्ति बन्ने सपना देखेका थिए । यी शृंखलाबद्ध कार्यले चिनियाँ जनतामाथि अभूतपूर्व संकट आइलाग्यो र त्यसले चिनियाँ जनतामा प्रतिरोधको अदम्य साहस पनि जगायो ।

देश र देशवासी जीवन मरणको दोसाँधमा पुगेका बेला चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो असाधारण नेतृत्व र सही रणनीति एवं रणकौशलद्वारा जापानी आक्रमणविरुद्ध एकीकृत संयुक्त मोर्चा गठन गरी चिनियाँ प्रतिरोधलाई दिशा निर्देश गर्यो । विभाजन र युद्धत्यागको सर्वथा विरोध गरी सम्पूर्ण जातिको प्रतिरोध युद्ध, एकता र प्रगतिलाई निरन्तरता दिँदै चिनियाँ कम्युनिस्ट पार्टी चिनियाँ जनताको आशा र प्रतिरोध युद्धको आधार स्तम्भ बन्यो ।त्यसबेला सोभियत संघ, अमेरिका, कोरिया, भियतनाम, क्यानडा, भारत, न्युजिल्याण्ड, पोल्याण्ड, डेनमार्क, अस्ट्रिया, रोमानिया, बुल्गेरिया फासिस्ट विरोधी योद्धाहरुले पनि चीनको जापानी आक्रमण विरुद्धको युद्धमा प्रत्यक्षरुपमा सम्मिलित भएर चीनलाई सहयोग गरेका थिए । त्यसबखत नेपाली वीरहरु पनि युरोप, उत्तर अफ्रिका र दक्षिणपूर्वी एसियाका युद्धस्थलमा सहयोगी सेनासँग मिलेर फासिस्ट शक्तिको आक्रमणको प्रतिरोध गरिरहेका थिए । केही दिन अघिमात्र मैले काठमाडौंस्थित बेलायती राजदूतावासले जापानी सेनाले सहयोगी सेनासमक्ष आत्मसमर्पण गरेपछि विजय प्राप्त गरेको दिनको सम्झनामा आयोजना गरेको कार्यक्रममा सहभागी हुने सौभाग्य पाएको थिएँ । त्यस अवसरमा पोखरास्थित ब्रिटिस गोर्खा सेनाले परेड पनि गरेको थियो । दोस्रो विश्वयुद्धमा ब्रिटिस सेनामा नेपालीको गोर्खा सैन्यले बर्मा युद्धस्थलमा चिनियाँ सेनासँग मिलेर जापानी सेनालाई पराजित गर्न महŒवपूर्ण योगदान पु¥याएको सुनेर म प्रशन्न भएको छु । विश्वशान्तिका निम्ति नेपालले पुर्याएको यो अद्वितीय योगदान हो, साथै चिनियाँ र नेपाली जनताले आलो रगतका माध्यमबाट गाँसेको अनमोल मैत्री पनि हो ।
धेरै वर्षको रक्तपातपूर्ण युद्धपछि आजभन्दा ८० वर्ष पहिले विश्वका जनतासँगै चिनियाँ जनताले फासिस्टरुलाई पूर्णरूपले परास्त गरे भने जापानी सैन्यवादी आक्रमणकारीलाई पनि हराए । चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको युद्ध र विश्वका जनताको फासिस्टहरुविरुद्धको युद्धमा विजय प्राप्त भयो । अन्ततः अन्धकारमाथि उज्यालोको, प्रतिगमनमाथि प्रगतिको विजय भयो । आफ्नो शवबाट ‘ग्रेटवाल’ निर्माण गर्न पनि पछि नपरेका वीरहरुको आत्मालाई शान्ति मिल्यो । यो कहालीलाग्दो संकट र वीरतापूर्ण प्रतिरोधको इतिहासले हामीलाई के सन्देश दिएको छ ? कुनै जातिको अस्तित्व र उन्नतिको मानसिक आधार भनेको संघर्षको भावना हो । जापानी आक्रमणविरुद्धको युद्धमा चिनियाँ जनतामा प्रतिरोधको भावनाको विकास भयो । चिनियाँ जनताले विश्वसमक्ष देशको उन्नति वा पतनमा सर्वसाधारण जनताको पनि जिम्मेवारी हुन्छ भन्ने राष्ट्रवादलाई आफ्नो अन्तिम गन्तव्य सम्झेर प्राणको आहूति दिनुपरे पनि आत्मसमर्पण नगर्ने स्वाभिमान, अत्याचारसँग नडराई अन्तिम घडीसम्म युद्ध गर्ने र जति समस्या परे पनि नहट्नेजति दुःख सहनु परे पनि नछोड्ने विजयप्रतिको आत्मविश्वास प्रस्तुत गरे । फासिस्टहरूको शक्तिशाली हतियारको अगाडि चिनियाँ जनताले सबै जुक्ति सोचे तर कहिले पनि आत्मसमर्पण सोचेनन् ।
दुई विश्वयुद्धको इतिहासले प्रमाणित गर्दछ– आक्रमणमा परेकाहरुले आत्मसमर्पण गरे पनि आक्रमणकरीहरुले नरसंहार गर्न सक्दैनन् । युद्धका निम्ति साहस गर्नु, युद्धकौशलमा निपुण हुनु नै कुनै जाति स्वतन्त्र एवं शक्तिशाली बनेर चमत्कारिकरूपमा सफल हुनुको एकमात्र उपाय हो । देश समृद्ध, जनता सबल हुनु नै देशको सुरक्षाको भौतिक आधार हो । राष्ट्रपति सीले भन्नुभएको छ, ‘पछाडि पर्नेहरुले पिटाइ खान्छन्, विकास गरेरमात्र बलियो हुन सकिन्छ । फासिस्ट युद्धवादले विनाहिच्किचाहट छिमेकी देशहरुमा आक्रमण गर्ने साहस गर्नु तिनीहरुको आर्थिक अवस्था र सैन्यबल अरुकोभन्दा सुदृढ भएर नै हो । आजसम्म पनि प्रभुत्ववाद र शक्ति राजनीतिले अन्तर्राष्ट्रिय राजनीतिमा स्थान र शक्तिको आधारमा अरु देशहरुसँग व्यापार गर्नु पर्ने कुराको प्रचार गरेको पाइन्छ । यसबाट युद्धको भूत अझै पनि विश्ववाट हराइ नसकेको प्रमाणित हुन्छ । चिनियाँ जनताले इतिहासको यस अन्धकार पृष्ठबाट राष्ट्रिय शक्तिको विकासको महŒव गहनरूपमा बुझेका छन् । आज चीन कुनै पनि प्रकारको बाह्य दबाबको प्रतिकार गर्ने सामथ्र्यमा छ । चीनका हरेक पुस्ताले मिहेनत गरी अनुपम उपलब्धि हासिल गरी आफ्नो आत्मविश्वास प्रकट गरेका छन् । मैले बारम्बार भन्ने गरेको छु, नेपालले अहिले सामना गरिरहेका विकाससम्बन्धी हरेक समस्याको चिनियाँ शैलीको समाधान छ, चीन र नेपालको विकास एकबद्ध भएमा नेपाल कुनै पनि समय र अवसरमा आत्मविश्वास युक्त हुनसक्ने छ ।
साझा भाग्य र भविष्य नै शक्ति कायम गर्ने आधारभूत मार्ग हो । सन् १९३७ डिसेम्बर १३ मा जापानी आक्रमणकारीले चीनको नानचिङमा आक्रमण गरी छ साताभन्दा लामो अवधिसम्म आगजनी, बलात्कार, लुटपाट नरसंहार गरे । त्यसमा परेर कम्तीमा तीन लाख जनाको ज्यान गयो । हालै चीनमा नानचिङ नरसंहारको दुखद् इतिहासलाई पृष्ठभूमि बनाएर निर्माण गरिएको ऐतिहासिक चलचित्र हेरिसकेपछि दुःख र रिसले धेरै दर्शकहरुले आँसु बगाए । यस प्रकारको पीडाले मानिसहरुलाई सास फेर्नसमेत गाह्रो भएको अनुभव गराउँछ । चिनियाँ जनताले जापानी आक्रमणको दुःख संकट झेलिसकेको हुँदा शान्ति कत्तिको महत्वपूर्ण छ, समानताको आधारमा अरुको सम्मान गर्नु कत्तिको महत्वपूर्ण छ भन्ने राम्ररी बुझेको छ । चीनले आफूले भोगिसकेको युद्धको आघात कदापि अरु कुनै देशमाथि लाद्ने छैन । कहिले पनि आफ्नो वर्चस्व स्थापना गर्ने छैन । विस्तारवादी नीति अपनाउने छैन । प्रभावक्षेत्र बनाउन खोज्ने छैन । चिनियाँ शैलीको आधुनिकीरण भनेको शान्तिपूर्ण विकासको सत्यवादी पथ हो । उपनिवेश बनाएर लुट्ने पुरानो तरिका र देश शक्तिशाली बनेपछि प्रभुत्ववादी अवश्य बन्ने छ भन्ने गलत सोचाइबाट यो पूर्णरुपले मुक्त छ । यो हामीले विश्वसमक्ष गरेको गम्भीर प्रण हो । हामी नेपाललगायत विश्वका सम्पूर्ण देशहरुसँग संयुक्तरुपमा मानवजातिको साझा भविष्य निर्माण गर्न चाहन्छौं, विश्वमा शान्ति, विकास र उन्नतिका निम्ति सघाउन चाहन्छौं ।
फ्रान्सेली इतिहासकार अन्इटोन प्रोस्टले आफ्नो पुस्तक ‘इतिहासका बाह्र पाठ’ मा एक विचारणीय कुरा लेखेका छन्- इतिहासको अध्ययन विगतमा भएका आपसी विद्वेषयुक्त रोषको स्मृतिलाई बढाउनका निम्ति होइन, त्यो त विगतमा के घटना भए र के कारणले घटे, त्यसबारे बुझ्नका निम्ति हो । इतिहासलाई बिर्सनेले अवश्य पनि पहिलेकै गल्ती दोहाेर्याउने छ । इतिहासलाई वास्ता नगर्ने पुस्ताको विगत पनि हुने छैन । र, भविष्य पनि ।यस वर्ष हामीले चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको युद्ध विजय र विश्व फासिस्टविरुद्ध युद्ध विजयको ८०औं वार्षिकोत्सव धुमधामका साथ मनाउदै छौं । यसबाट हाम्रो शान्तिप्रतिको उत्कट अभिलाषा प्रकट भएको छ । हामी विश्वभरका युवा पुस्तामा शान्तिपूर्ण मूल्य मान्यताको निर्माणका निम्ति सहयोग गर्ने छौं । यो अवश्य पनि एक पवित्र एवं महान् कार्य हो । हामीलाई विश्वास छ, हाम्रा युवा प्रतिभाले अवश्य पनि शान्ति एवं मैत्रीपूर्ण वातावरणमा संयुक्तरूपमा मानवजातिको साझा भविष्यको समष्टी निर्माणको यात्रामा अगाडि बढी युगले दिएको जिम्मेवारी पूरा गर्ने छन् ।