Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • पछिल्लो तीन महिनामा आधाले घट्यो कोरिया जानेको संख्या
पछिल्लो तीन महिनामा आधाले घट्यो कोरिया जानेको संख्या
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ६, २०८२

काठमाडौं– गएको तीन महिना (अप्रिल–जुन)मा रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कोरिया जाने श्रमिकको संख्या घटेको छ । उक्त अवधिमा एक हजार ७३० जना श्रमिक दक्षिण कोरिया गएका छन् । यो संख्या अघिल्लो तीन महिनाको तुलनामा आधाभन्दा बढीले न्यून हो ।

वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो तीन महिना (जनवरी–मार्च)मा कोरियाले तीन हजार ७२१ नेपाली श्रमिक लगेको थियो । यो संख्या पछिल्लो तीन महिनाको भन्दा एक हजार ९९१ ले न्यून हो । 

उल्लिखित संख्या भाषा परीक्षा उत्तीर्ण गरेका (नियमित) र प्रतिबद्ध श्रमिकको हो । इपिएस शाखाका अनुसार पछिल्लो तीन महिनामा सबैभन्दा बढी उत्पादन क्षेत्रमा गएका छन् । उक्त क्षेत्रमा एक हजार २७४ जना गएको तथ्यांक छ । त्यसपछि कृषि तथा पशुपालनमा ४५६ जना गएका छन् । यो अवधिमा फरेस्ट्री, सिप बिल्डिङ र सेवा क्षेत्रतर्फ भने एक जना पनि गएको देखिँदैन ।

इपिएस शाखाका अनुसार अप्रिलदेखि जुनसम्म भाषा परीक्षा उत्तीर्ण गरेका एक हजार ६०९ जनाको श्रम सम्झौता प्राप्त भएको छ । जसमध्ये उत्पादन क्षेत्रतर्फ एक हजार ८८, कृषितर्फ ५२० र सेवा क्षेत्रका लागि एक जना रहेका छन् । यस अवधिमा उत्पादनतर्फ ४३३ र कृषिमा २६८ जना गरी कूल ७०१ जना प्रतिबद्ध श्रमिकको आगमन सूची पेस गरिएको छ ।

Hardik health

उक्त तीन महिनामा दुई हजार २२२ जना नियमित परीक्षक्षार्थीको भिसा जारी भएको प्रमाणपत्र (सिसिभिआई) प्राप्त भएको छ । जसमध्ये उत्पादनतर्फ एक हजार ५९७, कृषितर्फ ६२४ र एक जना सेवा क्षेत्रतर्फका छन् । यसैगरी ७६५ जना प्रतिबद्ध श्रमिकको सिसिभिआई प्राप्त भएको जनाइएको छ । जसमध्ये ४६६ जना उत्पादन तथा २९९ जना कृषि क्षेत्रका रहेका छन् ।

कोरियामा चार वर्ष १० महिनासम्म एउटै रोजगारातासँग काम गरेर सोही रोजगारदाताकोमा फेरि काम गर्न जानेगरी फर्किएका कामदार प्रतिबद्ध श्रमिक हुन् । उनीहरु निश्चित समयका लागि आफ्नो मुलुक फर्किएपछि पुनः कोरिया फर्किन पाउँछन् । यसरी पुनः कोरिया जान उनीहरुले भाषा परीक्षालगायतका आवश्यक मापदण्ड पूरा गर्नुपर्छ । प्रतिबद्ध श्रमिकहरु विगतमा जुन कामका लागि गएको हो त्यही काममा जानुपर्ने प्रावधान छ । यस्ता श्रमिकहरु लग्दा रोजगारदाताले अनुभवी कामदार पाउने विश्वास गरिन्छ ।

कोरियाबाट श्रम सम्झौता आएपछि श्रमिकले इपिएस कार्यालय नै पुगेर सम्झौतामा हस्ताक्षर गर्नुपर्छ । रोस्टरमा नाम चढेको दुई वर्षभित्र श्रम सम्झौता नआए श्रमिकको नाम उक्त सूचीबाट हट्छ । यस्तो सम्झौता आएपछि भने विभिन्न प्रक्रिया र स्वास्थ्य मापदण्ड पूरा गरेपछि कोरिया जान पाइन्छ ।

कोरियाले सन् २००८ देखि नेपाली श्रमिक लग्दै आएको छ । त्यसयता एक लाख १५ हजारभन्दा बढी युवा भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया गइसकेका छन् । मुलुकमा देखिएको रोजगारीको समस्याका कारण श्रमिकलाई आकर्षक तलब सुविधा दिने कोरियामा युवाहरुको आकर्षण बढ्दो छ । तर पछिल्लो समय न्यून संख्यामा श्रमिक लग्दा परीक्षा उत्तीर्ण भएर रोस्टरमा पालो कुर्दाकुर्दै अवधि सकिनेहरु आक्रोशित हुँदै आएका छन् ।

कोरियाले नेपालसहित विभिन्न १७ वटा मुलुकबाट श्रमिकहरु लग्दै आएको छ । सन् २०२४ को तुलनामा २०२५ मा आइपुग्दा स्रोत राष्ट्रहरुबाट श्रमिक लग्ने प्रक्रियामा २१ प्रतिशतले कमी आएको त्यहाँको श्रम मन्त्रालयको भनाइ छ । आर्थिक मन्दीका कारण त्यहाँको श्रमबजारमा श्रमिकको माग घट्दा छुट्याएको कोटाभन्दा थोरै संख्यामामात्र लग्दै आएको छ । इपिएस शाखाको तथ्यांकअनुसार नेपालबाट सन् २०२२ मा १५ हजार ३८०, २०२३ मा पाँच हजार १६ र २०२४ मा एक हजार ६२६ जना कामदार कोरिया गएका थिए ।
 

 


प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १०:२०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतार पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कतार पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, मंसिर १, २०८२
असोजमा दुई खर्बभन्दा बढी भित्रिँदा बन्यो कीर्तिमान
असोजमा दुई खर्बभन्दा बढी भित्रिँदा बन्यो कीर्तिमान सोमबार, मंसिर १, २०८२
तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो
तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो आइतबार, कात्तिक ३०, २०८२
विदेश पठाइदिने नाममा लाखौँ ठगी गर्ने दुई जना पक्राउ
विदेश पठाइदिने नाममा लाखौँ ठगी गर्ने दुई जना पक्राउ आइतबार, कात्तिक ३०, २०८२
युरोपको मागपत्र प्रमाणीकरण बन्द हुँदा बिचौलियाको राज, व्यक्तिगत ठगी बढ्यो
युरोपको मागपत्र प्रमाणीकरण बन्द हुँदा बिचौलियाको राज, व्यक्तिगत ठगी बढ्यो आइतबार, कात्तिक ३०, २०८२
नेपाली नागरिकले हङकङमा अनिवार्य  ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने
नेपाली नागरिकले हङकङमा अनिवार्य  ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने शुक्रबार, कात्तिक २८, २०८२
कोरियामा रहेका दूतावासका अधिकारीलाई अभिभावक बनेर काम गर्न  सञ्चारमन्त्रीको आग्रह
कोरियामा रहेका दूतावासका अधिकारीलाई अभिभावक बनेर काम गर्न  सञ्चारमन्त्रीको आग्रह शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP