Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #सिसिटिभी
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सुर्खेत_विमानस्थल
Search Here
विचार
  • Home
  • विचार
  • विश्वकप यात्रामा नेपाली क्रिकेटका चुनौती
विश्वकप यात्रामा नेपाली क्रिकेटका चुनौती
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन ३०, २०८२
राजु सिलवाल

 

जुनसुकै खेलका प्रतियोगितामा सहभागी हुन हिजोआज नेपाली खेलाडीहरु विदेशमा पुग्दा त्यहाँ रहेका नेपालीले भब्य स्वागत गर्ने गरेका छन् । नेपालको क्रिकेट, फुटबललगायतका टिमहरुको खेल हेर्न विदेशमा भएका नेपाली आ-आफ्नो कार्यस्थलमा बिदा लिएर पनि जुटने गरेका छन् । उनीहरु बाजागाजासहित नेपालका खेलाडीले लगाउने जर्सी नै लगाएर रंगशालामा उपस्थित हुँदा वातावरण नै अत्यन्त उत्साहजनक हुने गरेको छ । नेपाली खेलप्रेमीले विदेशी भूमिसमेतमा देखाएको यसप्रकारको सद्भावबाट नेपाली खेलाडी हौसला बढ्न गएको देखिएको छ ।

 

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका लागि यो वर्ष चुनौतीपूर्ण मानिएको छ । ‘टि–ट्वाण्टी’ विश्वकप क्रिकेट प्रतियोगितामा जसरी भए पनि छनोट हुनुपर्ने चुनौती नेपाली क्रिकेट टिमलाई रहेको छ । नेपालले सन् २०१४ मा पहिलोपटक तत्कालीन कप्तान पारस खडकाको नेतृत्वमा टि-ट्वाण्टी विश्वकप खेलेको थियो । दोस्रोपटक पुनः सन् २०२४ मा विश्वकपमा उत्साहजनक प्रदर्शन गरेको नेपाललाई तेस्रोपटक विश्वकपमा प्रवेश दिलाउन हाल नेपाल क्रिकेट संघ क्यानमा सचिवको जिम्मेवारी सम्हालिरहेका खडकासहितका पदाधिकारीको काँधमा आएको छ । यो वर्ष अक्टोबरमा ओमानमा आइसिसी पुरुष टि-ट्वाण्टी विश्वकपका लागि एसिया तथा पूर्वी एसिया प्रशान्त क्षेत्रको छनोट प्रतियोगिता सञ्चालन हुंँदै छ । छनोट प्रतियोगितामा सहभागी हुने कूल नौ टिममध्ये अग्रपंक्तिमा रहेका तीन मुलुक आगामी विश्वकपका लागि छनोट हुने छन् । नेपालले विश्वकपमा छनोटका लागि समूह चरणमा कुवेत र जापानको सामना गर्नुपर्ने छ ।

नेपालले यसअघि सन् २०२४ को विश्वकपमा राम्रो प्रदर्शन गरेर जुन स्तर स्थापित गरेको थियो त्यसको आधारमा नै आगामी विश्वकपका लागि पनि छनोट हुन सक्ने आँकलन गरिएको छ । अमेरिका तथा वेस्ट इण्डिजमा भएको सो विश्वकपमा नेपाल दोस्रो चरणमा पुग्न नसके पनि दक्षिण अफ्रिका तथा बंगलादेशजस्ता मुलुकसँग झिनो अन्तरले पराजित हुनु त्यति सहज थिएन । केही दिनअघि भारतको बेंगलोरमा भएको प्रशिक्षण पनि राम्रो भएको र अब अस्ट्रेलियामा नेपालले टप इण्ड टि-ट्वाण्टी क्रिकेट प्रतियोगितामा उचित प्रदर्शन गर्ने तयारी भएको छ । नेपालले अस्ट्रेलियाका विभिन्न टिमलगायत पाकिस्तान र बंगलादेशजस्ता बलिया टिमसँग खेल्न पाउनाले थप अनुभव हासिल हुने छ ।

Hardik health

गत मार्चमा नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका अस्ट्रेलियाली नागरिक स्टुवार्ट लको प्रशिक्षणमा नेपाली क्रिकेट टिम अस्ट्रेलिया पुगेको छ । उनी अस्ट्रेलियाको राष्ट्रिय टिमका पूर्वब्याटर हुन् । नयाँ प्रशिक्षक स्टुवार्टले अस्ट्रेलियाबाट सुखद् सुरुआत गर्ने अनुमान गरिएको छ । नेपालले आगामी विश्वकपको छनोट चरणको तयारीस्वरुप अस्ट्रेलियाको डार्बिनमा अगस्ट १४ देखि अगस्ट २४ सम्म आयोजना हुने टप एण्ड टि–ट्वाण्टी क्रिकेट प्रतियोगितामा केही शीर्ष अन्तर्राष्ट्रिय तथा घरेलु टोलीको सामना गर्ने छ । उक्त प्रतियोगितामा नेपालले पहिलोपटक भाग लिन लागेको हो । आगामी विश्वकपको छनोटको तयारीको रूपमा यस प्रतियोगितालाई हेरिएको छ । नेपालले पहिलो खेल अस्ट्रेलियाको नर्दन टेरिटोरी स्ट्राइकसँग  शुक्रबार पहिलो खेल खेल्दै छ ।

यसअघि नेपालले यसै वर्ष नेदरल्याण्डस तथा स्कटल्याण्डविरुद्ध टि–ट्वाण्टी शृंखला खेलेर दोस्रो स्थान हासिल गरेको थियो । विश्वकप छनोट खेल्नुअघि नेपाली टिमले यही सेप्टेम्बरमा सारजाहाँमा वेस्ट इण्डिजसँग खेल्ने मैत्रीपूर्ण शृंखलाले पनि नेपाली खेलाडीलाई थप खेल कौशल सिक्ने अवसर प्राप्त हुने आशा गरिएको छ । नेपाली खेलकुद क्षेत्रमा आज क्रिकेट खेल अग्रणी खेलका रूपमा स्थापित भइसकेको छ । क्रिकेटको माध्यमबाट आज विश्वमा नेपालको बेग्लै परिचय बनेको छ । राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत रहेका सयौं खेल संघमध्ये खेल गतिविधि तथा उपलब्धिका हिसाबले नेपाल क्रिकेट संघलाई सफल संघ मानिएको छ ।

नेपाली टिममा बिगतमा अस्ट्रेलियामा खेल अनुभव बटुलिसकेका लेग स्पिनर सन्दिप लामिछाने पनि टिममा हुनाले टिमलाई सहज भएको छ । अस्ट्रेलियाका क्लबका साथै खेलाडीहरुसँगसमेत लामिछाने परिचित छन् । लामिछानेले अस्ट्रेलियामा व्यावसायिक खेलाडीका रूपमा स्थानीय क्लबसँग अनुबन्ध भई खेलको अनुभव बटुलिसकेका छन् । अस्ट्रेलियाको फेञ्चाइज टि–ट्वाण्टी लिग बिग ब्यास बिबिएलमा लामिछाने सहभागिता रहेको थियो । अस्ट्रेलियाको मेलबर्न स्टार्स, होबर्ट हुरिकान्सजस्ता क्लबमा उनी आबद्ध भएका थिए । सन् २०१६ मै अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कको रोजाइमा परेका लामिछानेलाई सिड्नीको वेस्टर्न सबर्ब क्लबमा खेल्न आमन्त्रण गरिएको थियो । हाल क्यानसँग केन्द्रीय सम्झौतामा नरहे पनि लामिछाने निरन्तर नेपाली राष्ट्रिय टिममा आबद्ध रहीआएका छन् । लामिछानेको खेलको कदर गर्दै उनको गृहजिल्ला स्याङ्जाको थाप्ले गाँउपालिकामा क्रिकेट रंगशाला बनाउन सुरु गरिनुका साथै कक्षा ४ को पाठ्यक्रममा लामिछानेको जीवनी पनि समावेश गरिएको छ ।

विगतमा भएका कयौं महŒवपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा कुशल खेलको माध्यमबाट योगदान गर्दै आएका ललित राजवंशी मुलुकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गरिरहँदा मातृशोकमा छन् । पारिवारिक शोकमा परेका ललित अस्ट्रेलिया प्रस्थान गर्न असमर्थ भएपछि शाहब आलमलाई टिममा समावेश गरिएको थियो । पाली राष्ट्रिय क्रिकेट टिम अस्ट्रेलिया प्रस्थान गर्नुअघि नै नेपाल प्रिमियर लिग एनपिएलको आगामी संस्करणका लागि खेलाडीको अक्सन हुनाले पनि खेलाडीको मनोबल बढ्न गएको छ । खेलाडी भएर जीवनयापन गर्न धौधौ पर्ने मुलुकमा एउटै प्रतियोगितका लागि लाखौं रुपैयाँ पारिश्रमिक घोषणा गरिनाले खेलाडी उत्साहित भएका थिए । एनपिएलमा सहभागी हुने आठवटै टिमका लागि राष्ट्रिय टिमका आठ जना खेलाडीका रूपमा चयन गरिएको थियो । उनीहरुले गत वर्षजस्तै लाखौं पारिश्रमिक पाउने निश्चित भए पनि रकम भने सार्वजनिक गरिएको छैन । अक्सनबाट भने कूल ९१ जना खेलाडी छानिएका थिए । उनीहरुले न्यूनतम् दुई लाखदेखि १५ लाख रुपैयाँसम्म पारिश्रमिक पाउने घोषणा गरिएको थियो ।

अस्ट्रेलियामा हालै आयोजित एउटा क्रिकेट प्रतियोगिताको समापनका अवसरमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रमुख प्रशिक्षक जगत टमाटालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको थियो । अस्ट्रेलियामा रहेको सगरमाथा क्रिकेट क्लब प्रथम भएको उक्त सामुदायिक प्रतियोगिताको समापनका बेला प्रशिक्षक टमाटाले नेपालको क्रिकेटको विकासमा आबद्ध भइसकेका विभिन्न व्यक्ति तथा आफ्ना पुराना चेलासमेतलाई भेटेका थिए । अस्ट्रेलियामा रहेको नेपलिज क्रिकेट एसोसिएसन अफ अस्ट्रेलियाजस्ता संस्थाले क्रिकेटको माध्यमबाट नेपाली तथा अस्ट्रेलियाली समुदायबीच सम्बन्ध सुमधुर बनाउने कार्य गर्दै आइरहेको छ ।

विगतमा नेपालमा राष्ट्रिय टिमका साथै विभिन्न तहमा क्रिकेट खेलेका खेलाडी अहिले अस्ट्रेलियामा विभिन्न पेसामा आबद्ध भए पनि बेलाबखत क्रिकेट मैदानमा जुट्ने गरेका छन् । केही नेपाली खेलाडी स्थानीय क्लबसँग अनुबन्ध भई खेल्ने गरेका छन् । नेपालमा आयोजित एनपिएल लिगमा अस्ट्रेलियामा रहेका नेपाली खेलाडीको पनि प्रतिनिधित्व भएको छ । नेपालमा जस्तै अस्ट्रेलियामा पनि एनपिएल अस्ट्रेलिया क्रिकेट प्रतियोगिता आयोजना हुनु गौरवको प्रसंग मानिएको छ । जुनसुकै खेलका प्रतियोगितामा सहभागी हुन हिजोआज नेपाली खेलाडीहरु विदेशमा पुग्दा त्यहाँ रहेका नेपालीले भब्य स्वागत गर्ने गरेका छन् । नेपालको क्रिकेट, फुटबललगायतका टिमहरुको खेल हेर्न विदेशमा भएका नेपाली आ-आफ्नो कार्यस्थलमा बिदा लिएर पनि जुटने गरेका छन् । उनीहरु बाजागाजासहित नेपालका खेलाडीले लगाउने जर्सी नै लगाएर रंगशालामा उपस्थित हुँदा वातावरण नै अत्यन्त उत्साहजनक हुने गरेको छ ।

नेपाली खेलप्रेमीले विदेशी भूमिसमेतमा देखाएको यसप्रकारको सद्भावबाट नेपाली खेलाडी हौसला बढ्न गएको देखिएको छ । अस्ट्रेलियामा ठूलो संख्यामा नेपाली बसोबास गर्दै आइरहेका छन् । यसपालि डार्बिनमा हुने क्रिकेट प्रतियोगितामा नेपालको खेल भएको दिन अत्यधिक संख्यामा नेपाली खेलप्रेमी उपस्थित हुनसक्ने अपेक्षा गर्न सकिन्छ । नेपाली क्रिकेट डार्बिनस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा त्यहाँ रहेका नेपालीले गरेको भब्य स्वागत वास्तवमै उदाहरणीय थियो ।

विदेशमा बस्ने नेपालीको संगठन एनआरएनएले अस्ट्रेलियाली भूमिमा नेपाली क्रिकेट टिमलाई समर्थन र हौसला प्रदान गर्न आह्वान गरेको छ । अस्ट्रेलियामा रहेका खेलप्रेमी नेपालीलाई रातो र नीलो रङका कपडा लगाएर क्रिकेट रंगशालामा एकसाथ उपस्थित हुन अनुरोध गर्दैं सो संस्थाले राष्ट्रिय झण्डासमेत लिएर आउन गरेको आग्रहले राष्ट्रिय टिमलाई खेल जित्न उत्प्रेरित गराउने छ । यस्तो कार्यले नेपाली संसारको जुनसुकै मुलुकमा पुगेता पनि राष्ट्रिय एकताको भावना सुदृढ बनाउन योगदान पुग्न जाने देखिएको छ । अनुभवी खेलाडी तथा प्रतिष्ठित टिमहरुसँग अस्ट्रेलियामा हुने प्रतिस्पर्धाबाट नेपाललाई आगामी विश्वकप प्रवेशका लागि ढोका खोल्न यथोचित खेल कौशल र रणनीति हासिल गर्ने यथोचित सहयोग पुग्न जाने आशा गरिएको छ । रासस
 


प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १३:५८
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP