Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • कोशी प्रदेशमा रोजगारी सिर्जना परियोजना सञ्चालन हुँदै
कोशी प्रदेशमा रोजगारी सिर्जना परियोजना सञ्चालन हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ १३, २०८२

काठमाडौं– कोशी प्रदेशमा तीन हजार रोजगारी सिर्जना हुने परियोजना सञ्चालन हुने भएको छ । प्रदेश सरकारले साना तथा मझौला व्यवसायको प्रवद्र्धन र उद्यमशीलताको विकासका लागि स्विस सरकारको सहयोगमा ‘उदय’ परियोजना सुरु गरेको हो । 

यस परियोजनाबाट प्रदेशमा रोजगारी सिर्जनासहित आर्थिक समृद्धिको नयाँ ढोका खुल्ने अपेक्षा गरिएको हा । ‘उदय परियोजनाअन्तर्गत स्वीकृत सेवा प्रदायकमार्फत व्यवसाय विकास सेवा उपलब्ध गराइनेछ ।  ६० करोड रुपैयाँको ‘ग्यारेन्टी’ फन्डमार्फत  आठ अर्ब रुपैयाँ बराबरको कर्जा सुरक्षा गरिने र  २८ करोड रपैयाँको ‘च्यालेञ्ज फन्ड’मार्फत प्रवद्र्धनात्मक तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । यसबाहेक ‘इनफर्मेसन पोर्टल’मार्फत बजारसम्बन्धी सूचना उपलब्ध गराउने व्यवस्था पनि परियोजनाले गर्नेछ । परियोजनाअन्तर्गत बिना धितो  ३० लाखदेखि  तीन करोड रुपैयाँसम्मको कर्जा उपलब्ध गराइने र त्यसका लागि बैङ्क छनोटको प्रक्रिया अघि बढाइएको छ ।  कोशी प्रदेश सरकारका अनुसार, उदय परियोजनाले प्रदेशमा उद्यमशीलताको विकाससँगै ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्ने र आर्थिक आधारलाई मजबुत पार्ने लक्ष्य लिएको छ । परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि कार्यविधि तयार भइसकेको र अब कार्यान्वयन चरणमा प्रवेश गरेको छ ।

यो परियोजनालाई प्रदेश सरकारले प्रदेशका १४ वटा जिल्लामा पुर्याउने लक्ष्य राखेको छ । पहाडी क्षेत्रको बसाइँसराइलाई मध्यनजर गरेर त्यहाँ सञ्चालन रहेका साना तथा मझौला उद्योगलाई पवर्द्धन गर्ने र नयाँ उद्योगहरू स्थापनाका लागि प्रोत्साहन गर्ने नीति कोशी प्रदेश सरकारले लिएको छ । यो परियोजनाअन्तर्गत कोशी प्रदेश सरकारको ‘क्रेडिट ग्यारेन्टी’मा झन्डै  आठ अर्ब रुपैयाँ लगानी परिचालन हुनेछ । पहिलो चरणमा चार वर्षसम्म सञ्चालन हुने यो परियोजनाबाट कोशी प्रदेशमा तीन हजार रोजगारी सिर्जना हुनेछ । 

Hardik health

परियोजनाका व्यवसाय विकास प्रमुख विष्णु काफ्लेले यो परियोजनाको प्रोजेक्ट १० वर्षसम्म सञ्चालन गर्नेगरी तयार गरिएको बताउए । उनले पहिलो चरणमा यो परियोजना चार वर्षसम्मको हुने जानकारी दिए । उदय परियोजनाका टोली नेता अरुण राणाले यो परियोजनालाई सफल रुपमा अगाडि बढाउने गरी तयारी गरिएको बताउँदै परियोजनालाई व्यापक रूपमा नयाँ उद्यम गर्न चाहने र उद्यम गरिरहेकाहरूको बीचमा पुर्याउने योजनासमेत रहेको जानकारी दिए । मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा मोहन सुवेदीले यो परियोजनाबाट कोशी प्रदेशलाई थप उचाइमा लैजानका लागि सहयोग पुग्ने बताए ।

मुख्यमन्त्री कार्कीको पहलकदमीमा भएको एउटा महत्वकाङ्क्षी र महत्वपूर्ण परियोजना भएको उनले बताए । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना रानाले परियोजना सञ्चालन भएसँगै प्रदेशमा महत्वपूर्ण उपलब्धि हासिल हुने बताए  । उनले भने,‘ परियोजनाले बजार प्रवद्र्धनदेखि नयाँ उद्योग स्थापना गर्ने बाटो खोल्नेछ ।’
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक उदय परियोजनालाई कोशी प्रदेशमा नमूनाका रूपमा सफल बनाएर देशव्यापी रूपमा उदाहरण दिने प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘यो परियोजना कोशी प्रदेशको आर्थिक समृद्धि र विकासका लागि कोसेढुङ्गा हुनेछ ।’ मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले पर्यटन कृषिमा ध्यान दिएको उल्लेख गर्दै पदमार्गमा आधारित पर्यटन विकासका लागि चारवटा पदमार्ग निर्माण गरिरहेको र योसँगै अहिले उदय परियोजनामार्फत सञ्चालनमा ल्याइन लागेको नवउद्यमशीलता प्रवद्र्धन कार्यक्रमले कोशी प्रदेशको समृद्धिमा ठूलो योगदान पुग्ने जानकारी दिए ।


प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १४:५७
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो बुधबार, साउन २०, २०८३
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP