Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #वैदेशिक राेजगार
  • #टेलिकमको ‘अफर’
  • #सतिशकुमार_सिंह
  • #नारायणगढ–मुग्लिन सडक
  • #भोजपुर
  • #मिस्टर_नेपाल
  • #एनआरएनए_सहयाेग
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेस बैठकमा संस्थापनपक्ष हाबी, प्रश्न नियन्त्रण गर्न माग
डा. शेखर कोइरालाविरुद्ध खनिए विनोद चौधरी कांग्रेस बैठकमा संस्थापनपक्ष हाबी, प्रश्न नियन्त्रण गर्न माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार १८, २०८२
  •  संस्थापनइतरका नेताहरुको अनुशासन नदेखिएको भन्दै छाडापन नियन्त्रण गर्न संस्थापनपक्षको माग
  •  डलर अर्बपति विनोद चौधरीको योग्यताबारे प्रश्न उठाएपछि शेखरमाथि खनिए, आफूहरू जस्तालाई छेक्न खोजेको आरोप
  •  २०६४ को संविधानसभा निर्वाचनपछि एमाले कोटाबाट सभासद् बनेका चौधरी २०७४ मा कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेस प्रवेश गर्नसाथ चौधरीले समानुपातिक सांसद बन्ने अवसर पाएका थिए । पछिल्लो समय उनी नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्ष बन्ने लाइनमासमेत उभिएका थिए । 
  •  विधानअनुसार कांग्रेसमा केन्द्रीय सदस्य बन्न १० वर्ष क्रियाशील सदस्य भएको हुनुपर्छ । तर २०७४ मा कांग्रेस प्रवेश गरेका चौधरीले चार वर्षपछि २०७८ मंसिरमा केन्द्रीय सदस्य बन्ने मौका पाए

काठमाडौं– नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा संस्थापनपक्ष हाबी देखिएको छ । सोमबारबाट ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा संस्थापनपक्षले प्रश्न गर्नेहरुलाई नियन्त्रण गर्न माग गरेका छन् ।केन्द्रीय समितिमा सुरुको दिनमा संस्थापनइतरका नेताहरु डा. शेखर कोइराला, नैनसिंह महरलगायतले प्रश्न गरेका थिए । दुवै नेताले नेकपा एमालेसँगको गठबन्धनको औचित्य पुष्टि गर्न माग गरेका थिए । यस विषयमा अधिकांश नेताहरुले संस्थापनइतरका नेताहरुको अनुशासन नदेखिएकोले छाडापन नियन्त्रण गर्न माग गरे । ‘हाम्रो पार्टीमा अनुशासन भएन । संसद्मा र बाहिर रहेका साथीहरूले आफूलाई जे मनमा आयो त्यही बोल्ने काम भयो । व्यक्तिवादी प्रवृत्ति बढी भयो । अनुशासन पार्टीमा कायम गर्नुपर्छ भन्नेकुरा आएको छ,’ बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले भने ।

महत संस्थापनपक्ष अर्थात् सभापति शेरबहादुर देउवापक्षका नेता हुन् । सोमबार संस्थापनइतरका नेता डा. कोइारालाले डलर अर्बपति विनोद चौधरीको योग्यताबारे प्रश्न गरेका थिए । मंगलबारको केन्द्रीय समितिमा चौधरी शेखरमाथि खनिए । ‘म सारा विधि पु¥याएर पार्टी नियमअनुसार नै आएको हुँ,’ चौधरीले भने ।शेखरलाई लक्षित गर्दै चौधरीले आफूहरूजस्तालाई छेक्न खोजेको आरोप लगाए । ‘यो पार्टीलाई हाँक्ने जमर्को गर्ने नेताहरूको दृष्टिकोणमा निजी क्षेत्रका हामीजस्ता मानिसलाई सधैं गुटका नाममा छेक्ने हो ?, हाम्राविरूद्ध यस्तै अभिव्यक्ति दिने हो ?,’ उनले प्रतिप्रश्न गरे ।

त्यसपछि उनले २०७९ को प्रतिनिधिसभा चुनावको प्रसंग निकाल्दै शेखरपक्षबाट असहयोग भएको बताए । चौधरी देउवाको निगाहबाट केन्द्रीय सदस्यमा निर्वाचित पात्र हुन् । २०६४ को संविधानसभा निर्वाचनपछि एमाले कोटाबाट सभासद् बनेका चौधरी २०७४ मा कांग्रेस प्रवेश गरेका थिए । कांग्रेस प्रवेश गर्नसाथ चौधरीले समानुपातिक सांसद बन्ने अवसर पाएका थिए । पछिल्लो समय उनी नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्ष बन्ने लाइनमासमेत उभिएका थिए । विधानअनुसार कांग्रेसमा केन्द्रीय सदस्य बन्न १० वर्ष क्रियाशील सदस्य भएको हुनुपर्छ । तर २०७४ मा कांग्रेस प्रवेश गरेका चौधरीले चार वर्षपछि २०७८ मंसिरमा केन्द्रीय सदस्य बन्ने मौका पाए ।

Hardik health

मंगलबार रमेश रिजाल, उमा रेग्मी, जीपछिरिङ लामा, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, रमेश लेखक, किरण यादव, लक्ष्मी परियार, कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, चन्द्रबहादुर केसी, मानबहादुर नेपाली, उदयशमशेर राणा, दिलमान पाख्रिन, रामहरि खतिवडा, विनोदकुमार चौधरी, गुरू बराल, उर्मिला नेपाल केसी, सीताकुमारी राना, राधा घले, सीतादेवी देवकोटा, शारदा पौडेल र आमन्त्रित सदस्य पुष्पराज पराजुलीले आ–आफ्नो धारणा राखेका थिए । यसरी धारणा राख्ने अधिकांश केन्द्रीय सदस्य देउवापक्षका हुन् ।

केन्द्रीय सदस्य उदयशमशेरले नेताहरुमा छाडापन देखिएको बताए । बागमती प्रदेशको बजेटमा छाडापन देखिएको दाबी गर्दै उनले यसलाई नियन्त्रण गर्न जोड दिए । ‘बागमती प्रदेशको बजेट छाडा रूपमा आयो । यसलाई कसरी ठीक बाटोमा लैजाने पार्टीले पनि एउटा मेकानिजम बनाउनुपर्छ, सदन र बाहिर पनि कतिपय नेताहरूले छाडा भएर कुरा उठाएका छन्, त्यसलाई कसरी कन्ट्रोल गर्ने पार्टीले पनि ध्यान दिनुपर्छ,’ राणाले भने, ‘बजेट ल्याउने बेला पनि पार्टीले सांसदहरूसँग छलफल गर्नुप¥यो र सांसदहरूले पनि बोल्दा लक्ष्मणरेखा काट्न भएन ।’

सत्तामा रहेका केन्द्रीय सदस्यहरुले गठबन्धनको विकल्प नखोज्न आग्रह गरे । गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य रमेश लेखकले यो गठबन्धनको विकल्प नखोज्न आग्रह गरे । ‘गठबन्धनलाई राम्रोसँग हिँडाएर कांग्रेसको हितमा जान सक्ने किसिमले काम गरिरहेका छौं । अरू राजनीतिक दलहरूलाई पनि समेटेर अहिलेको सरकारलाई निरन्तरता दिन उपयुक्त हुन्छ । अहिले अर्को विकल्पमा कुरा गर्न थाल्यांै भने गन्तव्यमा पुग्दैनौं । कांग्रेसलाई ठीक हुँदैन,’ लेखकले भने । 

लेखकले प्रयास गर्दागर्दै पनि कमीकमजोरी भएकोले सुधार्दै लगिने बताए । ‘प्रयास गर्दागर्दै पनि कमीकमजोरी हुन्छन् । धेरै साथीहरू सरकारमा बस्नुभएको छ, नबसेका साथीहरूले पनि अवस्था बुझ्नुभएकै छ,’ उनले भने ।कांग्रेस प्रवक्ता डा. महतले पनि गठबन्धनको विकल्प नरहेको बताए । ‘गठबन्धनको बारेमा त समग्रमा अब धेरै विकल्प हामीसँग छैन । कसैको बहुमत छैन । विभिन्न खाले परीक्षण भइसक्यो सत्ता समीकरणको । गठबन्धन भन्नेबित्तिकै सबैकुरा आफूले भनेको जस्तो हुँदैन । त्यो कुरा साथीहरूले बुझ्नुभएको छ,’ महतले भने, ‘यद्यपि कतिपय साथीहरूको गुनासो छ । तथापि गठबन्धनका विषयमा फेरि प्रतिकूल विचार केही आएको छैन । डेलिभरी अझ राम्रो हुनुपर्छ, पार्टीबाट गएका मन्त्रीहरूले राम्रो काम गर्नुपर्छ भन्ने छ ।’
 


प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १०:१४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल मंगलबार, असोज ७, २०८२
कार्की क्याबिनेटमा थप चार विज्ञको ‘इन्ट्री’
कार्की क्याबिनेटमा थप चार विज्ञको ‘इन्ट्री’ मंगलबार, असोज ७, २०८२
नवनियुक्त चार मन्त्रीले  लिए  शपथ
नवनियुक्त चार मन्त्रीले लिए शपथ सोमबार, असोज ६, २०८२
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै सोमबार, असोज ६, २०८२
न्यायिक आयोग बन्यो, प्रतिवेदन कार्यान्वयनमा आशंका
न्यायिक आयोग बन्यो, प्रतिवेदन कार्यान्वयनमा आशंका सोमबार, असोज ६, २०८२
‘लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्छ’
‘लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्छ’ आइतबार, असोज ५, २०८२
मन्त्री छान्ने अलमलमै  प्रधानमन्त्री कार्की
मन्त्री छान्ने अलमलमै प्रधानमन्त्री कार्की आइतबार, असोज ५, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP