Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयबीच साझेदारी
मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयबीच साझेदारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार २०, २०८२

विराटनगर- मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयबीच साझेदारी गर्ने समझदारी भएको छ । विद्यार्थीलाई व्यावहारिक ज्ञान, प्रत्यक्ष अनुभव तथा अनुसन्धानमा सहयोग पुर्याउने विषयमा समझदारी गरिएको हो ।

काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा दुई पक्षले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । समझदारी पत्रमा संघका तर्फबाट अध्यक्ष अनुपम राठी त्रिभुवन तथा विश्वविद्यालयका तर्फबाट प्रा. डा. केदारप्रसाद रिजालले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा संघका महासचिव सञ्जयकुमार श्रेष्ठ र कार्यसमिति सदस्यद्वय डा. बन्दना जैन र गोपाल अग्रवाल तथा त्रिवि व्यवस्थापन संकायका डीन प्रा. डा. महानन्द चालिसको उपस्थिति थियो ।

यो समझदारी अनुसार विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक सशक्तीकरणको लागि इन्टर्नशिप, अनुभवजन्य शिक्षा, औद्योगिक भ्रमण, संरक्षकता तथा मार्गदर्शन जस्ता व्यावहारिक स्रोतहरू उपलब्ध गराइने भएको छ ।यी सबै सेवा मोरङ उद्योग वाणिज्य संघको पहुँचमा रहेका निजी क्षेत्रका उद्योग–व्यावसायिक संस्थाहरू मार्फत गरिनेछ । यसले नेपालमा सीपमा आधारित रोजगारी तथा ‘प्लेसमेन्ट’ को लागि स्वस्थ वातावरण निर्माणमा योगदान पुर्याउने दुवै पक्षले विश्वास व्यक्त गरेका छन् ।

समझदारी अनुसार संघको संस्थागत उद्देश्य पूरा गर्नका लागि त्रिभुवन विश्वविद्यालयले विषयगत विद्यार्थी वा स्रोत व्यक्तिहरू प्रदान गर्नेछ । यसले अनुसन्धान, छलफल, अन्तर्क्रिया तथा प्रतिवेदन तयारी जस्ता कामहरूमा सहयोग पुर्याउने जनाइएको छ । यसैगरी, औद्योगिक, आर्थिक, वातावरणीय नीति, आपूर्ति श्रृंखलाको सुधारमा पनि टेवा पुर्याउने विश्वास दुई संस्थाको छ ।

Hardik health

यसैगरी, दुई पक्षबीच उपलब्ध वा बाह्य स्रोतबाट संकलन गरिएका संकाय सदस्य, विशेषज्ञ वा सम्बन्धित क्षेत्रका विज्ञहरूको अनुभव आदान प्रदान गर्न जनशक्ति उपलब्ध गराइने समझदारी पनि भएको छ । यसले विविध विषयहरूमा देखिएका समस्या समाधान तथा सुधार प्रक्रियामा सहयोग पुर्याउने जनाइएको छ ।

उपलब्ध संकाय सदस्य, विशेषज्ञ तथा विज्ञहरूले सामाजिक, शैक्षिक, औद्योगिक, वैज्ञानिक तथा अन्य सान्दर्भिक विषयमा अनुसन्धान तथा ‘केस स्टडी’ गर्ने छन् । तथ्यमा आधारित निष्कर्ष संकलन, मस्यौदा तयार गर्ने र मोरङ उद्योग व्यापार संघ तथा त्रिविमा प्रकाशित गर्ने छन् ।यसैगरी, त्रिविले उद्योग, व्यापार, बजार र वातावरणसँग सम्बन्धित समस्याहरूको अनुसन्धान, अध्ययन, पहिचान र प्रसारण गर्नका लागि विषयमा आधारित विद्यार्थीहरू तथा स्रोत व्यक्तिहरू उपलब्ध गराउने छ ।

निजी क्षेत्रको पहिलो व्यावसयिक संस्था मोरङ उद्योग व्यापार संघमा ६ सयभन्दा बढी उद्योगहरू आबद्ध भएकाले यसको आफ्नै व्यावसायिक सञ्जाल विस्तार भएको छ । यसैगरी, समझदारीअनुसार कार्यक्रम सञ्चालन गर्न संघले अन्य उद्योग वाणिज्य संघहरूसँग पनि समन्वय र सहकार्य गर्ने अध्यक्ष राठीले बताए ।

यसले त्रिविका विद्यार्थी तथा संकाय सदस्यहरूलाई आवश्यकता अनुसार औद्योगिक भ्रमणको व्यवस्था, उद्योग विशेषज्ञहरूसँग अन्तर्क्रिया, व्यवस्थापन सम्बन्धी ज्ञान आदानप्रदान गर्नेछ । यस्तै, सिकाइ अनुभवमा वृद्धिको अवसर, सीप विकास, रोजगारीको सम्भाव्यता, अनुसन्धान, संवाद, सञ्जाल निर्माण तथा उद्योगसम्बन्धी समस्या पहिचान गरी तिनको समाधान गर्न आपसी सहयोगमा पहल गर्ने समझदारी पनि भएको अध्यक्ष राठीले जानकारी दिए ।

संघका अनुसार समझदारीको मुख्य उद्देश्य अनुसन्धान, अध्ययन, तथ्य, तथ्यांक तथा सरोकारवालासँगको छलफलको आधारमा व्यवसाय, उद्योग, वातावरणसम्बन्धी समस्याहरू सम्बन्धित सरकारी निकायहरूमा प्रस्तुत गर्नु हो । यसले उद्योग–शिक्षा सम्बन्धी अनुसन्धान तथा वातावरणीय प्रयोगशाला विश्लेषणसमेत गर्ने संघको भनाइ छ । त्रिविले आफ्नो विद्यार्थी तथा संकाय सदस्यहरूलाई अनुसन्धान गतिविधिमा संलग्न गराउने भएको छ । संकाय सदस्यहरूले विद्यार्थीहरूलाई आवश्यक परामर्श दिनेछन् । 

उल्लेखित उद्देश्य पूरा गर्नका लागि संघले समस्या समाधानमा संलग्न टोलीलाई विशेषज्ञता उपलब्ध गराउने छ । उल्लेखित उद्देश्यका लागि दुवै संस्थाले आफ्ना प्रयोगशाला सुविधाहरू उपलब्ध गराउने पनि सहमति गरिएको छ । संघका अध्यक्ष राठीले उक्त समझदारीपत्रको अवधि पाँच वर्षको हुने जानकारी दिए ।
 


प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १४:०६
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
फोहोर प्रशोधन केन्द्र बनाउन भरतपुरले छुट्यायो तीन करोड
फोहोर प्रशोधन केन्द्र बनाउन भरतपुरले छुट्यायो तीन करोड मंगलबार, चैत ३, २०८२
पृथ्वीराजमार्गः ४१ किमी पूरा
पृथ्वीराजमार्गः ४१ किमी पूरा मंगलबार, चैत ३, २०८२
पृथ्वी राजमार्ग विस्तार: अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी
पृथ्वी राजमार्ग विस्तार: अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
पुनर्निर्मित बिपी राजमार्गबाटै वर्षायाममा यातायात सञ्चालन गर्ने तयारी
पुनर्निर्मित बिपी राजमार्गबाटै वर्षायाममा यातायात सञ्चालन गर्ने तयारी सोमबार, चैत २, २०८२
निगमले  पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि सोमबार, चैत २, २०८२
बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत
बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP