Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #वैदेशिक राेजगार
  • #टेलिकमको ‘अफर’
  • #सतिशकुमार_सिंह
  • #नारायणगढ–मुग्लिन सडक
  • #भोजपुर
  • #मिस्टर_नेपाल
  • #एनआरएनए_सहयाेग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रेडियण्ट ओभरसिजले ब्रुनाइ पठाएका महिला श्रमिकले पाएनन् पूरा तलब
रेडियण्ट ओभरसिजले ब्रुनाइ पठाएका महिला श्रमिकले पाएनन् पूरा तलब
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार २७, २०८२
  •  ब्रुनाइबाट आधा तलब लिएर फर्किए दुई महिला
  • डेढ महिनादेखि जानकारी गराउँदासमेत म्यानपावरले बेवास्ता गरेको पीडित महिलाहरुको गुनासो
  • रेडियण्ट ओभरसिजको दाबी– दुई महिनाको मात्रै बाँकी छ तलब

काठमाडौं– रोजगारीका लागि बु्रनाइको लण्ड्री कम्पनीमा गएका दुई नेपाली महिला आधा तलब नलिई नेपाल फर्किएका छन् । सिनामंगलस्थित रेडियण्ट ओभरसिज प्रालिबाट ‘योर लण्ड्री सर्भिसेज’ नामको कम्पनीमा गएका उनीहरुले आफूहरु यस्तो अवस्थामा फर्किंनुपर्दा पनि म्यानपावरले वास्ता नगरेको बताएका छन् ।

सिन्धुपाल्चोक र पाँचथरका ती महिलालाई लण्ड्री कम्पनीले आधामात्र तलब दिएर बिहीबार फर्काइदिएको छ । गत डिसेम्बरमा करार अवधि सकिएपछि उनीहरु छ महिनादेखि काम छोडेर बसेका थिए । बाँकी तलब लिएर नेपाल फर्किने आशमा बसेका उनीहरु अन्ततः आधामात्र तलब लिएर फर्किनुपरेको हो । 

पीडितले गत जेठ १० गते तलब नपाएको, कम्पनीले टर्चर दिएको र नेपालसमेत नपठाइदिएको जानकारी गराउँदासमेत म्यानपावरले बेवास्ता गरेको हो । कुनै पनि इजाजत प्राप्त संस्थाबाट रोजगारीमा गएका श्रमिक विदेश पुगिसकेपछि सम्झौताअनुसारको तलब, सेवा सुविधा पाए÷नपाएको विषयमा पठाउने संस्था जवाफदेही हुनुपर्ने प्रावधान छ । तर रेडियण्ट ओभरसिजको चरम लापरवाही देखिएको छ ।

Hardik health

एक जनाको पाँच महिना र अर्कोको चार महिनाको तलब लिन बाँकी रहेको पीडितले बताएका छन् । रेडियण्ट ओभरसिजले भने पीडित महिलाहरुले पाउन बाँकी तलब दुई महिनाको मात्र रहेको दाबी गरेको छ । ‘उनीहरुको तलब दिइसक्यो । अब दुई महिनाको बाँकी छ । दुई–चार दिनभित्र दिइहाल्छ,’ म्यानपावरका नवराज कार्कीले प्रभावसँग भने । आफ्नो संस्थाबाट गएकाहरुको खास समस्या के हो भन्ने विषयमा म्यानपावरले चासो नलिएको पाइएको छ । आफ्नो संस्थाबाट दुई वर्षअघि गएका महिला श्रमिकहरुले करार अवधि सकिएको छ महिना बितिसक्दा पनि पूरा तलब पाएका छैनन्, उनीहरु कस्तो अवस्थामा बसेका छन्, उनीहरु कुन मितिमा नेपाल फर्किंदै छन् जस्ता सामान्य उक्त म्यानपावरले चासो नदिएको देखिन्छ । 

म्यानपावरले आफूहरुसँग राम्रो ‘रेस्पोन्स’ नगरेको र समस्याप्रति पनि चासो नदेखाएको पीडित महिलाहरुको भनाइ छ । म्यानपावरले भने पीडित महिलाहरुले आफ्नो फोन नउठाएको बताएको छ । ‘फोन नै उठाएनन् तिनीहरुले, हिजो (बुधबार) कल गरेको थिएँ,’ रेडियण्ट ओभरसिजका कार्कीले भने ।

उनीहरुलाई मासिक ७० देखि ८० हजार रुपैयाँ हुने र प्रत्येक दिन आठ घण्टा काम गर्नुपर्ने सम्झौता गराएर लण्ड्री कम्पनीमा पठाइएको थियो । तर त्यहाँ गएपछि ११ घण्टा काम गर्नुपरेको उनीहरुले बताएका छन् । कम्पनीको काम सकिएपछि साहुको घरमासमेत काम गर्न लगाएको उनीहरुको भनाइ छ । ‘पैसा माग्यो भने रिसाउने, मेण्टल टर्चर (मानसिक तनाव) दिने गर्छ,’ उनीहरु भने ।
आकर्षक रोजगारीको प्रलोभन देखाएर श्रमिक पठाउने कतिपय म्यानपावर कम्पनी श्रमिकहरु समस्यामा पर्दा भने बेवास्ता गरेर बस्ने गरेका छन् । जसको उदाहरण रेडियण्ट ओभरसिज बनेको छ । व्यवसायीको यस्तो प्रवृत्तिकै कारण वैदेशिक राजगारीमा गएका श्रमिक समस्यामा पर्दै आएका छन् । अर्कोतर्फ वैदेशिक रोजगार व्यवसायको छवि धमिलिने गरेको छ ।

रेडियण्ट ओभरसिजबाटै पाँच महिनाअघि गएकी विमला मोक्तान भने सोही कम्पनीमा कार्यरत छिन् । हाल उनको दुई महिनाको तलब लिन बाँकी रहेको बुझिएको छ । उक्त कम्पनीमा अन्य मुलुकबाटसमेत गरी १५ जनाजति कामदार रहेको पीडित महिलाहरु बताउँछन् । उनीहरुको पनि एक वर्षभन्दा बढीको तलब पाउन बाँकी रहेको बताइएको छ ।

वैदेशिक रोजगार विभागका उपमहानिर्देशक तथा प्रवक्ता चन्द्रबहादुर सिवाकोटी रोजगारीमा गएका श्रमिकले सम्झौताअनुसारको तलब नपाए पठाउने कम्पनी स्वयं जिम्मेवार हुनुपर्ने बताउँछन् । ‘जुन सम्झौता गरेर गएको छ त्यो अनुसारको तलब, काम नपाएर व्यक्ति फर्किनुपरे उसले राहत तथा उद्धार शाखामा निवेदन हाल्नुपर्छ । त्यहाँबाट सम्बन्धित म्यानपावरलाई बोलाएर छलफलपछि मिलापत्र हुन्छ,’ उनले भने, ‘यही मिलापत्र नभए कारबाहीको प्रक्रियामा जान्छ, म्यानपावरले आवश्यक क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ ।’ यस्ता श्रमिकलाई आफ्नो विवरणसहित विभागमा उपस्थित हुन उनले आग्रह गरे । 
 


प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  ११:३५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’ सोमबार, असोज ६, २०८२
कोरियामा पाँच वर्षयता बढ्यो कार्यस्थल दुर्घटनामा पर्ने कामदारको संख्या
कोरियामा पाँच वर्षयता बढ्यो कार्यस्थल दुर्घटनामा पर्ने कामदारको संख्या सोमबार, असोज ६, २०८२
साउन-भदौमा रोजगारीका लागि विदेसिए झण्डै डेढ लाख युवा
साउन-भदौमा रोजगारीका लागि विदेसिए झण्डै डेढ लाख युवा आइतबार, असोज ५, २०८२
साउनमा भित्रियो पौने दुई खर्ब रेमिट्यान्स 
साउनमा भित्रियो पौने दुई खर्ब रेमिट्यान्स  शुक्रबार, असोज ३, २०८२
जेन-जी आन्दोलनपछि युएईले रोक्यो नेपाली नागरिकलाई भिसा
जेन-जी आन्दोलनपछि युएईले रोक्यो नेपाली नागरिकलाई भिसा बिहीबार, असोज २, २०८२
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा? बुधबार, असोज १, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
साउन-भदौमा रोजगारीका लागि विदेसिए झण्डै डेढ लाख युवा
साउन-भदौमा रोजगारीका लागि विदेसिए झण्डै डेढ लाख युवा
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP