Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसमा सुशासनको प्रश्न सोध्दा अनुशासनहीन भएको आरोप
कांग्रेसमा सुशासनको प्रश्न सोध्दा अनुशासनहीन भएको आरोप
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार २०, २०८२

पार्टीमा अन्तर्घत गर्ने सबैलाई माफी दिने हो भने दिऔं होइन भने कारबाही गरौं । संविधानभन्दा माथि हो अनुशासन समितिको सभापति यस्तै हो भने मैले आफैंले आमरण अनसन बस्नुपर्ने हुन्छ
अर्जुन नरसिंह केसी
केन्द्रीय सदस्य, नेपाली कांग्रेस

काठमाडौं– सोमबारबाट शुरु भएको कांग्रेस केन्द्रीय समितिमा नेताहरुले पार्टीको सुशासनमाथि प्रश्न उठाइरहेका छन् । विधानअनुसार कांग्रेसले अबको मंसिरमा महाधिवेशन गर्नुपर्ने हो । तर यसका लागि आवश्यक पूर्वतयारी केही भएको छैन ।यद्यपि कांग्रेस केन्द्रीय सदस्यहरुले विधानअनुसार नै महाधिवेशन गर्नुपर्ने माग केन्द्रीय समितिमा उठाउन भने छाडेका छैनन् । कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले यही केन्द्रीय समितिबाट २०८२ मंसिरमै महाधिवेशन तोक्नुपर्ने गरेका छन् ।

‘समयमै महाधिवेशन हुने अभिव्यक्ति सभापतिजीले दिँदै आउनु भएको छ,’ बिहीबारको केन्द्रीय समितिमा केसीले भने, ‘त्यसैले २०८२ मंसिरभित्रै महाधिवेशन सम्पन्न होस्, त्यसको निश्चित तिथि यही बैठकबाट तोकिनुपर्छ ।’ पार्टीमा अनुशासन समितिको कामकारबाही पारदर्शी हुनुपर्ने केसीको भनाई थियो । ‘यहाँ त मनपरी ढंगले कतै के गरिएको छ । कतै के गरिएको छ । पार्टीमा अन्तर्घत गर्ने सबैलाई माफी दिने हो भने दिऔँ होइन भने कारबाही गरौँ । संविधानभन्दा माथि हो अनुशासन समितिको सभापति यस्तै हो भने मैले आफैंले आमरण अनसन बस्नुपर्ने हुन्छ,’ केसीले भने ।

अर्का केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५ औं महाधिवेशनको मिति तत्काल तोक्नुपर्ने माग केन्द्रीय समितिमा गरे । सोमबारकै केन्द्रीय समितिमा महरले महाधिवेशनको अनिश्चितताले पार्टी पंक्तिमै अन्योल बढेको र सांगठनिक गतिशीलतामा असर पारेको बताएका थिए । ‘महाधिवेशनबारे अनेक भ्रम छरिएका छन् । यसले पार्टी पंक्तिमा अन्योल बढाएको छ । विधानअनुसार समयमै तयारी गर्न र पार्टीलाई गतिशील बनाउन १५ औं महाधिवेशनको कार्यतालिकासहित मिति घोषणा गर्न अब ढिलाइ गर्नु हुँदैन,’ महरले भने ।

Hardik health

सोही दिन संस्थापनइतरका नेता डा शेखर कोइरालाले महाधवेशन मंसिरमै हुनुपर्ने माग गरेका थिए । ’हामी अहिले महाधिवेशनको वर्षमा छौँ । २०८२ सालको मंसिर महिनामै १५ औँ महाधिवेशन गर्नुपर्छ भन्ने कुरामा म अहिले पनि दृढ छु,’ कोइरालाले भनेका थिए ।नेताहरुले प्रश्न उठाए झैं कांग्रेस महाधिवेशन गर्न सक्ने अवस्था छैन । कारण क्रियाशील सदस्य नवीकरण । कांग्रेस क्रियाशील सदस्यता विवादका कारण मिति घर्किसक्दा पनि नवीकरण हुनै सकेको छैन । विवाद सल्टाउन गत कात्तिकमा महामन्त्री गगन थापाको संयोजक्तमा क्रियाशील व्यवस्थापन समिति गठन भएको थियो । पटकपटक म्याद थप्दा पनि जिल्लाले थापाको टिमलाई टेरेको छैन । सोमबारको केन्द्रीय समितिमा थापाले प्रस्तुत गरेको प्रतिवेदनअनुसार जम्मा ५ जिल्लाले मात्र क्रियाशील सदस्यता नवीकरण गरेको छ । बारा, डोल्मा र मुस्ताङका जिल्ला सभापतिहरुले फाराम नै बुझेका छैनन् । ३३ जिल्लामा बल्ल वडामा पुगेको छ क्रियाशील सदस्यता विवरण ।

सुशासन, सेवा प्रवाहको कुरा हामीले धेरै सुन्दै आएका छौं । तर यो कुरा पार्टीमा पनि लागू हुनुपर्ने होलानी ? विधानत तोकिएको जिम्मेवारी पुरा गर्न नसक्दा सम्बन्धित तहका नेतृत्वलाई जवाफदेही पनि बनाउनु पर्ने होलानी । सक्रिय सदस्यताको बिषयमा ३३ वटा परिपत्र पठाउँदा पनि मातहतका तहले समयमा काम गर्दैनन भने त्यसको जवाफदेही को हुने ?
अजयबाबु शिवाकोटी
केन्द्रीय सदस्य, नेपाली कांग्रेस

पार्टीका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी मंसिरमै महाधिवेशन माग्नु सार्वजनिक खपतभन्दा अरु विषय नभएको बताउँछन् । महासमिति बैठकअघि महामन्त्री थापाले कार्यतालिका पेश गरेर महाधिवशेन सुनिश्चित गर्न खोज्दा उक्त कार्यतालिका नै गायब पारिएको शिवाकोटीले तर्क गरे । ‘विडम्बना त्यो कार्यतालिका नै पछि गायब भयो । डेढ वर्षअघि २०८२ मंसिरमा महाधिवेशन सुनिश्चित गर्न ल्याइएको त्यो कार्यतालिकाको समर्थन गर्न नसकेका हामीहरुले अब सोहि मितिमा महाधिवेशन गर्न कार्यतालिका ल्याउनु भन्नु सार्वजनिक खपतभन्दा अरु होइन भनेर कसरी विश्वासमा पर्नु ?’ बिहीबारको केन्द्रीय समितिमा शिवाकोटीले प्रश्न गरे ।

शिवाकोटीले पार्टीमा सुशासनको कुरै नभएको नेतृत्वलाई जवाफदेही बनाउन नसकिएको टिप्पणी गरे । ‘सुशासन, सेवा प्रवाहको कुरा हामीले धेरै सुन्दै आएका छौं । तर यो कुरा पार्टीमा पनि लागू हुनुपर्ने होलानी? विधानत तोकिएको जिम्मेवारी पुरा गर्न नसक्दा सम्वन्धित तहका नेतृत्वलाई जवाफदेही पनि बनाउनु पर्ने होलानी । सक्रिय सदस्यताको बिषयमा ३३ वटा परिपत्र पठाउँदा पनि मातहतका तहले समयमा काम गर्दैनन भने त्यसको जवाफदेही को हुने ? पार्टी महाधिवेशनको तयारीमा जुट्नुपर्ने बेला अझै सक्रिय सदस्यताको विषय टुंगिन सकेको छैन । सक्रिय सदस्यता नवीकरणको टुंगो लगाउने बिषय अनुशासन समितिमा परेका उजुरीसँग पनि जोडिएको छ । अनि अनुशासन समितिमा परेका उजुरी टुंगिने कहिले हो ? अनि नयाँ सदस्यता वितरण कहिलेबाट ?’

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा संस्थापन पक्ष हाबी हुँदा प्रश्न गर्नेहरुलाई नियन्त्रण गर्न माग गरेका छन् । ‘हाम्रो पार्टीमा अनुशासन भएन । संसदमा र बाहिर रहेका साथीहरूले आफूलाई जे मनमा आयो त्यही बोल्ने काम भयो । व्यक्तिवादी प्रवृत्ति बढी भयो । अनुशासन पार्टीमा कायम गर्नुपर्छ भन्नेकुरा आएको छ,’ बैठकपछि प्रवक्ता डा प्रकाशशरण महतले भने ।सत्तामा रहेका केन्द्रीय सदस्यहरुले गठबन्धनको विकल्प नखोज्न आग्रह गरे । गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य रमेश लेखकले यो गठबन्धनको विकल्प नखोज्न आग्रह गरे । ‘गठबन्धनलाई राम्रोसँग हिँडाएर कांग्रेसको हितमा जान सक्ने किसिमले काम गरिरहेका छौँ । अरू राजनीतिक दलहरूलाई पनि समेटेर अहिलेको सरकारलाई निरन्तरता दिन उपयुक्त हुन्छ । अहिले अर्को विकल्पमा कुरा गर्न थाल्यौ भने गन्तव्यमा पुग्दैनौँ । कांग्रेसलाई ठिक हुँदैन,’ लेखकले भने । 

कांग्रेस प्रवक्ता डा महतले पनि गठबन्धनको विकल्प नरहेको बताए । ‘गठबन्धनको बारेमा त समग्रमा अब धेरै विकल्प हामीसँग छैन । कसैको बहुमत छैन । विभिन्न खाले परीक्षण भइसक्यो सत्ता समीकरणको । गठबन्धन भन्ने बित्तिकै सबैकुरा आफूले भनेको जस्तो हुँदैन । त्यो कुरा साथीहरूले बुझ्नुभएको छ,’ महतले भने, ‘यद्यपि कतिपय साथीहरूको गुनासो छ । तथापि गठबन्धनका विषयमा फेरि प्रतिकूल विचार केही आएको छैन । डेलिभरी अझ राम्रो हुनुपर्छ, पार्टीबाट गएका मन्त्रीहरूले राम्रो काम गर्नुपर्छ भन्ने छ ।’


विनोद चौधरीमाथि खनिए दिनेश कोइराला
कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला डलर अर्बपति विनोद चौधरीमाथि खनिएका छन् । चौधरी हाइपर सोनिक मिसाइल शैलीमा प्रक्रिया पुरा नगरी केन्द्रीय सदस्य बनेको आरोप कोइरालाले लगाए । ‘आजकाल विश्वभरी हाइपर सोनिक मिसाइलको खुब चर्चा छ । नेपाली कांग्रेसका कार्यकर्ताहरुले यस्ता हाइपर सोनिक मिसाइल धेरै पटक देखेका भोगेका छन् । चुनावका बेला एकजना अब्बल मानिस आकाशबाट हाइपर सोनिक मिसाइल जसरी फ्याट्ट झर्छ,’ कोइरालाले भने, ‘उ त्यतिकै झरेको हुँदैन, साथमा टिकट पनि बोकेर झरेको हुन्छ । हाइपर सोनिक मिसाइलले बम बारुद बोकेर झरेको हुन्छ भने हाइपर सोनिक मानिसले चाहिँ टिकट बोकेर झरेको हुन्छ ।’

यस खालका हाइपर सोनिक मानिसले ल्याएको टिकटले बमको जस्तै काम गर्ने र त्यसपछि जिल्लाका कार्यकर्ताहरु हाहाकार मच्चिने कोइरालाको भनाइ थियो । यस्तो प्रवृत्तिको अब अन्त्य हुनुपर्ने उनको भनाई थियो । चौधरी केन्द्रीय सदस्यमा निर्वाचित भएको विषयमा सोमबारको बैठकमा संस्थापनइतरका नेता डा शेखर कोइरालाले प्रश्न गरेका थिए । जवाफमा मंगलबार चौधरीले आफूलाई शेखरले चुनावमै रोक्न खोजेको आरोप लगाएका थिए ।  
 


प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १०:०४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP