Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसलाई रास्वपाबाट डरैडर
कांग्रेसलाई रास्वपाबाट डरैडर
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार २३, २०८२

हाम्रो पार्टी पुरानो हो, तर पुराना पार्टीहरूप्रति जनता निराश हुँदै छन् । नयाँ नाममा नयाँ पार्टीहरू बनिरहेका छन् । कांग्रेसको जनाधार खस्किँदै गएकोले पार्टी गम्भीर हुनुपर्छ 
डा. प्रकाशशरण महत
प्रवक्ता, नेपाली कांग्रेस
 

काठमाडौं– २०७९ को निर्वाचनबाट उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो लोकप्रियता बढाउँदै गएको कांग्रेस नेताहरुले बताएका छन् । असार १६ देखि ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा जारीे केन्द्रीय समितिमा नेताहरुले यस्तो रिपोर्ट प्रस्तुत गरेका हुन् ।

इतबारको केन्द्रीय समितिमा नयाँ दलका कारण आफ्नो जनाधार गुम्दै गएको विषय कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पेस गरे । उनले रास्वपातिर इंगित गर्दै नयाँ पार्टी आउँदा कांग्रेसको मत खस्कँदै गएको बताए । ‘हाम्रो पार्टी पुरानो हो, तर पुराना पार्टीहरूप्रति जनता निराश हुँदै छन् । नयाँ नाममा नयाँ पार्टीहरू बनिरहेका छन्,’ प्रवक्ता महतले भने । उनी गत वर्षबाट जनमत बुझ्न जिल्ला दौडाहामा निस्किएका नेता हुन् । कांग्रेसको जनाधार खस्किँदै गएकोले पार्टी गम्भीर हुनुपर्ने उनको सुझाव छ ।

हेर्दाहेर्दै २०८४ पनि नजिक आइसकेको छ । तर कांग्रेस त्यसका लागि तयारी अवस्थामा छैन । गैरकांग्रेस मतहरूसँगको दूरी पनि बढिरहेको छ, जुन हाम्रो मत घट्ने संकेत हो ।
एनपी साउद
केन्द्रीय सदस्य, नेपाली कांग्रेस

Hardik health

 

अझ पछिल्लो समय सामाजिक सञ्जालमा नेताहरुले एकले अर्कोमाथि छेडछाड गर्ने प्रवृत्ति बढ्दै गएकोले यसले कार्यकर्ताको आत्मबल खस्किएको महतको तर्क छ । मुख्यतया कांग्रेसमा घरपरिवासको नाता पर्नेले मात्र सदस्यता बढाइएकोले पनि यस्तो समस्या बढ्न थालेको उनको भनाइ थियो । ‘सक्रिय सदस्यता परम्परागत नेतृत्व सुरक्षित गर्ने नाममा घर–परिवारको सदस्यमात्र बढाइएको छ । यो प्रवृत्तिले साँचो कार्यकर्ता छुटेका छन्,’ महतले भने । 

महतलेझैं कांग्रेसका नेता एनपी साउदले नयाँ दल उदाउँदै गर्दा कांग्रेसले संवेदनशील र सक्रिय भूमिका निर्वाह गर्न नसकेको बताए । साउदले भने, ‘राजनीतिक दलहरूमा आक्रमण बढ्दै गएको छ । यो केवल दलहरूमा होइन, संविधानमाथि नै आक्रमण गर्ने प्रयास भइरहेको छ ।’

अधिकांश दलले ‘मिसन ८४’ अघि बढाउन कांग्रेसले यसमा कुनै तयारी नगरेको साउदले बताए । रास्वपाले पुराना दलका कारण शासनसत्ता भ्रष्ट भएको आरोप लगाउँदै मिसन ८४ अघि बढाएको छ । यस्तो अवस्थामा कांग्रेसको मत घट्ने संकेत देखिसकेको उनले बताए । ‘हेर्दा हेर्दै ०८४ पनि नजिक आइसकेको छ । तर कांग्रेस त्यसका लागि तयारी अवस्थामा छैन । गैरकांग्रेस मतहरूसँगको दूरी पनि बढिरहेको छ, जुन हाम्रो मत घट्ने संकेत हो,’ साउदले भने ।

२०७९ को आम निर्वाचनमासमेत धेरैजसो कांग्रेसी मत रास्वपातिर गएको थियो । कांग्रेसभित्रको एक पक्षीय कारबाही, टिकट वितरणमा नेता निकट व्यक्ति छान्ने प्रवृत्ति, चुनावमा माओवादी केन्द्रदेखि नेकपा एमालेसँग गठबन्धन र भागबण्डाका कारण पुराना कार्यकर्ता पन्छिँदै गएको साउदले बताए । ‘अनुशासनमा एकपक्षीय कारबाहीले निराशा मात्र बढाउँछ । अनुशासनको मापदण्ड सबैमा समानरूपमा लागू हुनुपर्छ,’ साउदले भने ।

शीर्ष नेताहरु देशदौडाहमा जाने तर संगठन बलियो बनाउनतिर भने फिटिक्कै काम नगरेको साउदको भनाइ थियो । उनले पार्टीलाई समयअनुकूल अपडेट गर्दै गुटबन्दी अन्त्य गर्न र संगठन मजबुत बनाउनेतर्फ तुरुन्त ध्यान दिन नेतृत्वलाई आग्रह गरे ।यता अर्का केन्द्रीय सदस्य दिनेश कोइरालाले कम्युनिस्टहरुसँग गठबन्धन गरेका कारण कांग्रेस कमजोर बन्दै गएको तर्क गरे । कोइरालाले नेतृत्वको गल्ती गर्दै कार्यकर्तामाथि डण्डा बर्षाउने काम बन्द गर्नुपर्ने सुझाएका थिए । ‘निर्वाचनमा हामी माओवादीसँग मिल्यौं । माओवादीले धोका दिएपछि एमालेसँग मिल्यौं । हाम्रो काम नै धोका खाने भयो,’ बिहीबारको केन्द्रीय समितिमा कोइरालाले भनेका थिए, ‘धोका नखानका लागि पार्टीलाई आत्मनिर्भर बनाउनुपर्छ । नेतृत्वले गल्ती गर्ने अनि कार्यकर्तामाथि कारवाहीको डण्डा बर्साउने ? यो हुँदैन ।’

हाइपरसोनिक मानिसले टिकटका कैयन दाबेदारहरुलाई पाखा लगाइदिन्छ, कार्यकर्ताको सपना भत्काइदिन्छ, नयाँ वातावरण सिर्जना गरिदिन्छ ।
दिनेश कोइराला
केन्द्रीय सदस्य, नेपाली कांग्रेस

गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएकाहरुको कारबाही फुकुवा हुनुपर्ने उनको माग थियो । यसैगरी पार्टीमा ‘हाइपरसोनिक’ प्रवृत्तिका कारण पुराना कार्याकर्ता निराश भएको आरोप लगाए । उद्योगपति केन्द्रीय सदस्य विनोद चौधरीप्रति लक्षित गर्दै कोइरालाले भने– आजकाल विश्वभपिर हाइपरसोनिक मिसाइलको खुब चर्चा छ । नेपाली कांग्रेसका कार्यकर्ताहरुले यस्ता हाइपर सोनिक मिसाइल धेरै पटक देखेका भोगेका छन् ।

यस्तै प्रवृत्तिका कारण पुराना कार्यकर्ताको भागाभाग भएकोसमेत उनको टिप्पणी थियो । ‘जिल्लामा, क्षेत्रमा हाइपर सोनिक मानिसले ल्याएको टिकटले बमको जस्तै काम गर्छ । त्यसपछि जिल्लाका कार्यकर्ताहरु हाहाकार मच्चिन्छ । यस्तो धेरैतिर भएको छ,’ कोइरालाले भने, ‘हाइपर सोनिक मानिसले टिकटका कैयन दाबेदारहरुलाई पाखा लगाइदिन्छ, कार्यकर्ताको सपना भत्काइदिन्छ, नयाँ वातावरण सिर्जना गरिदिन्छ ।’

नेता कृष्णप्रसाद सिटौलाले कर्मचारीमा पूर्णविश्वास गर्दा परिवर्तनका पक्षधरले पार्टी छाड्दै गएको बताए । देशमा सक्षम र दक्ष जनशक्ति हुँदा पनि कर्मचारीलाई मात्र विश्वास गर्ने परीपाटी कांग्रेस नेताहरुमा देखापरेको सिटौलाको भनाइ थियो । ‘कर्मचारीमाथि अत्यन्त ठूलो ट्रस्ट गरिएको छ । तर उनीहरुले बिगारेको छ । उनीहरुले बिगारेपछि पनि त्यही प्रशासनलाई लिएर हामी परिवर्तनलाई टिकाउन खोज्छौं,’ सिटौलाले भने ।

११ केन्द्रीय सदस्यविरुद्ध अन्तर्घातको आरोप
नेपाली कांग्रेसभित्र ११ जना केन्द्रीय सदस्यसहित दुई हजार १०० जनाविरूद्ध अनुशासनको कारबाही माग गर्दै उजुरी परेको छ । आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले समितिमा २१ सय वटा उजुरी प्राप्त भएको बताएका हुन् । ‘अनुशासन समितिमा ५० जिल्लाबाट २१ सय उजुरी प्राप्त भएको छ, ती उजुरीउपर छानबिन भइरहेको छ,’ ढुंगानाले भने, ‘उजुरी पर्नेमा ११ जना केन्द्रीय सदस्य, एक जना प्रदेश सभापति, सात जिल्ला सभापतिसमेत छन् । ती उजुरीउपर छानबिन भइरहेको छ ।’

ती नेता को–को हुन् भन्नेबारे भने ढुंगानाले खुलाएनन् । यद्यपि प्रदेश सभापति भने बागमतीका इन्द्र बानियाँ भएको कांग्रेसका एक नेताले बताए । गत निर्वाचनमा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लाई हराउन बानियाँले भूमिका खेलेको रिपोर्ट अनुशासन समितिमा परेको छ । गठबन्धनका कारण बागी उम्मेदवारी पर्ने र उनीहरुलाई कारबाही गर्न नहुने संस्थापनइतरको माग रहेको छ । संस्थापन पक्षका नेताहरुले भने कारबाही नगरे मनपरि बढ्दै जाने धारणा राखे ।

घरभित्रै बसेर छुरा हान्नेलाई कारबाही हुनैपर्ने सहमहामन्त्री उपाध्यायको माग छ । ‘अहिले धेरै नेताहरू भन्ने गर्नुहुन्छ, पार्टीमा कारबाही भयो भने सबै बाहिर जान्छन् भन्ने भास्य बनाउन खोजिएको छ । त्यो गलत कुरा हो । पार्टीबाट सबै बाहिर जाँदैनन्, घरभित्रै बसेर छुरा हान्नेसँग सतर्क हुने हो, पार्टीका अघि व्यक्ति गौण हुन्छ । अनुशासन समितिलाई अझै कडा बनाउँदै लैजानुपर्छ,’ उपाध्यायले आइतबारको केन्द्रीय समितिमा भनिन् । गत सोमबारबाट सुरु भएको केन्द्रीय समिति आज सभापति शेरबहादुर देउवाले जवाफ दिएपछि सकिने कांग्रेसले जनाएको छ ।
 


प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १२:००
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP