Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार २७, २०८२

धरान - धरान उपमहानगरपालिका–२० मा अवस्थित चिन्डेडाँडा (रमितेडाँडा)मा गर्मीयामसँगै आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा वृद्धि भएको छ ।धरान बजार, इटहरी, चारकोसे झाडी तथा तराईका विभिन्न ठाउँको रमणीय दृश्यावलोकन गर्न सकिने यो डाँडा पछिल्लो समय पूर्वी नेपालकै चर्चित पर्यटकीय केन्द्रसँगै हाइकिङ गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

गर्मीको समयमा साथीभाइ वा परिवारसहित घुम्न र हाइकिङ गर्न उपयुक्त मानिने यो ठाउँमा दैनिक सयौँ पर्यटक पुग्ने गरेका छन् । धरान, इटहरी, झापा, चितवन, काठमाडौँजस्ता ठाउँबाट आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका हुन् ।

धरान उपमहानगरपालिका–१६ का सुदीप श्रेष्ठ बेलायतबाट बिदामा घर आएपछि चिन्डेडाँडा पुगे । पहिले नाङ्गो देखिने यो डाँडा अहिले निकै विकास भएको रहेछ, घुम्नका लागि उपयुक्त गन्तव्य बनेको देख्दा आफूलाई खुसी लागेको उनले बताए । उनले भने , “गर्मीमा यहाँ साथीभाइको चहलपहल निकै हुन्छ, दृश्य हेर्दै घुम्न रमाइलो लाग्छ ।”

इटहरीकी सुशीला राई पनि पहिलोपटक चिन्डेडाँडा पुगेका थिए । “गर्मीका बेला यहाँको रमाइलो वातावरण र दृश्यावलोकनको आनन्द वर्णन गरेर सकिन्न”, उनले भने, “जाडोमा मान्छे कम भए पनि गर्मीमा धेरै नै घुम्न आउने रहेछन् ।”

Hardik health

पूर्वी पहाडी क्षेत्र र तराईको सङ्गमस्थलजस्तो देखिने चिन्डेडाँडा धरान बजारबाट मोटरसाइकल तथा गाडीमा करिब १५ देखि २० मिनेट र पैदल हिँडेर करिब एक घण्टामा पुग्न सकिन्छ । पहिला उजाड र सुनसान देखिने यस ठाउँमा पर्यटकको चहलपहल देखिन थालेको करिब दुई दशक भएको स्थानीयको भनाइ छ । पहिले चिन्डेडाँडाबाट प्याराग्लाइडिङ सेवा उपलब्ध थियो, जसले थप पर्यटक तान्ने गथ्र्यो । हाल प्याराग्लाइडिङ बन्द भए पनि त्यही स्थानमा दर्जनौँ होटल तथा खाजाघर खुलेका छन् ।

स्थानीय होटल व्यवसायी लक्ष्मी तामाङका अनुसार गर्मीयाममा चिन्डेडाँडामा दैनिक तीन सयको हाराहारीमा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । यहाँ आउने पर्यटकले लोकल कुखुराको मासु, तोङ्बा, सुकुटी, भट्टु धानको भातजस्ता मौलिक परिकार निकै मन पराउने गरेको उनले बताए ।  खासगरी गर्मीमा यी परिकारको माग उच्च हुन्छ, चिसोयामभन्दा गर्मीयाममा व्यापार पनि राम्रो हुन्छ ।

खासगरी दिनभरिको छोटो घुमफिरका लागि चिन्डेडाँडा उपयुक्त गन्तव्य बनेको व्यवसायी वसन्ती तामाङले बताए । धेरैजसो पर्यटक दुईचार घण्टा बसेर फर्किन्छन्, तर केही बास बस्ने पनि हुन्छन् । उनका अनुसार गर्मीमा झापा, चितवन, काठमाडौँबाट धेरै नैै पर्यटक आउँछन्, तर जाडो लागेपछि सङ्ख्या घट्ने गर्छ ।

धरानबाट चिन्डेडाँडा पुग्न हाल कच्ची सडक रहेको र वर्षायाम वा जाडो मौसममा आवतजावत केही असहज हुने गरेको व्यवसायीको गुनासो छ । यद्यपि सर्दुखोलामा पुल निर्माण भएपछि यात्रा केही सहज भएको छ ।

स्थानीयका अनुसार पहिले धरानबाट उत्तरतर्फ हेर्दा यो डाँडा नाङ्गो देखिने भएकाले चिन्डेडाँडा भन्ने नाम रहन गएको हो भने बाटो हिँड्नेहरूले यहाँ अडिएर रमिता हेर्ने भएकाले स्थानीयबीच यो ‘रमितेडाँडा’का नामले समेत परिचित छ । यस क्षेत्रमा तामाङ, गुरुङ, राई, क्षेत्री, ब्राह्मण समुदायको बसोबास छ । गुरुङ छाप, कार्की छापजस्ता स्थान चिन्डेडाँडा नजिक रहेका छन् ।

चिन्डेडाँडाभन्दा अलि माथि केही वर्षअघि कोशी प्रदेश सरकारको सहयोगमा भ्यूटावर पनि निर्माण भएको छ । त्यहाँबाट अलि तल पर्यटन व्यवसायी वासुदेव बराल र एलिना मगरले सेछ एड्भेन्चर पार्क र रिसोर्ट सञ्चालन गर्नुभएको छ ।

केही पर तामाङ बस्तीमा घरबास (होमस्टे) पनि सञ्चालित छ । चिन्डेडाँडा र आसपासका क्षेत्रमा आन्तरिक पर्यटकका लागि आकर्षण रमाइला स्थल रहेकाले पछिल्लो समय पर्यटनको विकास निकै भइरहेको पर्यटन व्यवसायी बराल बताए  ।

धरानका नगरप्रमुख हर्कराज राई साम्पाङको नेतृत्वमा हाल चिन्डेडाँडा क्षेत्रमा किरात राई समुदायका देउता सुम्निमा–पारुहाङको प्रतिमा निर्माण गर्ने तयारी भइरहेको छ । प्रमुख साम्पाङका अनुसार प्रतिमा स्थापना भएपछि चिन्डेडाँडा क्षेत्रको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपिनेछ । स्थानीयको अपेक्षा छ सडक सुधार, प्रचारप्रसार र थप पूर्वाधार विकास भए चिन्डेडाँडा निकट भविष्यमा धरानको प्रमुख पर्यटकीय गन्तव्य बन्ने छ ।

 


प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १५:३१
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल शुक्रबार, साउन २९, २०८३
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध शुक्रबार, साउन २९, २०८३
बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु
बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु बुधबार, साउन २७, २०८३
पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर
पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर आइतबार, साउन २४, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल सोमबार, साउन १८, २०८३
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द सोमबार, साउन १८, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP