Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
समाचार
  • Home
  • समाचार
  • सुनापतिको पर्यटन विकासका पूर्वाधारमा लगानी बढाइनुपर्ने
सुनापतिको पर्यटन विकासका पूर्वाधारमा लगानी बढाइनुपर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन ४, २०८२

काठमाडौं - रामेछापको सुनापति गाउँपालिकालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि पूर्वाधार निर्माणमा जोड दिन सरोकारवालाले सुझाव दिएका छन् । गाउँपालिकाले आज नेपाल पर्यटन बोर्डको सहकार्यमा यहाँ आयोजना गरेको ‘सुनापति गाउँपालिकाको पर्यटन विकासका लागि अन्तरक्रिया’मा उनीहरुले सुनापतिको पर्यटन विकासका लागि दिगो पर्यटन विकासमा जोड दिन सुझाव दिए । 

सांसद पूर्णबहादुर तामाङले सुनापतिको पर्यटन विकासका लागि पूर्वाधार निर्माण पहिलो सर्त भएको बताए । उनले स्थानीय तहका पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन गरी आकर्षण गर्ने प्याकेज बनाएर आन्तरिक तथा विदेशी पर्यटक ल्याउन सकिने धारणा राखे । उनले तीन वटै तहका सरकारको समन्वयमा लगानी अभिवृद्धि गर्न जरुरी भएको औंल्याए । 

सांसद तामाङले विभिन्न शीर्षकमा स्थानीय तहमा जाने बजेटको प्रभावकारी परिचालन नहुँदा योजना कार्यक्रमले गति लिन नसकेको भन्दै यसप्रति सबै सरोकारवाला गम्भीर हुनुपर्नेमा जोड दिए । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सुनापतिको पर्यटन विकासका लागि रणनीतिक योजना समन्वयका साथ अगाडि बढाइनुपर्ने बताए । उनले पर्यटकीय सम्भावना बोकेका पालिकालाई धार्मिक, सांस्कृतिक र प्राकृतिक विविधितालाई जोडेर पर्या पर्यटन विकासमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले पालिकाको पर्यटन विकासका लागि बोर्डले बलियो सहकार्य गर्ने विश्वास व्यक्त गरे  । उनले कम लगानीमा बढी प्रतिफल दिने तुलनात्मक लाभको क्षेत्र पर्यटनको विकासमार्फत मुलुकको आर्थिक समृद्धिको यात्रामा योगदान गर्न सबै जिम्मेवार भएर लाग्नुपर्ने खाँचो औंल्याए ।   ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले सुनापतिको भूगोल, संस्कृति र इतिहासकासाथै कृषि उत्पादनलाईसमेत जोडेर एकीकृत पर्यटन विकास गरिनुपर्नेमा जोड दिए । उनले पर्यटन विकासका लागि टानले गाउँपालिकासँग सहकार्य गर्ने प्रतिवद्धता जनाए ।

Hardik health

नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रवन्ध निर्देशक कुलमान घिसिङले सङ्घीय राजधानी काठमाडौँ नजिकको गन्तव्य सुनापतिको पर्यटन विकासका लागि लगानी बढाएर पदमार्गहरु निर्माण गरिनुपर्ने बताए ।  सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले पर्यटनसँग सम्बद्ध सरकारी, गैर सरकारी र निजी क्षेत्रसँग समन्वय सहकार्य गर्दै सुनापतिको पर्यटन विकासका लागि लगानी अभिवृद्धि गर्ने, सुनापति गाउँपालिकाको मौलिक संस्कृति, धार्मिक स्थल, पौराणिक सम्पदाहरु, पर्यावरणीय विविधता र ऐतिहासिक स्थलहरुको संरक्षण, विकास र प्रचार–प्रसार गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए ।

प्राकृतिक विविधता, सांस्कृतिक सम्पदा र ऐतिहासिक पृष्ठभूमि रहेको सुनापतिको सुनापति गाउँपालिकालाई धार्मिक, सांस्कृतिक र पर्यावरणीय गन्तव्यको रुपमा विकास गर्न गाउँपालिको मात्र नभई सङ्घ, प्रदेश र निजी क्षेत्रसमेतको लगानी अभिवृद्धि गर्नको लागि सुनापति गाउँपालिकाको आयोजना र नेपाल पर्यटनका लागि अन्तरक्रिया गरिएको हो ।

स्थानीय कला संस्कृतिहरु जस्तै थान्का चित्रकला, गलैंचा बुनाईलगायत विभिन्न धार्मिक स्थलहरुको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्नु, होमस्टे, पर्यटकीय होटल तथा रेष्टुरेन्ट, टुरिष्ट गाइड, हस्तकला, कृषि पर्यटनलगायतका माध्यमबाट स्वरोजगार सृर्जना गरी स्थानीय रोजगार र आयआर्जनका अवसर प्रदान गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ । 

सुनापति सूर्योदय र सूर्यास्त अवलोकनका लागि रमणीय स्थल मानिन्छ । जहाँबाट जुगल, लाङटाङ, गौरीशङ्कर हिमशृृङ्खलादेखि सर्वोच्च शिखर सगरमाथाको दृश्यावलोकन गर्न पाइन्छ । हाल उक्त क्षेत्रमारु नेपालथोक–लुभु–हिलेदेवी र सुनापति–शैलुङ्ग पदमार्ग छन् । एकसय आठ लहरेमाने, लखपतिमाने, सुनापति महादेव, डम्फु पार्क आदि यहाँक महत्वपूर्ण पर्यटकीय गन्तव्यहरु छन् ।

पर्यटन क्षेत्रका विकासका लागि गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा रु एक करोड ५० लाख बजेट विनियोजन गरी सुनापति डाँडा आसपासका क्षेत्रमा विभिन्न पर्यटकीय पूर्वाधरहरु निर्माण गरिएको जनाएको छ । कार्यक्रममा सुनापति गाउँपालिकाको पर्यटनसम्बन्धी श्रब्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो भने डम्फु र टुङ्गनाका साथ तामाङ कलाकारको विशेष प्रस्तुतिकरण गरियो ।
 


प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा शुक्रबार, पुस ४, २०८२
नेपालगञ्‍जमा भारतीय टुर अपरेटरसहित संवाद हुँदै
नेपालगञ्‍जमा भारतीय टुर अपरेटरसहित संवाद हुँदै शुक्रबार, पुस ४, २०८२
नेपाल-भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया-नेपाल टुरिजम मिट
नेपाल-भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया-नेपाल टुरिजम मिट शुक्रबार, पुस ४, २०८२
दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षा तथा स्वच्छता तालिम
दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षा तथा स्वच्छता तालिम बिहीबार, पुस ३, २०८२
दिगो पर्यटन प्रवर्द्धनका लागि काठमाडौंमा खाद्य सुरक्षा तथा स्वच्छता तालिम सुरु
दिगो पर्यटन प्रवर्द्धनका लागि काठमाडौंमा खाद्य सुरक्षा तथा स्वच्छता तालिम सुरु बिहीबार, पुस ३, २०८२
पाँच वर्षमा पनि बनेन सेती नदीमा पुल
पाँच वर्षमा पनि बनेन सेती नदीमा पुल बिहीबार, पुस ३, २०८२
बागलुङ महोत्सवः १० लाख दर्शक, १० करोडको कारोबार
बागलुङ महोत्सवः १० लाख दर्शक, १० करोडको कारोबार बुधबार, पुस २, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP