Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेस केन्द्रीय समितिमा चीनको प्रश्नदेखि शेखरको असन्तुष्टि
कांग्रेस केन्द्रीय समितिमा चीनको प्रश्नदेखि शेखरको असन्तुष्टि
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार १७, २०८२

हामी अहिले महाधिवेशनको वर्षमा छौं । २०८२ सालको मंसिर महिनामै १५औं महाधिवेशन गर्नुपर्छ भन्ने कुरामा म अहिले पनि दृढ छु । यदि हुन सक्दैन भने के कारणले र किन हुन सक्दैन सभापतिज्यू र पदाधिकारीले चित्त बुझ्दो जवाफ दिनुप¥यो ।
डा. शेखर कोइराला
नेता, नेपाली कांग्रेस


काठमाडौं– विधानमा दुई महिनामा एकपटक केन्द्रीय समिति बैठक बस्नैपर्ने प्रावधान छ, नेपाली कांग्रेसको । तर एकैसाथ नौ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक सुरू भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबारबाट सुरू भएको बैठकमा सुरूमै गठबन्धनको आयुबारे चीनले राखेको प्रश्नबाट सुरू भएको थियो ।

गत जेठ ३० मा कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीको नेतृत्वमा १७ सदस्यीय टोली चीनतिर लागेका थिए । पाँच दिने भ्रमणका क्रममा केसीलाई चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुले अहिलेको सरकारको आयुबारे प्रश्न गरेका थिए । यसैगरी नयाँ दलहरुको बारेमा पनि सोधेका थिए ।

सोही विषय आफूले केन्द्रीय समितिमा राखेको केसीले बताए । ‘हामी १७ जना चीन गएका थियौं । त्यही विषयको प्रस्तुति मैले केन्द्रीय समितिमा राखें,’ केसीले भने । केसीले गठबन्धन सरकार दुई दलीय सम्झौताअनुसार नै जाने र कुनै खटपट नरहेको रिपोर्ट आफूले दिएको बताए । उनले नयाँ दलहरुमा पुराना दलमा जस्तो अनुभव नरहेकोले लामो समय नजाने जवाफ चिनियाँ नेताहरुलाई दिएको केन्द्रीय समितिमा बताएका थिए ।

Hardik health

बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ । १०० दिने अभियानका प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन र प्रतिष्ठानको प्रतिवेदन, अनुशासन समितिको प्रतिवेदन, क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण, केही भ्रातृ संस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय र नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र बिस्तार सम्बन्धमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने विषयक्रम रहेको छ । 

महाधिवेशनबारे अनेक भ्रम छरिएका छन् । यसले पार्टी पंक्तिमा अन्योल बढाएको छ । विधानअनुसार समयमै तयारी गर्न र पार्टीलाई गतिशील बनाउन १५औं महाधिवेशनको कार्यतालिकासहित मिति घोषणा गर्न अब ढिलाइ गर्नु हुँदैन ।
नैनसिंह महर
केन्द्रीय सदस्य

यस्तै,  शुभेच्छुक संस्थाबारे छलफल, कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन, जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका पारित गर्ने सम्बन्धमा र संसद् तथा सरकारमा पार्टीको भूमिकाको प्रभावकारिता, समसामयिक विषयलगायत विविध एजेण्डामा छलफल जारी रहेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । बैठकमा पार्टी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले प्रतिष्ठानको निर्देशिका संशोधनसम्बन्धी प्रस्ताव र प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यस्तै, महामन्त्री गगन थापाले बैठकका एजेण्डा प्रस्तुत गर्नुका साथै क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण सम्बन्धमा बैठकलाई जानकारी गराएका थिए । उनले केही भ्रातृ संस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय सम्बन्धमा र नेपाली जनसम्पर्क समितिको व्यवस्थापन तथा बिस्तार सम्बन्धमा प्रस्ताव प्रस्तुत गरेका थिए ।

आइतबारको बैठकमा कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, बलबहादुर केसी, कृष्णचन्द्र नेपाली पोखरेल, पुष्पा भुसाल, डा. गोपाल दहित, योगेन्द्र चौधरी, नैनसिंह महर, मदनकृष्ण श्रेष्ठ र भरतकुमार शाहले आ–आफ्नो धारणा राखेका थिए । विभिन्न प्रस्तावमा धारणा राख्ने क्रम जारी रहेकाले बैठक आज (मंगलबार) बिहान ११ बजे पुनः बस्ने छ । 


१५औं महाधिवेशनबारे प्रश्नैप्रश्न
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरुले १५औं महाधिवेशन तोकिएकै मितिमा हुनुपर्नेमा किन हुन नसकेको भन्दै प्रश्न गरे । संस्थापनइतरका नेता डा. शेखर कोइरालाले यस विषयमा पार्टी सभापति शेरबहादुर देउवाले चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गरे । ‘हामी अहिले महाधिवेशनको वर्षमा छौं । २०८२ सालको मंसिर महिनामै १५औं महाधिवेशन गर्नुपर्छ भन्ने कुरामा म अहिले पनि दृढ छु । यदि हुन सक्दैन भने के कारणले र किन हुन सक्दैन सभापतिज्यू र पदाधिकारीले चित्तबुझ्दो जवाफ दिनुप¥यो,’ कोइरालाले भने ।

कांग्रेसको १५औं महाधिवेशन विधानअनुसार अबको पाँच महिनामा हुनैपर्छ । महाधिवेशन केन्द्रीय समितिले छ महिनाअघि नै घोषणा गर्नुपर्ने हुन्छ । तर कांग्रेसले अझै पनि क्रियाशील सदस्यता टुंगो लगाउन सकेको छैन । क्रियाशील सदस्यता विवाद टुंगो लगाउन कांग्रेस सभापति देउवाले महामन्त्री गगन थापालाई जिम्मा दिएका छन् । गत कात्तिकमा क्रियाशील व्यवस्थापन समिति गठन भएर पटक–पटक म्याद थप गर्दा पनि असार १२ गतेसम्म पाँच जिल्लाको मात्र क्रियाशील सदस्यता विवरण केन्द्रमा आइपुगेको महामन्त्री थापाले बताए । बारा, डोल्पा र मुस्ताङमा क्रियाशील सदस्यताको फाराम नै नपुगेको थापाको भनाइ थियो । यद्यपि, कांग्रेस पदाधिकारीहरु भने १५औं महाधिवेशनको तयारी भन्दै जिल्ला दौडाहामा पुगिरहेका छन् । 

महाधिवेशनको भ्रम चिर्न तत्काल मिति तोक्नुपर्ने केन्द्रीय सदस्य नैनसिंह महरले माग गरे । ‘महाधिवेशनबारे अनेक भ्रम छरिएका छन् । यसले पार्टी पंक्तिमा अन्योल बढाएको छ । विधानअनुसार समयमै तयारी गर्न र पार्टीलाई गतिशील बनाउन १५औं महाधिवेशनको कार्यतालिकासहित मिति घोषणा गर्न अब ढिलाइ गर्नु हुँदैन,’ महरले भने । 

गठबन्धनमाथि प्रश्न
केन्द्रीय समितिमा नेताहरुले वर्तमान गठबन्धनबारे प्रश्न गरेका थिए । पहिले नेकपा माओवादी केन्द्रसँग निर्वाचनमा गठबन्धन अनि अहिले एमालेसँग सरकारमा गठबन्धन गर्दा पनि खासै चित्तबुझ्दो नभएको शेखरको भनाइ थियो । ‘२०७९ को संघीय र प्रदेश निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा गयौं । अहिले एमालेसँग सरकारमा छौं । त्यतिबेला के कारणले माओवादीसँग गठबन्धन ग¥यौं र अहिले के कारणले एमालेसँग सत्ता सहकार्य भयो ?,’ शेखरले प्रश्न गरे, ‘के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो ? यदि संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ?’
त्यसैगरी महरले तीनै तहका सरकारको कामकारबाही प्रभावकारी हुन नसकेको र हालै प्रस्तुत बजेटबारे जनताको प्रतिक्रिया राम्रो नआएकाले गम्भीर समीक्षा गर्नुपर्ने बताए । सरकार निर्माणताका भएको सातबुँदे सहमतिको कार्यान्वयन र त्यसले कांग्रेसको चरित्रमा पार्ने प्रभावबारे प्रश्न उठाउँदै महरले भने, ‘सबैभन्दा ठूलो दल भएर पनि सरकारमा कांग्रेसको भूमिका खुम्च्याइएको छ र नेतृत्वकर्ताबाटै अवमूल्यन भएको छ ।’ महरले बढ्दो वाम धुर्वीकरण र गठबन्धन दुर्घटनाको जवाफदेहिता नेतृत्वले लिनुपर्ने र शक्ति सन्तुलनका लागि संवैधानिक नियुक्तिहरूमा पार्टीको स्पष्ट अडान हुनुपर्नेमा जोड दिए ।
 


प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १०:३५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP