Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • छानबिनमा तानिए जसपा अध्यक्ष यादव
१९ वर्षअघिको गौर हत्याकाण्ड ब्युँतियो छानबिनमा तानिए जसपा अध्यक्ष यादव
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ ३, २०८२

काठमाडौं- सर्वोच्च अदालतले १९ वर्षअघि २७ जना माओवादी कार्यकर्ताको क्रुरतापूर्वक ज्यान लिएको रौतहटको ‘गौर हत्याकाण्ड’लाई ब्युँताइदिएको छ । उक्त हत्याकाण्डको छानबिन गर्न सरकारको नाममा सर्वोच्चले परमादेश जारी गरेको हो । 

सर्वोच्चको परमादेशले हाल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पनि छानबिनमा तानिएका छन् । उनी तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्षसमेत हुन् । उनलाई यसअघि भएका विभिन्न छानबिन प्रतिवेदनले गौर हत्याकाण्डमा जिम्मेवार ठहर्याएको थियो । तर, यसबीचमा छानबिन भएन । यसपछि पीडितहरूका तर्फबाट त्रिभुवन साहसमेतले दायर गरेको रिटमा सोमबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा घटनाको छानबिनका लागि परमादेश जारी गर्याे। परमादेशको पूर्णपाठ आउन भने बाँकी रहेको सर्वोच्चका सहायक प्रवक्ता निराजन पाण्डेले बताए । 

गौर हत्याकाण्ड हुनुअघि माओवादी हतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा आएको थियो । अर्कोतिर, तराई–मधेस क्षेत्रमा तत्कालीन फोरमप्रति नागरिकहरूको आकर्षण थियो । त्यस्तो बेला पुष्पकमल दाहाल अध्यक्ष रहेको तत्कालीन नेकपा माओवादी र यादव नेतृत्वको फोरमले गौरस्थित राइसमिल क्षेत्रको चौरमा एकै ठाउँमा सभा गर्दा ७ चैत २०६३ मा हिंसात्मक झपड भएको थियो, जहाँ माओवादीका २७ जना कार्यकर्ताको ज्यान गयो । एक सयभन्दा बढी कार्यकर्ता घाइते भए । घटनापछि अनुगमनमा गएको राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष (हाल जसपा नेपालका अध्यक्ष) उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान अघि बढाउन सरकारलाई सिफारिस गरेको थियो । यद्यपि, घटनाको १९ वर्षसम्म अनुसन्धान अघि बढेन ।

घटनामा उपेन्द्रसँगै पूर्वसभासद बबन सिंह, मधेस प्रदेशसभाका पूर्वसांसद बाबुलाल साहलगायत ११३ जना जोडिएका छन् । उनीहरूमाथि छानबिनका लागि परमादेश जारी भएपछि जसपा नेपालका नेता कार्यकर्ताले सोमबार साँझ तराई–मधेसमा प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कोशीको राजधानी विराटनगरमा नाराबाजी भएको छ । मधेसको सप्तरी, जनकपुर, रौतहट र सर्लाहीलगायत ठाउँठाउँमा प्रदर्शन गरेका छन् । उनीहरूले मधेस आन्दोलनका उपलब्धिहरूलाई समाप्त गर्नेगरी परमादेश आएको भन्दै विरोध गरेका छन् ।  माओवादी अध्यक्ष दाहाल यसअघि प्रधानमन्त्री हुँदा उनले गौर हत्याकाण्डको छानबिन गरी पीडितहरूलाई न्याय दिने बताएका थिए । तर, उनी प्रधानमन्त्री हुँदा छानबिन प्रक्रिया अघि बढेन । माओवादीका तत्कालीन मधेसी मुक्ति मोर्चाका महासचिव रहेका हालका आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संसद्मा बारम्बार गौर हत्याकाण्डको दोषीलाई कारबाहीको माग गर्दै आएका छन् । यस्तोमा सर्वोच्चबाट घटनाको छानबिन गर्न परमादेश जारी भएको हो । 

Hardik health

गौर हत्याकाण्डमा जे भयो 
तत्कालीन नेकपा माओवादीले ७ चैत २०६३ मा गर्ने भनिएको कार्यक्रमलाई जनसभा नाम दिएको थियो । उक्त दिन दिउँसो माओवादी र मधेसी जनअधिकार फोरमले एकै स्थानमा एकै समयमा कार्यक्रम गर्न लाग्दा झडप भएको थियो । माओवादीका अनुसार झडपका क्रममा ज्यान जोगाउन भागेकाहरूमाथि जहाँ भेट्यो त्यहीँ फोरमका कार्यकर्ताले खुकुरी, गोली र लाठी, बासको फरठा प्रहार गरी निर्मम तरिकाले हत्या गरेका थिए । 

दुवैतर्फ सभा हुन नपाउँदै झडप भएको थियो । फोरमले सभा सुरु गर्न आफ्ना नेता–कार्यकर्तालाई मञ्चमा बोलाइरहेको थियो । माओवादीको युवा संगठन वाइसियल नेपालका कार्यकर्ता गौर बजार परिक्रमा गर्दै थिए । केही बेरपछि वाइसिएल मैदान प्रवेश गरे । जतिबेला माओवादीको मञ्च फोरमका कार्यकर्ताहरूले भत्काइसकेका थिए । त्यो देखेर माओवादी आक्रामक शैलीमा प्रस्तुत भएपछि झडपको अवस्था सिर्जना भएको थियो । दुवैतर्फबाट झडपसँगै गोली हानाहानसमेत भएको थियो । एउटै स्थानमा कार्यक्रम गर्ने हठले निम्त्याएको गौर घटनामा पाँच महिलासहित २७ माओवादी कार्यकर्ताको मृत्युवरण भयो । घटनामा मृत्यु भएकाको शव गौर नगरपालिका र बाहिर सात स्थानमा फेला परेको थियो । प्रहरीले त्यहीअनुसारका सातवटा फाइल तयार पारेको थियो । यसपछि माओवादीले कर्तव्य ज्यान मुद्दामा २८ वैशाख २०६४ मा कर्तव्य ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालयमा दर्ता गरेको थियो । उक्त फाइल अहिलेसम्म प्रहरीको दराजमा गुमनाम छ ।

हत्यामा संलग्न रौतहट–३ का पूर्वसांसद किशोरी यादव र गौर नगरपालिकाका पूर्वप्रमुख अजय गुप्तालगायत थुप्रै मधेसवादी दलका नेताहरू माथि उजुरी दर्ता छ । तर, प्रहरीले मुद्दा दर्ता गरेर प्रक्रिया अघि बढाएको देखिँदैन । समान्यतया कुनै पनि जघन्य अपराधको मुद्दा दर्ता भएपछि पक्राउ पुर्जी लिएर आरोपीको खोजी गर्ने, पक्राउ गरेर अनुसन्धान गर्ने काम तत्कालै गर्नुपर्छ ।  घटनाको ९ महिनापछि सरकारले मृतक परिवारलाई १० लाख रुपैयाँका दरले क्षतिपूर्ति दिएको थियो । घटनामा सलंग्नता पुष्टि गर्न र हुँदै नभएको मानिसलाई प्रतिशोध साँध्न नाम राखेर मुद्दा दर्ता गराएको भन्दै तत्कालीन फोरमका नेताकार्यकर्ताले विरोध गर्दै आएका छन् । 

गौर घटनापछि मानव अधिकारवादी संस्था इन्सेकले तयार पारेको स्थलगत अध्ययन प्रतिवेदनमा ‘मृतकहरू सबैको टाउकोमा गहिरो चोट देखिन्थ्यो । उनीहरूलाई बाँसको भाटा, ढुंगा र इँटा प्रहार गरिनुका साथै आगोसमेत लगाइएको छ ।’ घटनामा जिल्लाकै चन्द्रनिगाहपुरकी सरस्वती उप्रेती, रेखा परियार र एक किशोरीको शव स्थानीय बौधीदेवीको मन्दिर परिसरमा रगत भोग दिइएको अवस्थामा फेला परेको थियो ।  त्यतिबेलै घटनास्थल पुगेका तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाले दोषी उपर छानबिन गरी कारबाही गरेरै छाड्ने बताएका थिए । भोलिपल्ट मन्त्रालयले यो अत्यन्त ठूलो र हिंस्रक आपराधिक घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकार प्रतिबद्ध छ भनेर विज्ञप्ति निकाले ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि ८ चैत २०६३ मा विज्ञप्ति जारी गर्दै फोरमलाई प्रतिबन्ध लगाउनसमेत माग गरेका थिए । फोरमले भने गौर हत्याकाण्डमा जिम्मेवार स्वयं दाहाल रहेको प्रतिक्रिया दिए । तत्कालीन गृहमन्त्री सिटौला पनि जिम्मेवार रहेको जनाइएको छ । तर, सर्वोच्चले यादवले जिम्मेवार ठान्यो । सर्वोच्चको यस्तो परमादेशको आधारमा प्रहरी अगाडि बढ्ने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेले बताए । त्यसका लागि महान्यायाधिवक्ताको कार्यालयसँग समन्वय गरिने उनको भनाइ छ ।  ‘सम्मानित सर्वोच्च अदालतबाट जारी परमादेश हेरेपछि महान्यायाधिवक्तासँग राय, परामर्श लिएर अघि बढने छौं,’ घिमिरेले बताए । 


प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  ११:१०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP