Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #जेनजी_आन्दोलन
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • नेपाल पर्यटन बोर्डले ७० प्रतिशत बजेट अन्तरराष्ट्रिय प्रवर्द्धनमा खर्च गर्ने
नेपाल पर्यटन बोर्डले ७० प्रतिशत बजेट अन्तरराष्ट्रिय प्रवर्द्धनमा खर्च गर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २, २०८२

काठमाडौं -  नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८२/८३ को बजेट स्वीकृत गरेको छ । बोर्डको कार्यकारी समितिको हालै बसेको बैठकले आगामी आवका लागि रु एक अर्ब ५९ करोड ९९ लाख ७० हजारको बजेट स्वीकृत गरेको बजेट तर्जुमा उपसमितिका संयोजक ऋषिराम भण्डारीले जानकारी दिएका हुन् । 

बोर्डले सुरक्षित, भरपर्दो र आकर्षण पर्यटकीयस्थलको विकास गरी अन्तररराष्ट्रिय पर्यटन समुदायमा नेपालको छविलाई स्थापित गर्ने उद्देश्यसहित आफ्नो बजेट तथा कार्यक्रम ल्याएको उनले बताए । बजेट उपसमिति संयोजक भण्डारीले भने, “चालु आर्थिक वर्षमा बोर्डले नेपालमा पर्यटक आगमन कम्तीमा १५ प्रतिशतले वृद्धि गर्दै समग्र पर्यटन क्षेत्रलाई चलायमान गराउने लक्ष्य लिएको छ ।”

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीले बजेट समयमै पारित गर्दै पर्यटन प्रवर्द्धनमा उल्लेख्य टेवा पुग्ने क्षेत्र र कार्यक्रममा बजेट केन्द्रीत रहेको बताए । उनले पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धनद्वारा राष्ट्रिय उत्पादन तथा विदेशी मुद्रा आर्जनमा अभिवृद्धि गरी रोजगारीका अवसर सिर्जना र पर्यटन क्षेत्रको दिगो विकासका लागि बजेट उपयोगी हुने बताए ।   

यसैगरी चालु आवमा नेपाल आसियन पर्यटन वर्ष २०२६ को प्रवर्द्धन गर्ने, गुणस्तरीय पर्यटक आगमनलाई प्राथमिकीकरण गरी पर्यटकबाट हुने समग्र आयमा कम्तीमा १५ प्रतिशतले वृद्धि गर्ने उल्लेख छ ।  बोर्डले चालु आवमा कम्तीमा ५० वटा स्रोत बजारमा प्रवर्द्धनात्मक कार्यक्रम, पर्यटन व्यवसायका लागि आवश्यक थप पाँच हजार जनशक्ति उत्पादन र पर्यटनको विस्तारीकरणका लागि कम्तीमा २५ वटा नयाँ पर्यटन पूर्वाधार संरक्षण गर्ने जनाएको छ । 

Hardik health

बोर्डको सेवा विस्तारका लागि कूल बजेटको ७० प्रतिशत अन्तरराष्ट्रिय बजारीकरणमा खर्च गर्ने र भारतमा कार्यालय खोल्ने पनि जनाइएको छ । भारत नेपालको प्रमुख पर्यटक स्रोतबजार भएकाले जहाँबाट सन् २०२४ मा मात्र चार लाखभन्दा बढी पर्यटक नेपाल आएका थिए । भारतीय बजारलाई थप प्रभावकारी बनाउन, दिल्ली वा अन्य प्रमुख सहरमा स्थायी कार्यालय खोल्ने तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ ।

यसका साथै प्रादेशिक कार्यालय स्थापना गर्नेसमेत यस वर्षको बजेट तथा कार्यक्रममा उल्लेख छ । बोर्डले पर्यटन बजार व्यवस्थापन तथा प्रवर्द्धनका लागि रु ४३ करोड ६१ लाख विजियोजन गरेको छ । यसैगरी जनसम्पर्क तथा प्रचारप्रसारका लागि रु १२ करोड ९५ लाख, अनुसन्धान, योजना तथा अनुगमनका लागि रु दुई करोड ६७ लाख, पर्यटन सम्पदा तथा संसाधान विकासका लागि रु १८ करोड ६३ लाख ५० हजार विनियोजन गरेको छ । 

यसैगरी नयाँ प्रादेशिक कार्यालय स्थापना र सञ्चालनका लागि रु ११ करोड ६६ लाख, विशेष प्रबद्र्धनात्मक कार्यक्रम बुद्धिष्ट ट्राभल मार्ट, हिमालयन ट्राभल मार्ट, एड्भेन्चर ट्राभल मार्ट, सगरमाथा सम्मान कार्यक्रम र सफारी टुरिजम् मार्टका लागि रु चार करोड ६२ लाख विनियोजन गरिएको छ । बोर्डले अमेरिका, चीन, जापान, कोरिया, अष्ट्रेलिया, बङ्गलादेश, श्रीलङ्का, मलेशिया, थाइल्याण्ड, र युरोपका विभिन्न देशमा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । ‘नेपालः लाइफ टाइम एक्सपिरियन्स’ भन्ने नारालाई आधार मानेर विश्वका प्रमुख पर्यटन मेलामा सहभागिता जनाउने, डिजिटल मार्केटिङ, अन्तरराष्ट्रिय सञ्चारमाध्यमसँग सहकार्य, ट्राभल ब्लगर र मिडिया फ्याम टुरजस्ता कार्यक्रम प्राथमिकतामा राखेको छ ।

अन्तरराष्ट्रिय बजारसँगै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पनि बजेट विनियोजन गरिएको छ । विशेषगरी प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रसँगको सहकार्यमा विभिन्न गन्तव्य प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ । जसका लागि सुदूरपश्चिम, कर्णाली, र पूर्वी नेपालका उदियमान गन्तव्यलाई लक्षित गरिएको छ ।  बोर्डको बजेटमा डिजिटल पूर्वाधार सुदृढीकरण, अनुसन्धान तथा तथ्यांक प्रणाली सशक्तीकरण, र पर्यटनसम्बन्धी जनशक्ति विकासका कार्यक्रमसमेत समावेश छन् । पर्यटनसम्बन्धी अध्ययन, तालिम, र विज्ञ कार्यक्रमका लागि छुट्टै रकम छुट्याइएको छ । अन्तरराष्ट्रिय मेलामहोत्सव, सेल्स मिसन, डिजिटल मिडिया अभियान, सिने टुरिज्जम, डायस्पोरा कनेक्ट, ब्रान्डिङ, र प्रभावशाली कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने बजेटमा उल्लेख छ ।

भौतिक पूर्वाधार निर्माण, पदमार्गको सुधार, नमस्ते सेन्टर स्थापना, बौद्ध गन्तव्य प्रवर्द्धन, पर्वतीय क्षेत्रका लागि तालिम, ग्रीन हस्पिटलिटी प्रमाणीकरण, घरेलु पर्यटन प्रवर्द्धन, पर्यटन टुर अपरेटर तालिम, भाषा र डिजिटल सीपसम्बन्धी तालिमलगायत कार्यक्रममार्फत गन्तव्य विकास र स्थानीय सशक्तिकरणलाई बलियो बनाउने उद्देश्य यस वर्षको बजेटले लिइएको छ । मिथिला कला, प्याराग्लाइडिङ प्रतियोगिता, हात्ती महोत्सव, पर्वतीय र जङ्गल सफारी जस्ता सांस्कृतिक तथा साहसिक गन्तव्यलाई पनि बजेटमार्फत प्रवर्द्धन बोर्डका सिइओ जोशीले बताए । 

पोखरा कार्यालयमार्फत पोखरा ट्राभल मार्ट, सडक महोत्सव, अन्नपूर्ण तथा मानस्लु पदमार्ग प्रवर्द्धन, पर्यटक प्रहरी तालिम, बेसिक तथा एड्भान्स क्यानियोनिङ तालिम र पर्वतीय सङ्ग्रहालय प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ । भारत, चीन र दक्षिण एसियाली मुलुकमा पनि प्रचार कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । बजेटमार्फत् दीगो पर्यटमा लागि पर्यटन सूचना व्यवस्थापन प्रणाली (टिम्स) को प्रभावकारी कार्यान्वयन, विपद् व्यवस्थापन कोष, जलवायु परिवर्तनमा संवेदनशीलता अभिवृद्धि, अनुसन्धान, अन्तरराष्ट्रिय सहकार्य विस्तार जस्ता दीगो पर्यटनका पक्षलाई ध्यानमा राखेर आगामी दशकलाई दीगो पर्यटन विकासको आधारशिला निर्माण गर्ने रणनीतिमा बजेट केन्द्रित गरेको स्पष्ट पारेको छ ।

सिईओ जोशीले भने, “यो बजेट केवल रकमको हिसाब मात्र होइन, यो नेपालको पर्यटन पुनर्जागरणको रोडम्याप हो । हामीले बजारअनुसारको रणनीति बनाएका छौँं, स्थानीय तथा अन्तरराष्ट्रिय साझेदारसँग सहकार्य गरेर नेपालको पर्यटन क्षेत्रलाई दिगो रुपमा विस्तार गर्नेछौँ ।” बोर्डका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवले पनि आगामी दिनमा निजी क्षेत्रको सहभागिता, स्थानीय तहको समन्वय, र अन्तरराष्ट्रिय साझेदारीको माध्यमबाट ‘स्मार्ट टुरिज्जम नेपाल’ को अवधारणा कार्यान्वयन गरिने बताएका छन्  ।
 


प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १३:४८
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पदयात्रीको रोजाइमा ‘देवचुलीडाँडा’
पदयात्रीको रोजाइमा ‘देवचुलीडाँडा’ आइतबार, कात्तिक १६, २०८२
स्याफ्रुबेँसी–रसुवागढी अन्तरराष्ट्रिय राजमार्ग मर्मत सुरु
स्याफ्रुबेँसी–रसुवागढी अन्तरराष्ट्रिय राजमार्ग मर्मत सुरु आइतबार, कात्तिक १६, २०८२
 कान्तिलोकपथ सडक सञ्चालन
 कान्तिलोकपथ सडक सञ्चालन आइतबार, कात्तिक १६, २०८२
मकालु आधार शिविरबाट स्पेनिस नागरिकको उद्धार
मकालु आधार शिविरबाट स्पेनिस नागरिकको उद्धार आइतबार, कात्तिक १६, २०८२
हुम्लाको पर्यटकीयस्थल लाप्चामा सञ्चार सुविधा
हुम्लाको पर्यटकीयस्थल लाप्चामा सञ्चार सुविधा आइतबार, कात्तिक १६, २०८२
तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्‍चालन
तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्‍चालन आइतबार, कात्तिक १६, २०८२
वर्षाले  बेल्टार, फत्तेपुर, हँडिया, सुन्दरपुरमा यातायात सेवा अवरुद्ध
वर्षाले बेल्टार, फत्तेपुर, हँडिया, सुन्दरपुरमा यातायात सेवा अवरुद्ध आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP