Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
समाचार
  • Home
  • समाचार
  • परम्परागत चिनियाँ चिकित्सा प्रवर्द्धनले नेपाल–चीन सम्बन्ध सुदृढ हुने : सभा सदस्य मिना श्रेष्ठ
परम्परागत चिनियाँ चिकित्सा प्रवर्द्धनले नेपाल–चीन सम्बन्ध सुदृढ हुने : सभा सदस्य मिना श्रेष्ठ
दिपा सुनुवार
दिपा सुनुवार बुधबार, असार ११, २०८२

काठमाडौं-  

नेपाल–चीनबीचको सम्बन्धलाई थप बलियो बनाउन परम्परागत चिनियाँ चिकित्सा प्रणाली (Traditional Chinese Medicine - TCM) प्रभावकारी माध्यम बन्न सक्ने कोशी प्रदेशकी प्रदेश सभा सदस्य मिना श्रेष्ठले बताएकी छन्।

काठमाडौंस्थित रेडिसन होटलमा मंगलबार आयोजित विशेष कार्यक्रममा बोल्दै श्रेष्ठले परम्परागत उपचार प्रणालीले द्विपक्षीय सम्बन्ध मात्र होइन, नेपालमा स्वास्थ्य सेवाको क्षेत्रमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

चिनियाँ परम्परागत चिकित्सा प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा चीनको जनवादी गणतन्त्रको नेपालस्थित दूतावास र चीनको विदेशी भाषा प्रकाशन प्रशासनको निर्देशनमा CICG अन्तर्गत युरोप तथा अफ्रिकाको केन्द्र (चाइना टुडे) द्वारा आयोजना गरिएको हो। कार्यक्रममा बेइजिङ वु लिन तेह च्यारिटी फाउन्डेसन, युनान अन्तर्राष्ट्रिय आर्थिक, व्यापार तथा सांस्कृतिक सहयोग केन्द्र, पोटाला पत्रिकाको व्यापक सञ्चार प्लेटफर्म, साउथ एशिया नेटवर्क टिभी, र अरनिको समाजको सहआयोजन रहेको थियो।

Hardik health

 

sypsoium-chian-nepali-2025-1750849764.jpg
 

कार्यक्रममा चिनियाँ विशेषज्ञ टोली तथा वरिष्ठ चिकित्सकहरूद्वारा चिनियाँ चिकित्सा प्रणालीअन्तर्गत एक्युपञ्चर, हर्बल मेडिसिनलगायतका विधिबारे प्राविधिक प्रस्तुति दिइएको थियो। साथै, नेपालका स्वास्थ्यकर्मीलाई चिनियाँ विशेषज्ञहरूद्वारा प्रशिक्षण दिने घोषणा पनि गरिएको छ।

सभा सदस्य मिना श्रेष्ठले भनिन्, “नेपालमा प्राचीनकालदेखि नै आयुर्वेदिक र घरेलु उपचारको परम्परा छ। हाम्रा पहाडी भेगहरूमा प्रशस्त जडीबुटी पाइन्छन्, जसको वैज्ञानिक ढंगले प्रयोग गर्न सकेमा ठूला लाभ लिन सकिन्छ।” उनले चिनियाँ परम्परागत चिकित्सा प्रणालीमार्फत नेपाल–चीन सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गर्दै चिनियाँ सरकारप्रति निरन्तर सहकार्यको लागि धन्यवाद दिइन्।

स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले नेपालमा वैकल्पिक चिकित्सा विधिको विस्तारका लागि चिनियाँ सहयोग महत्वपूर्ण रहेको बताए। विशेषतः ग्रामीण क्षेत्रमा सस्तो र सुलभ उपचार प्रणालीको रुपमा यस्ता विधि उपयोगी हुने उल्लेख गरे।

कार्यक्रमको अवसरमा पोटाला पत्रिका, साउथ एसिया नेटवर्क टिभी र अरनिको समाजबीच जनकल्याण सहकार्यका लागि त्रिपक्षीय समझदारीमा हस्ताक्षर भएको छ। त्यस्तै, पोटाला सञ्चार र साउथ एसिया वेभ टिभी नेटवर्कबीच पनि सहकार्यको सम्झौता गरिएको छ। कार्यक्रममा चिनियाँ परम्परागत चिकित्सा सम्बन्धी पुस्तकहरू अतिथिहरूलाई हस्तान्तरण गरिएको थियो।

 

satvnetwork-mou-1750849668.jpg

कार्यक्रमको सहव्यवस्थापन सियुआन अस्पताल, सन याट सेन युनिभर्सिटी, नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्, क्विजाउ बेलिङ औषधी कम्पनी लिमिटेड, बेजिङ युनाइटेड हार्ट वेलफेयर फाउन्डेसन, इन्स्टिच्युट अफ टिबेटन स्टडीज, मिन्जु विश्वविद्यालय लगायतका संस्थाहरूले गरेका थिए।

आयोजक संस्थाका अनुसार, उक्त कार्यक्रमले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ गर्नुका साथै स्वास्थ्य क्षेत्रको सहकार्य विस्तार गर्न उल्लेखनीय योगदान गर्ने विश्वास गरिएको छ। कार्यक्रममा चिकित्सक, अनुसन्धानकर्ता, वैकल्पिक उपचारकर्मी, सञ्चारकर्मी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।


प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १६:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस शुक्रबार, कात्तिक २१, २०८२
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’ शुक्रबार, कात्तिक २१, २०८२
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने शुक्रबार, कात्तिक २१, २०८२
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’ शुक्रबार, कात्तिक २१, २०८२
नाम दर्ता गराउन मतदाता उत्साहित
नाम दर्ता गराउन मतदाता उत्साहित शुक्रबार, कात्तिक २१, २०८२
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP