Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • दक्षिण कोरियामा तातो लहरले श्रमिकको स्वास्थ्यमा समस्या
दक्षिण कोरियामा तातो लहरले श्रमिकको स्वास्थ्यमा समस्या
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार २६, २०८२
  •  उच्च तापक्रमबाट निर्माण र कृषिमा काम गर्नेहरु बढी प्रभावित 
  •  गत मे १५ तारिखदेखि जुन ८ सम्म एक हजार २२८ जना श्रमिकमा समस्या
  •  देशभर आठ जना श्रमिकको शंकास्पद मृत्यु भएको र यो तापक्रमका कारण भएको आशंका
  •  यस वर्ष तापक्रमका कारण देखिने समस्या २.४ प्रतिशतले वृद्धि

काठमाडौं– नेपालीहरुको आकर्षक रोजगार गन्तव्यको रुपमा रहेको दक्षिण कोरियामा तातो लहरका कारण ‘आउटडोर’ काम गर्ने श्रमिकहरुको स्वास्थ्यमा समस्या देखिन थालेको पाइएको छ । केही श्रमिकको मृत्युसमेत भएको जनाइएको छ । उच्च तापक्रमको समस्याबाट निर्माण र कृषिमा काम गर्नेहरु बढी प्रभावित भएको पाइएको छ ।

कोरियाको रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार गत मे १५ तारिखदेखि जुन ८ सम्म एक हजार २२८ जना श्रमिकमा समस्या देखिएको छ । जसमध्ये गत मंगलबारमात्र समस्या देखिनेहरु २३८ जना छन् । देशभरबाट आठ जनाको शंकास्पद मृत्यु भएको र यो तापक्रमका कारण भएको आशंका गरिएको छ । 

यही आइतबार २० वर्षीय भियतनामी श्रमिकको उत्तरी ग्योन्साङ राज्यको गुमी भन्ने स्थानमा मृत्यु भएको थियो । त्यहाँ उनी अपार्टमेन्ट निर्माण गर्दै गर्दा अचेत अवस्थामा भेटिएका थिए । उनी पहिलो दिन काममा गएकै दिन मृत भेटिएको जनाइएको छ । त्यतिबेला उनको शरीरको तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएको थियो । त्यस दिन गुमीको तापक्रम ३५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

यसै वर्ष ८० वर्षीय कृषकको काम गर्दागर्दै ज्यान गएको थियो । उनको शरीरको तापक्रम ४१ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । गत वर्षको यसै अवधिमा ४८६ जनालाई समस्या देखिएको थियो । यस वर्ष तापक्रमका कारण देखिने समस्या २.४ प्रतिशतले वृद्धि भएको छ । जलवायु संकटका कारण देखिएको तातो लहर जुलाइको सुरुआतदेखि बढेको बताइएको छ । तापक्रमको जोखिममा रहनेहरुका लागि यो लहर खतराको संकेत भनिएको छ ।

Hardik health

कोरियामा कार्यस्थलमा पाँच वा त्योभन्दा बढी कर्मचारी भएको अवस्थामा गर्मीबाट कुनै कामदारको मृत्यु हुँदा रोजगारदातालाई आपराधिकरूपमा जवाफदेही बनाउन सकिने कानुन छ । तर, नियमहरू अपर्याप्तरूपमा लागू गरिएको र यसबाट कमजोर व्यक्तिहरू सबैभन्दा बढी असुरक्षित रहेको श्रमिक संगठनहरूले बताएका छन् ।

बुधबार कोरियाको टे«ड युनियन महासंघले ‘हिट स्ट्रोक’बाट बच्ने आधारभूत उपायका रुपमा प्रत्येक दुई घण्टाको कामपछि २० मिनेट ‘ब्रेक’को सुनिश्चतता गर्नुपर्ने सुझाव दिएको छ । विशेषगरी दक्षिणी टापु क्षेत्रको सेवा र पर्यटन क्षेत्रमा काम गर्नेहरुलाई रोजगारदाताले सुरक्षा उपाय र आवश्यक आरामबिनै काममा लगाएको महासंघको भनाइ छ । यस्तो अवस्थामा पनि केही नगर्नुलाई महासंघले राज्यद्धारा गरिएको चरम बेवास्ता भनेको छ । त्यहाँको श्रम तथा रोजगार मन्त्रालयले सुरक्षा उपायको कार्यान्वयनलाई निर्देशन र सुझावमै सीमित गरेको महासंघको आरोप छ ।

गत वर्ष त्यहाँको राष्ट्रिय सभाले व्यावसायिक सुरक्षा तथा स्वास्थ्य ऐनमा संशोधन गर्दै गर्मीबाट हुने स्वास्थ्य क्षतिलाई रोक्न आवश्यक उपायहरू अपनाउन रोजगारदाताहरूलाई बाध्य पारेको थियो । त्यसपछि मन्त्रालयले ३३ डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएमा प्रत्येक दुई घण्टामा २० मिनेटको विश्राम अनिवार्य गर्ने नियमको मस्यौदा तयार गरे पनि नियामक सुधार समितिले साना रोजगारदातालाई अत्याधिक भार पर्ने भन्दै यसलाई रोकेको थियो । 

गत सोमबार राष्ट्रपतिले अत्यधिक तापक्रमका कारण भइरहेको स्वास्थ्य जोखिमलाई निरिक्षण र व्यवस्थापन गर्न भनेपछि श्रम मन्त्रालयले बे्रकको नीतिलाई पुनः अगाडि बढाउने प्रतिबद्धता जनाएको छ । नेपालसहित १७ वटा देशबाट कोरियाले जिटुजीमार्फत श्रमिकहरु लग्दै आएको छ । सन् २००८ यता एक लाख १५ हजारभन्दा बढी नेपाली श्रमिक कोरिया गएका छन् । उनीहरु कृषि, उत्पादन, सिप बिल्डिङ, फरेस्ट्री तथा सेवा क्षेत्रमा कार्यरत छन् ।


 


प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  ११:०२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि विमानस्थलमा थप कागजात अनिवार्य
वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि विमानस्थलमा थप कागजात अनिवार्य मंगलबार, चैत २४, २०८२
म्यानपावरलाई बुझाएको रकमको रसिद विमानस्थलमा अनिवार्य
म्यानपावरलाई बुझाएको रकमको रसिद विमानस्थलमा अनिवार्य मंगलबार, चैत २४, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने दुई जना पक्राउ सोमबार, चैत २३, २०८२
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन सोमबार, चैत २३, २०८२
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार आइतबार, चैत २२, २०८२
आठ महिनामा भित्रियो साढे १४ खर्ब 
आठ महिनामा भित्रियो साढे १४ खर्ब  शुक्रबार, चैत २०, २०८२
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी बिहीबार, चैत १९, २०८२
लोकप्रिय
  • Week
  • Month
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP