Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
समाचार
  • Home
  • समाचार
  • पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाले दिए उम्मेदवारी घोषणा
पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाले दिए उम्मेदवारी घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १३, २०८२

काठमाडौं-  नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाले उम्मेदवारी घोषणा गरेका छन्। भदौं ७ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने संघको निर्वाचनमा शेर्पाले ‘पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बद्र्धनका लागि ‘मेरो उम्मेदवारी’ भन्ने नारा सहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै शेर्पाले संघको विधान र परिधि भित्र रहेर आफ्नो सदस्यहरुको हकहित संरक्षणका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्। संघको सदस्य भएको गर्व महसुस प्रत्येक सदस्यले गर्ने गरी सरकारसँग समन्वय गरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि उकास्न विभिन्न परियोजनाहरु सञ्चालन गर्ने उनले बताए।

यस्तै, आरोहीहरुको हकहित संरक्षणका लागि र आपतकालिन उदारका लागि आरोही कल्याणकारी कोषलाई व्यवस्थीत गर्ने प्रतिबद्धता जनाए। हाल सरकारले यो कोष बनाउने घोषणा गरेपनि पूर्णता पाउन सकिरहेको छैन।हिमाल सम्बन्धी अध्ययन गर्ने राम्रो विद्यालयहरु र विश्वविद्यालय नभएको कारणले धेरै नेपालीहरुले विदेशमा गएर पढ्नु पर्ने र सिक्नु पर्ने बाध्यता रहेको उनले गुनासो गरे।

‘अहिले पर्वतारोहण सम्बन्धी पढाइ भने केहि कलेजमा हुन्छ। तर, विश्व विद्यालयकै रुपमा नेपालमा नभएकोले माउन्टेन एडभेन्चर युनिभरसिटी खोल्नका लागि सुरुवात गर्ने छु’, शेर्पाले भने, ‘माउन्टेन टुरिजम युनिभरसिटी नेपालमा खोल्न सकियो भने सम्पूर्ण आरोहण गतिविधि सम्बन्धी पढ्न जाने हजारौं युवाहरुले नेपालमै पढ्न पाउछन्।’

Hardik health

अहिले पनि केहि युवाहरुले अन्तर्राष्ट्रिय माउन्टेन गाइड एसोसिएसन महासंघ (युआइएजीएम) को सदस्य लिएका छन्।ती युवाहरुले स्प्रिङ र अटम सिजनमा नेपालमा काम गर्छन र वीन्टर सिजनमा संसारभर गएर काम गरिरहेको उनले बताए। ‘यो अध्ययन नेपालमै हुने वातावरण सिर्जना भएमा ती युवाहरु विदेशमा गएर काम गर्नुपर्ने बाध्यतानै हट्छ। यही बसेर लाखौं रुपैया काम गर्न सक्छन्। नेपालमै राम्रो विश्वविद्यालय सञ्चालन गर्न सके विश्वभरका विद्यार्थीहरु समेत यहि पढ्न आउछन्,’ शेर्पाले भने ‘किन कि हामी कहाँ त विश्वविद्यालय मात्र हैन उनीहरूले तालिम पनि संसारकै सबैभन्दा अग्लो हिमालमा गर्न पाउँछन्। जुन विदेशमा छैन।’

पर्वतारोहण संघको पहलमा माउन्टेन टुरिजम युनिभरसिटी सञ्चालन गर्न सकेमा विश्वका लागि गर्वको विषय हुने र विदेशीहरुलाई अध्ययनका लागि पनि ल्याउन सकिन्छ भन्ने उदाहरण हुनसक्ने उनले बताए। ‘विश्वमा नेपालले दिन सक्ने सबैभन्दा ठूलो परिचय भनेकै माउन्टेन टुरिजम हो। जहाँ विश्वमा नभएको हिमाल हामीसँग छ, यसको भूमिका पर्वतारोहण संघले गर्र्नुपर्छ र मेरो प्रमुख एजेण्डानै यहि छ’ उनले भने।

विश्वकै सबैभन्दा अग्लो सगरमाथा हिमाल रहेको मुलुकमा अहिलेसम्म सुविधा सम्पन्न आरोहण सम्बन्धी तालिम केन्द्र छैन। त्यसका लागि उत्कृष्ठ खालको तालिम केन्द्र सञ्चालन गर्ने उनले प्रतिबद्धता जनाए। पर्वतारोहण सघंले गर्न नसकिरहेको विकासलाई  बनाउदै अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्रको रुपमा विकास गरी विदेशीहरुलाई समेत नेपालमा ल्याउने वातावरण मिलाउने उनको भनाइ छ।

प्रकृतीले नेपालमा सबैभन्दा अग्लो हिमाल दिएको छ र ८ हजार भन्दा माथिका धेरै हिमालहरु नेपालमै छन। तर, नेपालीहरुले राम्रोसँग हिमाल सम्बन्धी पढ्न नपाएको कारणले अहिले पनि धेरै विदेशी टुर गाइडहरु नेपालमा आएर काम गरिरहेका छन् र सिकाइरहेका छन् । त्यसैले अव नेपालीलाई नै सक्षम बनाउने मेरो अभियान भएको उनको दाबी छ ।

को हुन फुर गेल्जे शेर्पा  ?

सोलुखुम्बु जिल्ला खुम्बु पासाङल्हामु गाउँपालिका गाउँपालिका वडा नम्बर ३ मा जन्मिएका शेर्पा सानैदेखि ट्रेकिङ र आरोहण क्षेत्रमा काम गर्दै पढ्दै उनीआरोहण क्षेत्रमै सक्रिय भए। उनले पढाई र कामलाई समानन्तर रुपमा अगाडी बढाए। पढाइ सकेपछि आफ्नै कम्पनी खोलेर व्यवसायीक यात्रालाई अगाडी बढाए।उनले ६ हजारभन्दा माथिको १ वटा हिमाल आरोहण गरेका छन्।

‘सगरमाथा आरोहण गर्ने सपना भए पनि चार दशक अघि अहिलेको जस्तो हिमाल आरोहण गर्दा पर्याप्त इकुमेन्टहरु नभएको र वर्षेनी ठूलो संख्यामा हिमाल चढ्न जाने शेर्पाहरुको ज्यान जाने भएकोले परिवारबाट त्यो बेलामा अनुमति पाइन’ उनले भने ‘बाउ आमाको एक्लो सन्तान भएकोले पनि हिमाल चढ्नका लागि रोक्नु भयो।’

हिमाली क्षेत्रको रहनसहन, समस्या र त्यहाँको वातावरणको बारेमा नजिकबाट नियाल्थ्ये। उनीबाल्यकालदेखि अहिलेसम्म पर्वतिय पर्यटनसँग निकटनै भएर काम गरिरहेका छन्। पर्वतारोहणसँगमा उनीपहिलो पटक सन् १९९९ देखि २००२ सम्म कार्यसमिति सदस्य भए। पछि एक कार्यकाल पर्वतारोहण संघमै विदेश विभाग प्रमुखको रुपमा पनि उनले काम गरे। पर्वतारोहण संघले आयोजना गरेको रक्तदान कार्यक्रम,वालक्लाइमिङ प्रतियोगितामा तीन पटक संयोजक भएर काम गरिसकेका छन्।

त्यसबाहेक नेपालको हिमाली क्षेत्रमा हुने दुर्घटना र परिघटनासँग सधैभरी नजिकबाट नियालेर समाजसेवा र उद्धारको काम गरिरहेका छन्। ‘मेरो जिवनमा सबैभन्दा बढी काम गरेको र समय विताएको क्षेत्रनै पर्वतारोहण क्षेत्र नै हो, यसैमा बाँकी समय नेतृत्वदायी भूमिकामा रहेर काम गर्ने चाहना राखेको छु’ उनले भने, ‘अहिलेसम्म जे जति ज्ञान हासिल गरे ती सबै पर्वतारोहण संघको नेतृत्वमा रहेर गर्न खोजेको हुँ। ’

 


प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १५:४४
#फुर_गेल्जे_शेर्पा #नेपाल_पर्वतारोहण_संघ
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान
लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान मंगलबार, माघ २०, २०८२
व्यापारिक साझेदारी विस्तार र पर्यटक आगमन बढाउन जोड
व्यापारिक साझेदारी विस्तार र पर्यटक आगमन बढाउन जोड आइतबार, माघ १८, २०८२
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालन
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालन शुक्रबार, माघ १६, २०८२
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध बिहीबार, माघ १५, २०८२
खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’
खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’ बिहीबार, माघ १५, २०८२
हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी
हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी बिहीबार, माघ १५, २०८२
पर्यटन बोर्डद्वारा मनाङमा सातौँ आइस क्लाइम्बिङ तालिम सुरु
पर्यटन बोर्डद्वारा मनाङमा सातौँ आइस क्लाइम्बिङ तालिम सुरु बुधबार, माघ १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP