Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
राजनीति
  • Home
  • राजनीति
  • लिङ्देनको मनमौजी शासन
मनोनीतमाथि डण्डा चलाउँदा महामन्त्री जबरापक्ष रुष्ट लिङ्देनको मनमौजी शासन
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, असार २९, २०८२

विधानले कसैमाथि कारबाही गर्नुपरे केन्द्रीय समिति बैठकमा अध्यक्षले कारबाहीको प्रस्ताव लानुपर्छ । त्यसो नगरी स्वेच्छचारी ढंगले अध्यक्षले कारबाही गर्नुभयो, त्यसविरुद्ध हामी निर्वाचन आयोगमा जान्छौं । 
जनकराज पाठक
कार्यसम्पादन समिति सदस्य, राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवक्ताबाट सगुनसुन्दर लावती र अनुशासन आयोगको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि पार्टीमा कलह बढेको छ । लिङ्देनले स्पष्टीकरण नसोधी केन्द्रीय समिति बैठकमा कारबाहीको प्रस्ताव पनि नलगिकन स्वेच्छचारी ढंगले पदबाट हटाएको भन्दै महामन्त्री डा. धवलशमशेर जबरापक्ष असन्तुष्ट छ । अध्यक्ष लिङ्देनको उक्त कदम विधानविपरीत भएको असन्तुष्टपक्षको आरोप छ । 

पदमुक्त गरिएका दुवै नेता जबरापक्षीय हुन् । जबरापक्षका नेताहरूले शनिबार छुट्टै भेला आयोजना गरी छलफल गरेका छन् । छलफलले अध्यक्ष लिङ्देनको कदम गैरकानुनी र स्वेच्छचारी भएको भन्दै निर्वाचन आयोगमा चुनौती दिने निर्णय गरेको जानकारी दिइएको छ ।‘विधानले कसैमाथि कारबाही गर्नुपरे केन्द्रीय समिति बैठकमा अध्यक्षले कारबाहीको प्रस्ताव लानुपर्छ । त्यहाँबाट अनुमोदन भएपछि अनुशासन आयोगले छानबिन गरेर कारबाही गर्छ, तर, त्यसो नगरी स्वेच्छचारी ढंगले अध्यक्षले कारबाही गर्नुभयो, त्यसविरुद्ध हामी निर्वाचन आयोगमा जान्छौं,’ छलफलपछि कार्यसम्पादन समिति सदस्य जनकराज पाठकले भने ।

मैले मनोनीत गर्ने पदहरूमा हेरफेर हुन सक्छ । राम्रो काम गरेन भने हटाइन्छ । पदाधिकारीहरूमा पनि हेरफेर हुन सक्छ ।
राजेन्द्र लिङ्देन
अध्यक्ष, राप्रपा 

Hardik health

अध्यक्ष लिङ्देनले भने अझै कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । उनले भने, ‘भोलि पनि त्यस्तो अवस्था आयो भने पदाधिकारीहरूमा हेरफेर हुन सक्छ । मैले मनोनीत गर्ने पदहरूमा हेरफेर हुन सक्छ । मनोनीत गरेको मान्छेले राम्रो काम गरेन भने हेरफेर गरिन्छ ।’राप्रपाको उपाध्यक्षमा मनोनीत मुकुन्दश्याम गिरी, हेमजंग गुरु, दिलविकास राजभण्डारी र रवीन्द्र मिश्र छन् । निर्वाचित भएका उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, रोशन पाण्डे र ध्रुवबहादुर प्रधान हुन् । महामन्त्रीमा शरदराज पाठक, प्रह्लाद शाह र राजेन्द्र गुरूङ मनोनीत हुन् । धवलशमशेर, कुन्ती शाही र भुवन पाठक निर्वाचित महामन्त्री हुन् । राप्रपाको सबै सहमहामन्त्री, सहायक महामन्त्री, पाँचै जना प्रवक्ता मनोनीत नै हुने प्रावधान छ । सोहीअनुसार यी पदहरूमा रहेका पदाधिकारी मनोनीत भएका हुन् ।

अध्यक्ष लिङ्देनको भनाइले त वरिष्ठ उपाध्यक्ष मिश्रसहित चार जना उपाध्यक्ष र तीन महामन्त्रीसँगै अन्य पदाधिकारीमाथि पनि कारबाहीको डण्डा चल्छ । लिङ्देनले ‘हायर एण्ड फायर’को नीति अख्तियार गर्न लागेको देखिएको छ । यसप्रति जबरापक्षको फरक मत छ । जबरापक्षीय एक पदाधिकारीले भने, ‘अध्यक्षले पदाधिकारीलाई आफ्नो सहयोगी ठानेँ । मनोनीत गरेपछि हटाउन पाइन्छ भन्ने बुझाइ उहाँको देखियो, त्यस्तो होइन, हामी त उहाँले मनोनीत गरे पनि पार्टीको पदाधिकारी हौं, उहाँको होइन ।’

लिङ्देनको अध्यक्षतामा गत बुधबार बसेको बैठकले अनुशासन आयोगको अध्यक्षमा उपाध्यक्ष रोशन कार्कीलाई मनोनीत गरेको अर्का प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि लिङ्देनले पार्टीको संगठन विभाग प्रमुखबाट महामन्त्री डा. राणालाई हटाइदिएका थिए । उनको ठाउँमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई ल्याए । हरेक पार्टीको संगठन विभाग प्रमुख शक्तिशाली पद मानिन्छ । संगठनमा पकड जमाउन मिल्ने यो भूमिकाबाट अन्ततः लिङ्देनले राणालाई हटाए, तामाङलाई दिए । पछिल्ला दिनमा लावती र सुवेदी हटाइए । लिङ्देनको यस्तो कदमलाई राप्रपाको आगामी महाधिवेशनसँग जोडेर विश्लेषण गर्न थालिएको छ ।

आगामी मंसिरमा राप्रपा महाधिवेशन हुने भनिएको छ । अध्यक्ष लिङ्देन चुनावी माहोल बनाउन हालै पूर्वी पहाडी जिल्लामा पुगेका पनि थिए । यस्तोबेला पार्टीमा भिन्न विचार समूहको नेतृत्व गर्ने जबरापक्षमाथि लिङ्देनले धमाधम कारबाहीको डण्डा चलाइरहेको हो ।लिङ्देनले शक्ति आर्जन गर्न खोजेको टिप्पणी पनि हुने गरेको छ । किनभने दुवै पक्ष एकअर्कालाई कमजोर बनाउने रणनीतिमा देखिएका छन् । अध्यक्षका लागि अहिले अध्यक्ष लिङ्देन दोहोरिने पक्षमा रहेका छन् । अनि, उनको विकल्पमा उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री जबरा देखिएका छन् । उनीहरुले पार्टी संगठनमा त्यही लक्ष्यका साथ लगानी बढाएका छन् ।

यता धवलको चाहना अध्यक्षमा छ वा पाण्डेलाई साथ दिन्छन् भन्नेचाहिँ प्रस्ट नभइसकेको राप्रपा नेताहरूको भनाइ छ । राप्रपा स्रोतका अनुसार राणाको संगठनमा पकड नभएका कारण लिङ्देनको विपक्षी टिममा उभिने सम्भावना छ । त्यो भने पाण्डेलाई साथ दिने देखिन्छ । पाण्डेलाई नेता प्रकाशचन्द्र लोहनीले पनि साथ दिने देखिएको छ । तर, पशुपति शमशेर राणा भने कता खुल्छन् भन्ने अहिलेसम्म प्रस्ट भइसकेको छैन । तर, उनी लिङ्देनलाई साथ दिँदै आएका छन् ।

लोहनी र राणाले अघिल्लो महाधिवेशनमा लिङ्देनलाई साथ दिएका थिए । मन्त्री हुन नपाएपछि लोहनी र राणा लिङ्देनसँग बिच्किएका छन् । पार्टीको कार्यसमिति सदस्यहरूले लोहनीको सट्टा पशुपतिशमशेर राणालाई समानुपापतिकको बन्द सूचीको एक नम्बरमा पार्ने निर्णय लिए, जसले गर्दा लोहनी अध्यक्ष लिङ्देनसँग टाढिएका थिए ।यसरी, शक्ति संघर्षमा रहेका बेलामा सुवेदीलाई अनुशासन आयोगबाट हटाउने निर्णय लिङ्देनका लागि जोखिमपूर्ण छ ।
 


प्रकाशित मिति: आइतबार, असार २९, २०८२  ०९:३४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने आइतबार, चैत २२, २०८२
एमालेको सचिवालय बैठक सुरु
एमालेको सचिवालय बैठक सुरु शुक्रबार, चैत २०, २०८२
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत बिहीबार, चैत १९, २०८२
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै बिहीबार, चैत १९, २०८२
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै बिहीबार, चैत १९, २०८२
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित बुधबार, चैत १८, २०८२
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन बुधबार, चैत १८, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP