Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसभित्रै विरोध, साना दल तयार
उपसभामुख हटाउने कसरत कांग्रेसभित्रै विरोध, साना दल तयार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ ५, २०८२

काठमाडौं- मंगलबार दिनभर सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले उपसभामुख इन्दिरा राना मगरलाई पदमुक्त गराउने प्रयासमा लागे । हस्ताक्षर संकलन गरी आचरणविपरीत कार्य गरेको अभियोगमा उनीविरुद्ध प्रस्ताव दर्ता गराउने तयारी पनि थियो । 
उपसभामुख मगरविरुद्ध ६९ मत भए पुग्थ्यो प्रस्ताव दर्ता गराउन । तर १६६ मत भएको कांग्रेस-एमाले एकाएक प्रस्ताव दर्ता नगरी मौन बसे । उपसभामुखलाई पदमुक्त गराउने अभियानमा तत्काललाई रोके । 

धेरैले उपसभामुख मगर अमेरिकामा रहेको र फर्केपछिमात्र प्रस्ताव दर्ता गर्नेगरी सत्तारुढ ‘ब्याक’ भएको दाबी गरेका छन् । तर साना दल विशेषगरी सिके राउत नेतृत्वको जनमत र नागरिक उन्मुक्तिलाई सत्तारुढ दलले मनाउन नसक्दा मंगलबार प्रस्ताव रोकिएको थियो ।  कांग्रेस सभापति शेरबहादुर देउवा ढुक्का भएर अघि बढाउन लगाएको यो प्रस्तावमा जनमतकी अनिता देवी र नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठसँग कांग्रेसले छलफल गरेको थियो । दुवै नेत्रीले यो विषयमा प्रस्ट निर्णय नदिएपछि प्रक्रिया रोकियो । ‘जनमतकी अनितादेवी र नागरिक उन्मुक्तिसँग हामीले छलफल गरेका थियौं । दुवैबाट प्रस्ट निर्णय आएन,’ कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भने । 

उसो त सत्तारुढ दलले खाली पानामा हस्ताक्षर गरेर यो प्रक्रिया जारी रहने जानकारी दिएको थियो । बुधबार नागरिक उन्मुक्तिले आफ्नो सिट सत्तापक्षतिर सार्न लगाइसकेको छ । यसले पनि यो प्रक्रियामा नागरिक उन्मुक्ति अब प्रस्टसाथ लाग्ने देखिएको कांग्रेसका नेताहरु बताउँछन् । यस विषयमा सबैभन्दा महत्वपूर्ण मानिएको जनमत पार्टीले पनि सतरुढ दलकै साथमा आफूहरु रहने जानकारी दिएको छ ।  जनमत पार्टीका प्रवक्ता शरद यादवले आफूहरु दुई ठूला दलको निर्णयमा सँगै रहने बताए । ‘जनमत पार्टी सरकारमा छ । मधेस प्रदेश सरकारको नेतृत्व गरिराखेको छ । अहिले हामी सत्ता गठबन्धनकै साथमा छौं । हाम्रो साथ उहाँहरुलाई हुने छ,’ यादवले भने । जनमत र नागरिक उन्मुक्तिले साथ दिएमा सत्तारुढ दललाई उपसभामुख हटाउन आवश्यक दुईतिहाइ बहुमत पुग्ने देखिन्छ ।

राप्रपा र रास्वपाको विरोध
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले उपसभामुखलाई हटाउन खोजेकोमा खेद प्रकट गरिन् । ‘हिजो दिनभरि नौटंकी देखियो । नेकपा एमाले र नेपाली कांग्रेसले आफ्ना माननीयज्यूहरुलाई खाली कागजमा हस्ताक्षर गराएको भन्ने खबर सुनियो,’ कार्कीले भनिन्, ‘यो केका लागि त ? यो किन त भन्दा उपसभामुखलाई अविश्वासको प्रस्तावमार्फत हटाउन रे ! उहाँहरुलाई संवैधानिक परिषद्मा बहुमत पुगेन । बहुमत पुर्याएर आफ्ना आसेपासेहरुलाई नियुक्ति गर्नको निम्ति उपसभामुख हटाउने कुरा त्यहाँ चल्यो । सही गराउने कस्तो पार्टी ? सांसदहरु कस्ता ? धिक्कार होस् ।’

Hardik health

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले पनि सरकारले संसद् र संवैधानिक निकायमाथि अपमान गरिरहेको भन्दै आपत्ति जनाए । ‘हिजो बालुवाटार र सिंहदरबारमा जुन किसिमको प्रदर्शन भयो त्यसले सम्मानित सदनलाई चोट पुर्याएको छ । लोकतन्त्रको विरासत धानेका भन्नेहरुले सम्मानित सदनको उपसभामुख जस्तो जिम्मेवार पदमाथि जुन तहको अवमूल्यन भएको छ यो लोकतन्त्रका लागि सबैभन्दा ठूलो खतरा हो भन्ने हाम्रो पार्टीको ठम्याइ हो,’ परियारले भने ।

 


कांग्रेसकै महामन्त्रीद्वय विरोधमा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बहुमत भयो भन्दैमा जे पनि गर्न नमिल्ने भन्दै घुमाउरो भाषामा उपसभामुख हटाउन लागेको प्रकरणको विरोध गरे । संख्याका आधारमा गरिने निर्णय प्रजातन्त्रमा वैधानिक हुने भए पनि त्यसलाई जनताले स्वीकार्छन् कि स्वीकार्दैनन् यसबारे सोच्नुपर्ने समय आएको थापाको भनाइ थियो । बुधबार एक कार्यक्रममा थापाले यस्तो धारणा राखेका हुन् ।

‘हामीसँग बहुमत छ, दुईतिहाइ पुग्छ भनेर निर्णय लिँदा त्यो वैधानिकता त होला तर आमनागरिकले यो कुरा स्वीकार गर्छन् कि गर्दैनन्, वैधता दिन्छन् कि दिँदैनन् त्यो पनि हेरेर निर्णय लिनुपर्छ,’ थापाको भनाइ थियो । उनका अनुसार विगतमा कांग्रेसले गरेका निर्णय वैधानिक रहेको दाबी गरे । यद्यपि, उपसभामुखबाट इन्दिरा राना मगरलाई पदमुक्त गर्ने विषय मंगलबार महामन्त्री थापासहितको बैठकले अनुमोदन गरेको थियो ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि विदेशमा भएका उपसभामुखलाई हटाउने प्रक्रियामा लाग्नु अनुपयुक्त भएको बताए । उपसमुख मगर अहिले अमेरिकामा छिन् । उनले भदौ १३ मा मात्रै  आफू नेपाल आइपुग्ने बताएकी छन् ।


प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  ११:०९
#कांग्रेस- एमाले
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP