Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • सुशासनमा कमजोर, एजेण्डा अलपत्र  
ओली सरकारको एक वर्ष सुशासनमा कमजोर, एजेण्डा अलपत्र  
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, असार ३१, २०८२

चित्रगुप्तलाई बयान दिन तयार छु, यो अभिव्यक्ति पक्कै पनि प्रधानमन्त्रीजीले सम्झिरहनु भएको होला । तर, अहिले त जहाँ सरकार, त्यहाँ भ्रष्टाचार । अब चित्रगुप्तलाई प्रधानमन्त्रीजीले के बयान दिने होला ?
पुष्पकमल दाहाल
अध्यक्ष, माओवादी केन्द्र

काठमाडौं– कांग्रेस–एमालेबीच भएको सातबुँदे सहमतिको आधारमा केपी शर्मा ओली शक्तिशाली प्रधानमन्त्री भएको वर्ष दिन बित्दा सुशासनमा ‘कमजोर’ देखिएको छ । यसबीचमा सरकारका कर्मचारीमात्रै होइनन्, मन्त्रीहरु नै भ्रष्टाचारदेखि मानव तस्करीका काण्डमा मुछिएका छन् ।

सरकार निर्माण गर्दा भएको सातबुँदे सहमतिको एउटा बुँदामा ‘सुशासन कायम गर्ने’ कांग्रेस–एमालेको सहमति थियो । उक्त सहमति १७ असार २०८१ को मध्यरातमा एक व्यवसायीको घरमा भएको थियो । तर, सहमति कागजको खोस्टो भएको छ । यसलाई पुष्टि गर्नेगरी पछिल्लोपटक संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ७८ लाख रुपैयाँ घुस लिएको अडियो सार्वजनिक भएको छ । उनी प्रधानमन्त्रीकै दल नेकपा एमालेबाट मन्त्री भएका हुन् ।

सोही घुस प्रकरणमा एमालेबाटै मन्त्री बनेका भूमि, व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी पनि मुछिएका छन् । यसअघि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएका थिए । उनलाई मानव तस्करीमा संलग्न भएको आरोप लागेको छ । भिजिट भिसाको नाममा दैनिक ५० लाख रुपैयाँसम्म उठाउन लगाएको आरोप उनीमाथि छ । अझै पनि यो प्रकरणबाट उनले सफाइ पाएका छैनन् ।

Hardik health

सरकारका अन्य मन्त्रीहरू पनि आर्थिक मामिलामा विवादित भए । मन्त्रीहरूले गर्ने नियुक्ति पनि विवादित भए । नियुक्त पदाधिकारीले गर्ने कार्य पनि सुशासनलाई चुनौती दिनेगरी भएका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नियुक्त गरेका धितोपत्र बोर्डको अध्यक्ष सन्तोषनारायण श्रेष्ठको कमिसनकाण्ड बाहिरियो । नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिमा पौडेलको भूमिका सन्देहपूर्ण देखिएको थियो ।


अघिल्लो (दाहाल) सरकार कुशासनमा थियो । जताजतै भ्रष्टाचार थियो । यो सरकार गठनपछि भ्रष्टाचारीहरू जेल गए, मुद्दा चल्यो ।
राजेन्द्र गौतम 
प्रचार विभाग प्रमुख, एमाले

ओली मन्त्रिपरिषद्मा सबैभन्दा बढी विवादित बन्न पुगेका मन्त्री हुन् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का । जगदुल्ला जलविद्युत् आयोजनाको १६ अर्ब रुपैयाँको ठेक्कामा मिलेमतो गरी ठेकेदारबीच चेक लेनदेन गराएको विषय सार्वजनिक भएपछि विवादमा तानिए । उनी ४५४ मेगावाटको किमाथांका अरुण जलविद्युत् आयोजना र एक हजार ९०२ मेगावाटको मुगु कर्णाली जलाशययुक्त आयोजनाको विषयमा सूचना निकाल्नुअघि नयाँ कार्यविधि निर्माण गरिएको र सेटिङमा आयोजना दिनेगरी अघि बढाइएको विषयमा संसद्को सार्वजनिक लेखा समितिमा ललिन्द्र राईले १२ पुसमा उजुरी दिएर छानबिन माग गरेका थिए ।

मन्त्री खड्काका यी कार्य कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिको एउटा बुँदा सुशासन कायम गर्ने समझदारीविपरीपतको कार्य हो । ओली सरकार गठनको एक वर्षमा प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद्लाई सम्बोधन गर्दै सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । विगतमा प्रधानमन्त्री ओलीले आफूलाई सुशासनको पक्षपाति र भ्रष्टाचार विरोधी नेता भएको दाबी गर्दै चित्रगुप्तकहाँ बयान दिन पनि तयार गरेको प्रसंग कोट्याउँदै दाहालले भने, ‘चित्रगुप्तलाई बयान दिन तयार छु, यो अभिव्यक्ति पक्कै पनि प्रधानमन्त्रीजीले सम्झिरहनु भएको होला । तर, अहिले त जहाँ सरकार, त्यहाँ भ्रष्टाचार । अब चित्रगुप्तलाई प्रधानमन्त्रीजीले के बयान दिने होला ?’

ओली सरकारलाई गिरिबन्धु टि–स्टेट र भुटानी शरणार्थीकाण्डको छानबिनको फाइल बन्द गरेको आरोप लाग्दै आएको छ । यसबारे संसद्मा सबै प्रतिपक्षी दलहरूले आलोचना गर्दै आएका छन् । तर, यी दुई प्रकरणको छानबिन कहाँ पुग्यो ? अत्तोपत्तो छैन । माओवादी अध्यक्ष दाहाल भने यी दुई काण्डको छानबिन अगाडि बढाउँदा आफ्नो सरकार भ्रष्ट र बिचौलियाको बलमा कांग्रेस र एमालेले ढालेको गुनासो गर्छन् । उनले मंगलबारको संसद् बैठकमा पनि सोही गुनासो पोखे । तर, हालै बसेको एमाले बैठकले भने सुशासनको गति बढेको निष्कर्ष निकालेको थियो । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम भन्छन्, ‘अघिल्लो (दाहाल) सरकार कुशासनमा थियो । जताजतै भ्रष्टाचार थियो । यो सरकार गठनपछि भ्रष्टाचारीहरू जेल गए, मुद्दा चल्यो ।’यस्तै, कांग्रेस र एमालेको सरकार सहमतिको मुख्य बुँदा रहेको संविधान संशोधनलाई कार्यान्वयनमा लान चुकेको देखिएको छ । जबकि, सातबुँदे सहमति भएलगत्तै संविधान संशोधनबारे सरोकारवाला पक्षले निकै चासो देखाएका थिए । धेरैले दुई ठूला दल मिलेर संविधान संशोधन प्रक्रिया अघि बढ्छ कि भन्ने अपेक्षा पनि गरेका थिए । सहमतिको दुई–तीन महिनासम्म दुई दलका नेताहरूले सार्वजनिक फोरमबाटै संविधान संशोधनबारे खुबै चर्चा गरे । तर, यतिबेला संविधान संशोधनको विषय सत्तारुढ दल र सरकार स्वयंका लागि अरुचिजस्तै बन्न पुग्यो ।

कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिमा मुख्यतः तीन ‘स’ थियो । पहिलो– संविधान संशोधन, दोस्रो– सुशासन र तेस्रो– संविधानमाथिको स्वामित्व । तर, एक वर्षमा हेर्दा यी तीनवटै कार्य गर्न शक्तिशाली सरकार चुक्यो ।
चन्द्रकिशोर
राजनीतिक विश्लेषक

प्रधानमन्त्री ओलीले २०८१ साउन ६ मा प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने क्रममा अस्थिरता हटाउन संविधान संशोधन चाहिएको भन्दै संशोधन गरिने घोषणा गरेका थिए । ‘अस्थिरता हटाउन संविधानमा संशोधन चाहिन्छ । निराशा चिर्न देशलाई विकास र समृद्धितर्फ डोहो¥याउन बलियो प्रणाली नबनाइकन हुँदैन । विनास्थायित्व बलियो प्रणाली बन्दैन,’ ओलीले भनेका थिए । तर, यतिबेला संविधान संशोधनको एजेण्डा सत्तारुढ दलका नेताहरूबाट सुनिँदैन ।

माओवादी नेता शक्ति बस्नेतले सोमबारको संसद् बैठकमा संविधान संशोधनको प्रक्रियासमेत सुरु नगरेर सरकारले आफ्नै सहमति कार्यान्वयन गर्न नसकेको टिप्पणी गरेका थिए । उनले सरकारलाई सोधेका थिए– ‘खोइ ! कहाँ गयो तपाईंहरूको संविधान संशोधनको एजेण्डा ?’संसद्को चौथो ठूलो विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झा पनि सरकार र सत्तारुढ दल एक वर्षअघि आफैंले गरेको संविधान संशोधनबारेको सहमतिप्रति इमान्दार नभएको टिप्पणी गर्छन् । उनले प्रभावसँग भने, ‘संविधान संशोधन आवश्यकताअनुसार हुन्छ र यसबारे कांग्रेस र एमालेले सुरुका केही महिना धुमधामसाथ संशोधन हुन्छ भने तर, खोइ ?’

निर्वाचन प्रणाली हेरफेर गर्न संविधान संशोधन गर्ने दुई दलले घोषणा गरेका थिए । खासगरी समानुपातिक निर्वाचन प्रणाली हटाउने पक्षमा थिए । तर, संसद्मा संविधान संशोधनका लागि दुईतिहाइ बहुमत संसद्को दुवै सदनमा आवश्यक हुन्छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकारको दुईतिहाइ बहुमत गुमेको छ । कांग्रेस र एमालेसँगमात्रै संसद्मा दुईतिहाइ बहुमत अभाव छ । यसले गर्दा संविधान संशोधनको एजेण्डाबाट दुई दल पछि हटेको राजनीतिक विश्लेषक चन्द्रकिशोर बताउँछन् । 

उनले भने, ‘कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिमा मुख्यतः तीन ‘स’ थियो, पहिलो– संविधान संशोधन, दोस्रो– सुशासन र तेस्रो– संविधानमाथिको स्वामित्व । तर, एक वर्षमा हेर्दा यी तीनवटै कार्य गर्न शक्तिशाली सरकार चुक्यो ।’ओली सरकारको एक वर्षबीचमै राजनीतिक परिवर्तन उल्टाउन चाहने राजतन्त्रपक्षधर शक्तिले गणतन्त्रपक्षधरलाई झस्काउनेगरी गतिविधि ग¥यो । भलै, उक्त शक्ति आन्तरिक किचलोमा फस्यो र आन्दोलन शिथिल हुन पुग्यो ।


प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १०:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP