Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • दुवै सदनमा दुईतिहाइ गुमाउँदै सत्ता गठबन्धन
संविधान संशोधनको मुद्दा अलपत्र दुवै सदनमा दुईतिहाइ गुमाउँदै सत्ता गठबन्धन
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, असार २२, २०८२

शनिबार हाम्रो संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । हामी सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय भयो ।
रञ्जिता श्रेष्ठ
अध्यक्ष, नागरिक उन्मुक्ति पार्टी

 

  •   जसपा नेपाल र नागरिक उन्मुक्तिले फिर्ता लिए सरकारलाई दिएको समर्थन
  •   राष्ट्रिय सभापछि प्रतिनिधिसभामा पनि दुईतिहाइ बहुमत गुमाउँदै सत्ता गठबन्धन
  •   सरकार गठन गर्दा भएको सातबुँदे सहमतिको दोस्रो बुँदामा उल्लिखित संविधान संशोधनको प्रतिबद्धता अलपत्र


काठमाडौं– दुई साताको बीचमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छन् । जसपा नेपालले यही १० असार र नाउपाले शनिबार समर्थन फिर्ता लिने निर्णय गरेका हुन् । नाउपाको संसदीय दलको बैठकले सरकारबाट समेत बाहिरिने निर्णय गरेको अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन् ।‘शनिबार हाम्रो संसदीय दलको बैठक बस्यो,’ अध्यक्ष श्रेष्ठले प्रभावसँग भनिन्, ‘बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भयो र हामी सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय भयो ।’

निर्णय कार्यान्वयन हुन भने बाँकी छ । कार्यान्वयन भए संविधान संशोधनमा दुईतिहाइ बहुमत पु¥याउन सत्ता गठबन्धन अक्षम हुने छ । गत वर्षको १६ असारको मध्यरातमा सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमतिको दोस्रो बुँदामा संविधान संशोधनको विषय थियो । उक्त बुँदामा भनिएको थियो, ‘संविधान लागू भएपछि अभ्यासमा देखापरेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने ।’

Hardik health

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत माग्न संसद्को रोस्ट्रममा उभिएर गर्नुभएको प्रतिबद्धतामा सरकारले कहीँ कतै केही गरेको छैन । त्यसै कारण सरकारमा रहिरहन नैतिकताले दिएन ।
मनिष सुमन
प्रवक्ता, जसपा नेपाल

 

नेपालको संविधान, २०७२ को धारा २७४ ले संविधान संशोधनसम्बन्धी व्यवस्था गरेको छ । तर, दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को तत्काल कायम रहेको दुईतिहाइ बहुमतले पारित गरेमा संशोधन हुने व्यवस्था धारा २७४ (८) ले गरेको छ ।  राष्ट्रियसभामा दुईतिहाइ त परै जाओस्, सामान्य बहुमतको स्थितिमा समेत वर्तमान गठबन्धन छैन । ५९ सदस्यीय राष्ट्रिय सभामा नेपाली कांग्रेसको जम्मा १६ सांसद छ, मनोनीतसहित एमालेको ११ सांसद छ । प्रतिनिधिसभामा पनि दुई दलको दुईतिहाइ बहुमत पुग्दैन ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइ बहुमतका लागि १८४ सांसद संख्या आवश्यक पर्छ । यी दुई दलसँग प्रतिनिधिसभामा जम्मा १६७ सिटमात्र छ । यसमध्ये एमाले सांसद टोपबहादुर रायमाझी जेलमा छन् । उनी निलम्बित छन् । उनले मतदान गर्न पाउँदैनन् । टेरामक्स प्रणालीमा भएको भ्रष्टाचार प्रकरणले कांग्रेस सांसद मोहनबहादुर बस्नेतको पनि सांसद पद निलम्बनमा छ ।

दुवै सदनको गरी दुईतिहाइ बहुमतका लागि २२४ जना सांसद चाहिन्छ । तर, दुवै सदनमा गरी कांग्रेसका ११४ र एमालेका ९० जना गरी जम्मा २०४ सांसद मात्र छन् । एमालेका रायमाझी निलम्बित भएकाले संविधान संशोधनका लागि यी दुई दललाई थप २२ सांसद आवश्यक पथ्र्यो । तर, कांग्रेस सांसद बस्नेत पनि निलम्बनमा परेपछि दुवै सदनमा गरी थप २३ सांसद आवश्यक हुन्छ । अझ पाँच सिट र चार सिट भएको जसपा नेपाल र नाउपा सत्ता गठबन्धनबाट अलग हुँदा दुईतिहाइ बहुमत जुटाउन झनै कठिन अवस्था भएको छ ।

संविधान असंशोधनीय होइन । समयसँगै संशोधन गर्नुपर्छ तर त्यसका लागि राष्ट्रिय सहमति चाहिन्छ, त्यसका लागि दलहरूबीच संवाद थाल्न जरुरी छ ।
महेश बर्तौला
प्रमुख सचेतक, एमाले

राजनीतिक विश्लेषक भीम भुर्तेल भन्छन्, ‘एक त कांग्रेस र एमाले नेतृत्वको गठबन्धनसँग राष्ट्रिय सभामा दुईतिहाइ बहुमत थिएन । प्रतिनिधिसभामा बढी हुने थियो । अब दुई दलले समर्थन फिर्ता लिँदा त दुईतिहाइ बहुमत गुम्ने देखिन्छ ।’संविधान संशोधनसहितका सातबुँदे सहमति गरेर कांग्रेस र एमालेको संयुक्त सरकार गठन भएको एक वर्ष हुनै लाग्यो । तर, यसबीचमा संविधान संशोधनका विषयमा निर्णायक कदम चाल्न दुवै दलले चाहेनन् । खासमा संशोधनका लागि बहुमत पुग्न नसक्ने देखिएपछि दुई दल संविधान संशोधनको एजेण्डाबाट अघोषितरूपमा पछि हटेका थिए ।

त्यसमाथि गठबन्धनका दुई दल जसपा नेपाल र नाउपाको कदमले झनै कठिन अवस्थामा गठबन्धन पुगेको हो । जसपा नेपालका प्रवक्ता मनिष सुमनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने विषयमा संघीय संसद् सचिवालय र सभामुखलाई जानकारी गराइने बताए । ‘जतिबेला प्रधानमन्त्री ओली विश्वासको मत माग्न संसद्को रोस्ट्रममा उभिनुभएको थियो, हामीसँग र सदनमा चारवटा प्रतिबद्धता गर्नुभएको थियो, त्यो भनेको भ्रष्टाचार निर्मूल पार्छु, विधिको शासन लागू गर्छु, संविधान संशोधन गर्छु र आर्थिक प्रगतिका लागि महŒवपूर्ण कदम चाल्छु भन्नुभएको थियो,’ उनले भने, ‘यी प्रतिबद्धतामा सरकारले कहीँ कतै केही गरेको छैन र सरकारमा रहिरहन नैतिकताले दिएन ।’

 

कांग्रेस–एमाले संशोधनमार्फत मूलतः दुईवटा व्यवस्था संविधानमा राख्न चाहन्छन् ताकि आगामी निर्वाचनमा दुईमध्ये एक दलको बहुमत सहजै आओस् । पहिलो, प्रतिनिधिसभाबाट समानुपातिक निर्वाचन प्रणाली हटाउने । दोस्रो, राष्ट्रिय दल बन्न आवश्यक पर्ने ‘थ्रेसहोल्ड’ प्रतिशत बढाउने । जानकारहरूका भनाइमा कांग्रेसको रुचि समानुपातिक निर्वाचन प्रणाली हटाउनेमा छ भने एमाले राष्ट्रिय दल बन्न आवश्यक पर्ने थ्रेसहोल्ड बढाउन चाहन्छ । तर, सत्ता गठबन्धनलाई समर्थन गरेका अन्य कुनै पनि दल यी दुवै विषयमा सहमत थिएनन् ।

एमाले प्रमुख सचेतक महेश बर्तौला राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुने दाबी गर्छन् । त्यसका लागि दलहरूबीच संवाद थालिने उनको भनाइ छ । ‘संविधान असंशोधनीय होइन । समयसँगै संशोधन गर्नुपर्छ तर त्यसका लागि राष्ट्रिय सहमति चाहिन्छ, त्यसका लागि दलहरूबीच संवाद थाल्न जरुरी छ,’ उनले भने ।


प्रकाशित मिति: आइतबार, असार २२, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP