Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #सिसिटिभी
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सुर्खेत_विमानस्थल
Search Here
विचार
  • Home
  • विचार
  • वासुदेवचन्द्र मल्ल: इतिहासका स्थापित व्यक्तित्व
वासुदेवचन्द्र मल्ल: इतिहासका स्थापित व्यक्तित्व
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २, २०८२
प्रा.डा. तीर्थप्रसाद मिश्र 

 

वासुदेवचन्द्र मल्ल सन् १९७५ मा नेपाल काउन्सिल अफ वल्र्ड अफियर्सको संस्थापक अध्यक्ष हुनुभयो । यो संस्थालाई नेपालको कूटनीतिक क्षेत्रमा एक अब्बल संस्थाका रूपमा गणना गरिन्छ । यसको श्रेय पनि मल्ल सरलाई नै दिनुपर्ने हुन्छ । यसैगरी प्रजातान्त्रिक विचार समाजका परिकल्पनाकार र संस्थापक अध्यक्ष पनि उहाँ नै हुनुहुन्थ्यो । उक्त संस्था हालसम्म पनि प्रजातन्त्र/लोकतन्त्रको रक्षाका लागि निरन्तर सक्रिय रहेको छ । नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय विभागको सदस्य भई तथा अन्य विभिन्न समितिमा रही कार्यसम्पादन गर्नुभएका प्राध्यापक मल्ललाई कांग्रेसीजनले आफ्ना मार्गदर्शक र सल्लाहकारका रूपमा लिने गर्दथे । 
 

नेपाल बहुसभ्यता र बहुसंस्कृति सम्पन्न गौरवपूर्ण अतीत भएको मुलुक हो । इतिहासको विभिन्न कालखण्डमा राष्ट्र एवं समाजमा विशेष योगदान पुर्याएका व्यक्तित्वहरूको स्मरण गरी श्रद्धासुमन व्यक्त गर्नु नेपाली समाजको एउटा सुन्दर पक्ष हो ।

विगतमा देशका लागि गुन लगाएका व्यक्ति समाजमा ओझेल नपरुन् र त्यो योगदानबारेमा भावी पुस्ता पनि सुसूचित हुन सकुन् भन्ने हेतुले यस्ता महामानवहरूको स्मृति दिवस मनाउने विशिष्ट परम्परा रहेको पाइन्छ । यसै तथ्यलाई आत्मसात् गरी प्रा. वासुदेवचन्द्र मल्लको २८औं स्मृतिदिवस साउन ३१ गते पनि स्मरण गर्ने र उहाँले नेपालको शैक्षिक, प्रशासनिक, कूटनीतिक र राजनीतिक क्षेत्रमा पुर्याउनुभएको योगदान पनि स्मरण गर्ने उद्देश्य यस आलेखको रहेको छ । मध्यकालीन नेपालको इतिहासमा कर्णाली प्रदेशमा सवल खसिया मल्ल साम्राज्य थियो । सोही राज्य विखण्डन हुँदै जाँदा बाइसी र चौबिसी राज्यहरू सिर्जना भए । यिनै टुक्रेमध्येका केही राज्यमा शासक मल्लवंशी थिए । यही मल्लवंशका सन्तति थिए, बझाङका कृपाचन्द्र मल्ल । उनी भारतीय सेनामा कर्नेल पदमा कार्यरत रहँदा अल्मोडा (हाल भारतको उत्तराखण्ड) मा २५ डिसेम्बर १९२६ मा वासुदेवचन्द्र मल्लको जन्म भएको थियो । उहाँ नै कालान्तरमा बिसी मल्लको नामबाट ख्यातिप्राप्त हुनुभयो । अल्मोडामा नै म्याट्रिक पास गरी बनारसको काशी हिन्दू विश्वविद्यालयमा राजनीतिशास्त्रमा स्नातकोत्तर उत्तीर्ण मल्ल बनारसमा अध्ययन गर्ने क्रममै प्रजातन्त्रका हिमायती बन्नुभएको थियो । उहाँले सन् १९५१ (वि.सं. २००७) सालदेखि मृत्युपर्यन्त मुलुकको बहुविधा क्षेत्रको केन्द्रबिन्दुमा रही मुलुकलाई महत्वपूर्ण योगदान पुर्याउनुभयो ।

Hardik health

भारतको बनारस प्राचीनकालदेखि नै नेपालीहरूका लागि आकर्षक गन्तव्यस्थल रहेको थियो । तीर्थाटनका लागिमात्र नभएर पढ्न, जागिर खान, राजनीति गर्न, आवश्यक पर्दा परिचय लुकाएर भूमिगत रहन, मर्न र मार्न तथा निर्वासित भई आश्रय लिन नेपालीहरू बनारस पुग्ने गरेको देखिन्छ । बनारसबाटै नेपालको प्रजातान्त्रिक आन्दोलन प्रारम्भ भएको थियो । यस आन्दोलनमा पनि मल्ल सरिक हुनुभयो । हनुमाननगरबाट सशस्त्र क्रान्तिमा भाग लिई आन्दोलन सफल बनाउन उहाँले सहयोगी भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले बनारस हिन्दू विश्वविद्यालय, नेपाली छात्र संघका अध्यक्ष भई नेपाली विद्यार्थीहरूलाई आन्दोलनमा सरिक हुन प्रेरित गर्नुभएको प्रसंग स्मरणीय छ ।

सन् १९५१ (वि.सं. २००७) सालको आन्दोलनपश्चात् सन् १९५३ देखि ५५ सम्म बालसखा दलको सदस्य हुनुभई सन् १९५६ मा तरुण दलको सचिव हुँदै अध्यक्षको भूमिकासमेत निर्वाह गर्नुभएको थियो । प्रारम्भदेखि नै प्रजातन्त्रका हिमायती हुँदा पञ्चायती राजको कोपभाजनमा पर्नुभयो । यद्यपि, २०४६ सालको आन्दोलन सफल हुनुमा पनि मल्लको योगदान स्तुत्य रहेको थियो । तत्कालीन समयमा सम्पूर्ण बौद्धिक वर्गलाई आन्दोलनमा परिचालन गर्न पनि उहाँ सफल हुनुभएको थियो । आजन्म प्रजातन्त्रप्रति गहिरो अनुराग राख्नुहुने मल्लले आत्मसम्मान, स्वाभिमान र अवलम्बन गरेको आदर्शसँग कहिल्यै सम्झौता गर्नुभएन । वि.सं. २०४६ पश्चात् प्रजातन्त्र रक्षा गर्ने दिशामा उहाँले सदैव रक्षाकवजका रूपमा आफूलाई अग्रसर बनाउनुभयो ।

नेपालमा सन् १९६१ (वि.सं. २०१८) देखि प्रारम्भ भएको राजनीतिशास्त्रको स्नातकोत्तर कार्यक्रममा सन् १९७५ (वि.सं. २०३२) सम्म अनवरत सेवा गरी धेरै शिष्यहरूको व्यक्तित्व निर्माणमा उहाँले प्रत्यक्ष भूमिका निर्वाह गर्नुभएको छ । शेरबहादुर देउवा, अर्जुननरसिंह केसी, हिरण्यलाल श्रेष्ठ, कृष्ण पोखरेल, कृष्ण खनाल, नवीनप्रकाशजंग शाह, सौभाग्यजंग कार्की, कपिल श्रेष्ठ, श्रीशशमशेर राणा, मधुनिधि तिवारीजस्ता अनेकौं चर्चित व्यक्तिहरू मल्लसरका चेला भएकोमा गौरव गर्ने प्रसंग अझै स्मरणीय छ । सन्त नेता कृष्णप्रसाद भट्टराई लेख्नुहुन्छ, ‘श्री वासुदेवचन्द्रजी अत्यन्त नै मिलनसार सहहृदयी मित्र हुनुहुन्थ्यो । आफ्ना सारा परिवारको पल्टनिया सेवाको पृष्ठभूमि भएकाले उहाँ दृढ निश्चय र अनुशासनप्रिय हुनुहुन्थ्यो, जो पछि उहाँ प्राध्यापक संघको दुईपटक अध्यक्ष हुँदा त्रिविको उपकुलपति हुँदा र चीनका लागि नेपालको राजदूत भई काम गर्दा समाजका लागि अत्यन्त उपयोगीसिद्ध भयो ।’

राजनीतिक विचारधाराबाट प्रेरित भएता पनि शिक्षण पेसामा रमाउनुहुने मल्लले सन् १९५४ देखि ५६ सम्म त्रिचन्द्र कलेज र संस्कृत महाविद्यालयमा प्राध्यापन गर्नुभयो । सन् १९६३ मा त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्रको प्रमुख भई सोही विभागमा लामो समयसम्म सेवा पनि गर्नुभयो । सन् १९६९ देखि एक वर्ष अमेरिकाको इलोनाइ र कोलम्बिया विश्वविद्यालयमा आगन्तुक प्राध्यापक भई कार्यसमेत गर्नुभयो । सन् १९७५ (वि.सं. २०३२) मा प्रजातन्त्रवादी भएको र प्रजातन्त्रवादी विद्यार्थीहरूको आन्दोलनमा समर्थन गरेको आरोपमा विश्वविद्यालय सेवाबाट उहाँलाई बर्खास्त गरियो । यो बर्खास्तीलाई त्रिभुवन विश्वविद्यालयको इतिहासमा एउटा कलंकका रूपमा लिने गरिन्छ । बर्खास्तीपश्चात् कुनै असन्तोष तथा आक्रोश व्यक्त नगरी प्राज्ञिक कार्यमा संलग्न हुनसक्नु उहाँको प्राप्ति हो । सन् १९७५ (वि.सं. २०३२) मा प्राध्यापकबाट निष्कासन गरेकोमा सम्बन्धित पदाधिकारीहरूले कालान्तरमा ठूलो पश्चाताप गरेका र गल्ती भएको स्वीकार गरेका छन् । सन् १९९० (वि.सं. २०४६) को आन्दोलनपश्चात् उहाँको ससम्मान पुनर्बहालीसमेत भएको थियो ।

नेपाल प्राध्यापक संघको इतिहासमा वासुदेवचन्द्र मल्ल कहिल्यै ननिभ्ने दियो हुनुभएको छ । उहाँ त्रिभुवन विश्वविद्यालय कलेजको सन् १९६४ देखि १९६६ सम्म प्राध्यापक संगठनको अध्यक्ष हुनुभयो । सन् १९८१ (वि.सं. २०३८) मा पुनर्गठित नेपाल प्राध्यापक संघको अध्यक्षमा निर्वाचित हुनुभई प्राध्यापकका हकहित र पदीय मर्यादाका लागि पहरेदारका रूपमा आफूलाई उभ्याउनुभयो ।सन् १९९० (वि.सं. २०४६) को आन्दोलनपश्चात् त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भई संक्रमणकालीन राजनीतिक अवस्थामा विश्वविद्यालयको शाख र गरिमामा कुनै कमी हुन दिनुभएन । सन् १९९१ (विसं २०४८) मा गणतन्त्र चीनका लागि नेपालको राजदूत नियुक्त हुनुहुँदा त्यहीँबाट मंगोलिया र उत्तर कोरियाको पनि दूतावासको कार्यभार निर्वाह गर्नुभयो । सन् १९९४ (वि.सं. २०५१) मा नेपालको राजनीतिमा आएको परिवर्तनले उहाँलाई राजदूतबाट फिर्ता बोलायो । कार्यकाल पूरा नगरी फर्कनुपरेकामा उहाँले कुनै गुनासोसमेत गर्नुभएन । गिरिजाप्रसाद कोइरालाले प्राध्यापक मल्ललाई एक सुयोग्य गुरुका रूपमा टिप्पणी गर्दै ‘.... उहाँ एक राष्ट्रवादी प्रजातन्त्रवादी व्यक्तित्वका रूपमामात्र होइन एक अनुभवी प्राध्यापक शिक्षाविद् चिन्तक एवं कूटनीतिक क्षेत्रका एक सशक्त व्यक्तित्वका रुपमा पनि सम्झन्छु’ भन्नुभएको थियो ।

वासुदेवचन्द्र मल्ल सन् १९७५ मा नेपाल काउन्सिल अफ वल्र्ड अफियर्सको संस्थापक अध्यक्ष हुनुभयो । यो संस्थालाई नेपालको कूटनीतिक क्षेत्रमा एक अब्बल संस्थाका रूपमा गणना गरिन्छ । यसको श्रेय पनि मल्ल सरलाई नै दिनुपर्ने हुन्छ । यसैगरी प्रजातान्त्रिक विचार समाजका परिकल्पनाकार र संस्थापक अध्यक्ष पनि उहाँ नै हुनुहुन्थ्यो । उक्त संस्था हालसम्म पनि प्रजातन्त्र÷लोकतन्त्रको रक्षाका लागि निरन्तर सक्रिय रहेको छ । नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय विभागको सदस्य भई तथा अन्य विभिन्न समितिमा रही कार्यसम्पादन गर्नुभएका प्राध्यापक मल्ललाई कांग्रेसीजनले आफ्ना मार्गदर्शक र सल्लाहकारका रूपमा लिने गर्दथे । चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष भई शैशवकालमा रहेको उक्त अस्पताललाई सर्वसुलभ गुणस्तरीय सेवा दिने संस्थाका रूपमा अघि बढाउन उल्लेख्य कसरत गर्नुभयो । यसैगरी सन् १९६४ देखि १९६६ सम्म नेपाल राष्ट्रिय खेलकुद संघको कोषाध्यक्षको उत्तरदायित्वमा निर्वाह गर्नुभएको भूमिका पनि प्रशंसनीय रहेकै छ ।

नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउने सारथीका रूपमा प्राध्यापक मल्ललाई कूटनीतिज्ञहरूले श्रद्धा गर्ने गरेका छन् । प्राध्यापक मल्लले सन् १९६६ मा संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो भने चीन, श्रीलंका, जर्मनी, फिनल्यान्ड, अल्जेरियामा सम्पन्न अन्तर्राष्ट्रिय विविध विषयक सम्मेलनमा सहभागी भई नेपालको दृष्टिकोण सशक्तरूपमा प्रवेश गराई मुलुककै नाम समुज्ज्वल गराउनुभएको थियो । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको भनाइमा ‘... राजनीतिमा लाग्ने सक्रिय रहने कुरामा पनि उहाँबाट मैले उत्प्रेरणा पाएको छु... देशभक्त कर्तव्यनिष्ठ प्रजातन्त्रप्रति प्रतिबद्धरूपमामात्रै होइन प्रजातन्त्रलाई परिस्कार परिमार्जन गर्दै प्रजातान्त्रिक आदर्शप्रति अविचल प्राध्यापकका रुपमा पाएँ । विद्वानहरू सबै हिम्मतवान् हुँदैनन्, उहाँ हिम्मतिलो विद्वान हुनुहुन्थ्यो ।’ यस्ता महान् व्यक्तित्व १५ अगस्ट १९९७ (२०५४ साउन ३१ गते) शुक्रबार बिहान ५ः०० बजे नित्य पूजाआजा गर्दागर्दै भगवान्को प्यारो हुनुभयो । प्राध्यापक मल्लको निधनले एक शिक्षाविद्, प्रजातान्त्रिक योद्धा, समाजसेवी, बौद्धिक जगत्का एक उज्ज्वल नक्षत्रको अस्त भएको टिप्पणी सर्वत्र गरिएको थियो । प्राध्यापक मल्ल नेपाल प्राध्यापक संघका प्रणेता, प्रजातान्त्रिक विचार समाज र नेपाल काउन्सिल अफ वल्र्ड अफेयर्सका संस्थापक एक समाजसेवी, शिक्षाविद्, कुशल प्रशासक र कूटनीतिज्ञ, राजनीतिक विश्लेषक हुनुहुन्थ्यो ।

उहाँलाई अनुकरणीय प्राध्यापक र मानवताका सरल पात्रका रूपमा नेपाली समाजले लिने गरेको छ । स्वर्गीय मल्लको आदर्श र उहाँले देखाउनुभएको मार्गमा अग्रसर हुने सत् उद्देश्यका साथ वासुदेवचन्द्र मल्ल प्रतिष्ठान २०५४ सालमा नै स्थापना भएको थियो । सो संस्थाले नेपालको शिक्षा, साहित्य, समाजसेवा, प्रशासन, कूटनीतिजस्ता क्षेत्रमा उल्लेख्य योगदान गरेका व्यक्तिलाई सम्मान गर्न प्रत्येक साल श्रावण ३१ गते स्मृतिसभा आयोजना गर्दै आएको छ । यसले वासुदेवचन्द्र मल्लको नाम नेपालको इतिहासमा सदैव स्थापित र अमर भइरहने छ । 
 


प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १४:२४
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP