Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • अनिवार्य जडान गर्ने निर्णयबाट पछि हट्यो सरकार
इम्बोस्ड नम्बर प्लेट विवाद अनिवार्य जडान गर्ने निर्णयबाट पछि हट्यो सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ११, २०८२

काठमाडौं-   चौतर्फी विरोध र दबाबपछि सरकार सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने नीतिबाट पछि हटेको छ । यातायात व्यवस्था विभागले मंगलबार विज्ञप्ति जारी गर्दै आफूअनुकूल समयमा इम्बोस्ड नम्बर जडान गर्न सकिने भन्दै कडाइ गर्ने नीतिबाट पछि हटेको हो ।

विभागले यसअघि भदौ ३ गते सूचना जारी गर्दै असोज १ देखि सवारीसाधन दर्ता, नवीकरण तथा नामसारी गर्दा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनसँगै सरकारको चौतर्फी आलोचना भयो । यातायात व्यवसायीहरुले यथास्थितिमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न नसकिने भन्दै विरोध जनाए । अन्ततः आफैंले निकालेको उक्त सूचनाले भ्रम सिर्जना भएको उल्लेख गर्दै विभागका महानिर्देशक राजीव पोखरेलले मंगलबार विज्ञप्तिमार्फत कुनै जरिवानासमेत नहुने प्रस्ट पारेका हुन् । 

‘इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारीसाधनहरुमा क्रमशः जोड्दै लैजाने निर्णय भएको तर मिति २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रमसमेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड/जरिवाना नगरिने व्यहोरासमेत स्पष्ट पारिन्छ,’ महानिर्देशक पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता गरेको यातायात कार्यालयमा गई स्वःस्फूर्त ढंगले इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटलाइजेसन कार्यमा सहयोग गर्नसमेत अनुरोध गरिन्छ ।’

Hardik health

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा साउन २० गते बसेको बैठकले सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको थियो । ‘मन्त्रीज्यूको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकको निर्णयानुसार सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरुबाट २०८२ असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएकोले सबै सवारीधनीहरुले यथाशीघ्र सम्बन्धित यातायात कार्यालयहरुमा गई हाइ सेकुरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्नुहुन यसै सूचनामार्फत जानकारी गराइन्छ,’ भदौ ३ गते विभागले जारी गरेको सूचनामा भनिएको थियो ।

नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले विभागको यो निर्णय यथास्थितिमा नमान्ने र व्यवसायीले विरोध गर्ने जनायो । ‘यथास्थितिमा एम्बोस्ड नम्बर लगाउने निर्णयको देशभरिका व्यवसायीहरुबाट विरोध गर्न अनुरोध गर्दै एम्बोस्ड नम्बर प्लेट नलगाउनसमेत अपिल गर्दछौं,’ सोमबार महासंघका महासचिव डेकनाथ गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । देशभर रहेका यातायात व्यवस्था कार्यालयहरुमा एम्बोस्ड नम्बर लगाउने प्रविधिको विकास भइनसकेको र भौतिक पूर्वाधारविना राजस्व असुली गर्ने कार्य न्यायोचित नभएको ठहर महासंघको छ । विभागले मोटरसाइकलको इम्बोस्ड नम्बर राख्न दुई हजार ५०० रुपैयाँ, तीन पांग्रेको दुई हजार ९००, चारपांग्रेको तीन हजार २०० र ठूला सवारीसाधनको ३,६०० रुपैयाँ शुल्क लिने गर्छ । पूर्वाधारको तयारीविना जनताबाट राजस्व उठाउन र दुःख दिने नियत सरकारले लिएको व्यवसायीको आरोप छ । 

विभागले भने यो मूल्य सामान्य रहेको र पूर्वाधारको व्यवस्था भइसकेको दाबी गरेको छ । ‘विभाग एवं प्रदेश कार्यालयहरुबाट जडानमा सहजताका लागि उक्त स्थानहरुमा पूर्वाधार र जनशक्तिको व्यवस्था गरिएको र सेवाग्राही तथा सवारीधनीहरुको सहजताका लागि आवश्यकतानुसार थप प्रबन्धसमेत गर्दै लगिएको व्यहोरा अनुरोध छ,’ विभागले भनेको छ । लिपिका कारण पनि इम्बोस्ड नम्बर प्लेटको चौतर्फी विरोध भएको थियो । अंग्रेजी लिपिमा राखिएको नम्बर प्लेट देवनागरी लिपिमा हुनुपर्ने माग छ । विभागले भने नागरिकतादेखि राष्ट्रिय परिचयपत्रमासमेत अंग्रेजी भाषा प्रयोग भएको उल्लेख गर्दै इम्बोस्ड प्लेट पनि अंग्रेजी लिपि राखिएको जिकिर गरेको छ । ‘भाषाको विषयमा सम्झौतामा उल्लेख भएअनुसार नै अंग्रेजी लिपिको प्रयोग गर्ने निर्णय भएको र हालको अवस्थामा सवारी चालक अनुमतिपत्र, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतमासमेत अंग्रेजी लिपि प्रयोग भएको अवस्थासमेत प्रस्ट नै छ,’ विभागले भनेको छ । सरकारले २०७४ सालमा अमेरिका र बंगलादेशको कम्पनी संयुक्त उपक्रम डेकाटर टाइगर आइटीसँग करिब पाँच अर्ब ४२ करोड रुपैयाँमा सम्झौता गरेको थियो । तर, त्यतिबेला न्यूनतम मूल्य प्रस्ताव गर्ने कम्पनीलाई पन्छाएर उच्च मूल्य प्रस्ताव गर्ने कम्पनीसँग सम्झौता गरिएको आरोप लाग्दै आएको छ ।

इम्बोस्ड नम्बर ट्र्याकिङका लागि आवश्यक पूर्वाधारसमेत सरकारले बनाएको छैन । प्रत्येक प्रदेशको मुख्य राजमार्गको प्रवेशबिन्दुमा निर्माण गर्ने भनिएको रेडियो फ्रिक्वेन्सी गेट काठमाडौं उपत्यकाबाहेक अन्यत्र कहीँ बनेको छैन । कोशी प्रदेशको इटहरीमा, मधेस प्रदेशको पथलैयामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र गण्डकी प्रदेशको पोखरानजिक पृथ्वी राजमार्गमा फ्रिक्वेन्सी गेट बनाउने सरकारको योजना छ । यद्यपि, हालसम्म यस्तो गेट बन्न बाँकी नै रहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेशमानसिंह राईले बताए । यसरी पूर्वाधार नबन्दै इम्बोस्ड अनिवार्य गर्न हतारिएको सरकार अन्ततः ‘ब्याक’ हुनु परेको छ ।
 


प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १०:५३
#यातायात
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो बुधबार, साउन २०, २०८३
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP