Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • दक्षिण कोरियामा तातो लहरले श्रमिकको स्वास्थ्यमा समस्या
दक्षिण कोरियामा तातो लहरले श्रमिकको स्वास्थ्यमा समस्या
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार २६, २०८२
  •  उच्च तापक्रमबाट निर्माण र कृषिमा काम गर्नेहरु बढी प्रभावित 
  •  गत मे १५ तारिखदेखि जुन ८ सम्म एक हजार २२८ जना श्रमिकमा समस्या
  •  देशभर आठ जना श्रमिकको शंकास्पद मृत्यु भएको र यो तापक्रमका कारण भएको आशंका
  •  यस वर्ष तापक्रमका कारण देखिने समस्या २.४ प्रतिशतले वृद्धि

काठमाडौं– नेपालीहरुको आकर्षक रोजगार गन्तव्यको रुपमा रहेको दक्षिण कोरियामा तातो लहरका कारण ‘आउटडोर’ काम गर्ने श्रमिकहरुको स्वास्थ्यमा समस्या देखिन थालेको पाइएको छ । केही श्रमिकको मृत्युसमेत भएको जनाइएको छ । उच्च तापक्रमको समस्याबाट निर्माण र कृषिमा काम गर्नेहरु बढी प्रभावित भएको पाइएको छ ।

कोरियाको रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार गत मे १५ तारिखदेखि जुन ८ सम्म एक हजार २२८ जना श्रमिकमा समस्या देखिएको छ । जसमध्ये गत मंगलबारमात्र समस्या देखिनेहरु २३८ जना छन् । देशभरबाट आठ जनाको शंकास्पद मृत्यु भएको र यो तापक्रमका कारण भएको आशंका गरिएको छ । 

यही आइतबार २० वर्षीय भियतनामी श्रमिकको उत्तरी ग्योन्साङ राज्यको गुमी भन्ने स्थानमा मृत्यु भएको थियो । त्यहाँ उनी अपार्टमेन्ट निर्माण गर्दै गर्दा अचेत अवस्थामा भेटिएका थिए । उनी पहिलो दिन काममा गएकै दिन मृत भेटिएको जनाइएको छ । त्यतिबेला उनको शरीरको तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएको थियो । त्यस दिन गुमीको तापक्रम ३५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

यसै वर्ष ८० वर्षीय कृषकको काम गर्दागर्दै ज्यान गएको थियो । उनको शरीरको तापक्रम ४१ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । गत वर्षको यसै अवधिमा ४८६ जनालाई समस्या देखिएको थियो । यस वर्ष तापक्रमका कारण देखिने समस्या २.४ प्रतिशतले वृद्धि भएको छ । जलवायु संकटका कारण देखिएको तातो लहर जुलाइको सुरुआतदेखि बढेको बताइएको छ । तापक्रमको जोखिममा रहनेहरुका लागि यो लहर खतराको संकेत भनिएको छ ।

Hardik health

कोरियामा कार्यस्थलमा पाँच वा त्योभन्दा बढी कर्मचारी भएको अवस्थामा गर्मीबाट कुनै कामदारको मृत्यु हुँदा रोजगारदातालाई आपराधिकरूपमा जवाफदेही बनाउन सकिने कानुन छ । तर, नियमहरू अपर्याप्तरूपमा लागू गरिएको र यसबाट कमजोर व्यक्तिहरू सबैभन्दा बढी असुरक्षित रहेको श्रमिक संगठनहरूले बताएका छन् ।

बुधबार कोरियाको टे«ड युनियन महासंघले ‘हिट स्ट्रोक’बाट बच्ने आधारभूत उपायका रुपमा प्रत्येक दुई घण्टाको कामपछि २० मिनेट ‘ब्रेक’को सुनिश्चतता गर्नुपर्ने सुझाव दिएको छ । विशेषगरी दक्षिणी टापु क्षेत्रको सेवा र पर्यटन क्षेत्रमा काम गर्नेहरुलाई रोजगारदाताले सुरक्षा उपाय र आवश्यक आरामबिनै काममा लगाएको महासंघको भनाइ छ । यस्तो अवस्थामा पनि केही नगर्नुलाई महासंघले राज्यद्धारा गरिएको चरम बेवास्ता भनेको छ । त्यहाँको श्रम तथा रोजगार मन्त्रालयले सुरक्षा उपायको कार्यान्वयनलाई निर्देशन र सुझावमै सीमित गरेको महासंघको आरोप छ ।

गत वर्ष त्यहाँको राष्ट्रिय सभाले व्यावसायिक सुरक्षा तथा स्वास्थ्य ऐनमा संशोधन गर्दै गर्मीबाट हुने स्वास्थ्य क्षतिलाई रोक्न आवश्यक उपायहरू अपनाउन रोजगारदाताहरूलाई बाध्य पारेको थियो । त्यसपछि मन्त्रालयले ३३ डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएमा प्रत्येक दुई घण्टामा २० मिनेटको विश्राम अनिवार्य गर्ने नियमको मस्यौदा तयार गरे पनि नियामक सुधार समितिले साना रोजगारदातालाई अत्याधिक भार पर्ने भन्दै यसलाई रोकेको थियो । 

गत सोमबार राष्ट्रपतिले अत्यधिक तापक्रमका कारण भइरहेको स्वास्थ्य जोखिमलाई निरिक्षण र व्यवस्थापन गर्न भनेपछि श्रम मन्त्रालयले बे्रकको नीतिलाई पुनः अगाडि बढाउने प्रतिबद्धता जनाएको छ । नेपालसहित १७ वटा देशबाट कोरियाले जिटुजीमार्फत श्रमिकहरु लग्दै आएको छ । सन् २००८ यता एक लाख १५ हजारभन्दा बढी नेपाली श्रमिक कोरिया गएका छन् । उनीहरु कृषि, उत्पादन, सिप बिल्डिङ, फरेस्ट्री तथा सेवा क्षेत्रमा कार्यरत छन् ।


 


प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  ११:०२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतार पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कतार पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, मंसिर १, २०८२
असोजमा दुई खर्बभन्दा बढी भित्रिँदा बन्यो कीर्तिमान
असोजमा दुई खर्बभन्दा बढी भित्रिँदा बन्यो कीर्तिमान सोमबार, मंसिर १, २०८२
तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो
तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो आइतबार, कात्तिक ३०, २०८२
विदेश पठाइदिने नाममा लाखौँ ठगी गर्ने दुई जना पक्राउ
विदेश पठाइदिने नाममा लाखौँ ठगी गर्ने दुई जना पक्राउ आइतबार, कात्तिक ३०, २०८२
युरोपको मागपत्र प्रमाणीकरण बन्द हुँदा बिचौलियाको राज, व्यक्तिगत ठगी बढ्यो
युरोपको मागपत्र प्रमाणीकरण बन्द हुँदा बिचौलियाको राज, व्यक्तिगत ठगी बढ्यो आइतबार, कात्तिक ३०, २०८२
नेपाली नागरिकले हङकङमा अनिवार्य  ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने
नेपाली नागरिकले हङकङमा अनिवार्य  ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने शुक्रबार, कात्तिक २८, २०८२
कोरियामा रहेका दूतावासका अधिकारीलाई अभिभावक बनेर काम गर्न  सञ्चारमन्त्रीको आग्रह
कोरियामा रहेका दूतावासका अधिकारीलाई अभिभावक बनेर काम गर्न  सञ्चारमन्त्रीको आग्रह शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP