Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सरकार र ठुला दलमाथि प्रश्नैप्रश्न
च्यासलमाथि विद्याको चुनौति सरकार र ठुला दलमाथि प्रश्नैप्रश्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ ६, २०८२

काठमाडौं-  संसद भवन नयाँ बानेश्वर र सिंहदरबारको मध्यविन्दुमा पर्ने गरी पूर्व राष्ट्रपति विद्या भण्डारीले आफ्नो सम्पर्क कार्यालय खोलेकी छन् । यसरी सम्पर्क कार्यालय खडा गर्नुको मुख्य   उद्देश्य हो च्यासलविरुद्ध चुनौति दिनु ।

च्यासल अर्थात् एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा दुई वर्षअघि नवीकरण गरिएको पार्टी सदस्य ‘होल्ड’मा राखिएको थियो । त्यसपछि साउन ९ गते बबरमहलको कार्की ब्याङक्वेटमा भण्डारीले पत्रकार सम्मेलन आयोजना गरी दुखेसो पोखेकी थिइन् । त्यतिबेला नै धेरैले अनुमान गरेका थिए - पत्रकार सम्मेलनमार्फत विद्याले ओलीलाई चुनौति दिनेछिन् । उक्त दिन मौन बसेकी विद्याले बिहीबार भने ओलीसामु चुनौति पेश गरेकी छन् । ‘आफ्नो त पार्टीको सदस्यतामै च्यासलले प्रश्न उठाएको छ । साथीहरुले मलाई नेता भन्छन् । ४५ वर्ष भयो सदस्य भएको । पार्टीले विशेष निर्णय गरेर राष्ट्रपति भएँ,’ बिहीबार नयाँ कार्यालय पुगेकी विद्याले भनिन्, ‘एमालेको कार्यकर्ता बनेर काम गर्न चाहन्छु र गर्छु । पार्टीले जिम्मेवारी देओस् या नदेओस् । काम गर्ने हो । पार्टीको विसंगतिविरुद्ध लड्ने हो ।’

भण्डारी ओलीविरुद्ध आक्रामकसमेत सुनिइन् । पछिल्लो दिन सरकारप्रति चौतर्फी आक्रोश सुनिन्छ । दलभित्र पनि ओलीको तानाशाही प्रवृत्ति मौलाएको नेताहरु नै आरोप लगाउँछन् । तर एमालेमा ओलीविरुद्ध बोल्ने नेताहरुमाथि कारबाहीको दण्ड चलाइन्छ । ‘मैंले सबै कुरा नजिकबाट हेरिरहेकी छु । हामी आन्दोलनमा आउँदा एमाले जन्मिएको पनि थिएन,’ विद्याले भनिन्, ‘अहिले एमाले भनेको एउटा ब्रान्डजस्तो बनेको छ । खास नेपाल कम्युनिस्ट पार्टी हो । पूर्ण लोकतन्त्रको युगमा प्रवेश गरेको बेला राजनीतिक दलभित्र विसंगति विकृति फस्टाएको छ ।’  राजनीनिक दलहरुका कारण युवाहरुमा निराश छाएको उल्लेख गर्दै भण्डारीले एमालेको हिँडाईमाथिसमेत प्रश्न उठाए । ‘राजनीति भनेको जनताको समस्या समाधान गर्नु नै हो । राजनीतिक दलहरु राम्ररी चलेका छैनन् । समस्या कसरी समाधान गर्ने ? यसमा जानु प¥यो । युवाहरुमा निराश छाएको छ,’ उनले भनिन् । मदन भण्डारीले प्रतिवाद गरेको जबजको सान्दर्भिकता अझै रहेको उल्लेख गर्दै उनले एमाले यस बाटोमा हिँडेको छ कि छैन भनी प्रश्न गरिन् । 

Hardik health

अहिले संसद्समेत निरीह भएको र आरोप लाग्दैमा निलम्बन गर्न थालिएकोप्रतिसमेत उनले चिन्ता जनाइन् ।  ‘राज्यका संयन्त्र राम्ररी चलेको छैन । संसद पनि निरीह भए । सविधान संशोधन गर्ने भनेका छन् । कसलाई आरोप लाग्यो उसले बोल्न पाइँदैन । आरोप लाग्दैमा निलम्बन भइहाल्ने कुन व्यवस्था हो यो ?’ सरकारको कार्यशैलीप्रति विद्याले प्रश्न उठाइन् । आरोप पुष्टि नभएसम्म निलम्बन गर्न नहुने विद्याको धारणा रह्यो । ‘जनताका निर्वाचित प्रतिनिधि दोषी हो कि होइन ? निलम्बन गरिहाल्ने,’ उनले भनिन् ।

संसदमा लामो छलफल चल्दा पनि कानुन बन्न सकिरहेको छैन । जसका कारण जमिन वितरणदेखि घरजग्गा व्यवसाय ठप्प छ । यसको मुख्य दोषी सत्ताामा बसेका नेपाली कांग्रेस र एमाले भएको उनले इंगित गरिन् । ‘देशका प्रमुख पार्टीहरू के हेरेर बसिरहेका छन् । म एउटा पार्टीको संस्थापक पनि हो । मूल्य र मान्यता अनुसार नै जानुपर्छ । आज किन सांसद निरिह भएका छन् । किन एउटा कानुन बनाउन सक्दैन । एउटा वडा अध्यक्ष उठाउन पनि नेताको आदेश कुर्नुपर्छ,’ विद्याले प्रश्न गरिन् । देशको अर्थतन्त्र संकटोन्मुख रहेको छ । उद्योग चलेका छैनन् । यस्तो अवस्थामा खुट्टाले टेक्नुपर्ने देश टाउकाले टेकेर हिँडिरहेको उनको भनाई थियो ।
 

 

तीन उपाध्यक्षको साथ
भण्डारीको सम्पर्क कार्यालय उद्घाटनमा एमालेका ३ जना उपाध्यक्षहरू सहभागी भए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले ओलीप्रति कटाक्ष गर्दै भने, ‘कहिलेकाहीँ विचारकै टोपी लाउनेहरुले विचारलाई क्षतविक्षत बनाइरहेका हुन्छन् । यो चिज बुझ्नुपर्ने आवश्यकता छ । त्यसकारणले टोपी लाएर प्रश्न बोल्नेहरु मात्रै विचारका संवाहक हुन्छन् भन्ने ठान्ने भूल गर्नु हुँदैन । यस्तो अवस्थामा विचारको रक्षा गर्नुपर्ने जरुरी छ ।’

गत असार १४ गते मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा ओलीले जबज भण्डारीले मात्रै प्रतिवादन गरेको सिद्धान्त नभएको जिकिर गरेका थिए । ज्ञवाली र पाण्डेले विद्यालाई सक्रिय राजनीतिमा आउने बाटो बन्द गर्न नहुने पक्षमा पार्टीभित्र मत राख्दै आएका छन् । साउन पहिलो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले विद्याको पार्टी सदस्यता निष्क्रिय बनाउने निर्णय गरेको थियो । 
 


प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १४:११
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP