Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • आन्तरिक पर्यटकको  रोजाइमा कुलपानी हरित उद्यान
आन्तरिक पर्यटकको  रोजाइमा कुलपानी हरित उद्यान
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार ८, २०८२

घोराही - गढवा गाउँपालिका–१ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क) पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । यहाँ हरेक दिनजसो मानिस घुम्न जाने गर्छन् । सिमसार क्षेत्रलाई संरक्षण गर्दै कुलपानी सामुदायिक वन समूहले पर्यटन प्रवर्द्धनका लागि हरित पार्क, जलासयसँगै काठको भ्यूटावर निर्माण गरेपछि आन्तरिक पर्यटनको गन्तव्य बनेको हो । 

वन समूहका अध्यक्ष नवराज शर्माका अनुसार वन समूहले कृत्रिम जलासयसँगै पार्क निर्माण गरेर बाघ, गैँडा, जरायो, घोडा, मयुरलगायत विभिन्न प्रजातिका चराको प्रतिमा बनाएपछि पार्कमा घुम्न र वनभोजका लागि आउने मानिसको सङ्ख्यामा वृद्धि भएको छ । कुलपानीमा पर्यटकलाई आकर्षण गर्नेगरी पार्कसँगै पोखरीमा काठको पुल, भ्यूटार निर्माणले थप आकर्षण बढाउने काम गरेको छ । 

पार्कमा घुम्न आउनेसँग रु २० देखि ३० सम्म लिने गरिएको छ । पर्यटन प्रवर्द्धनका माध्यमबाट राम्रो आयआर्जन हुन थालेपछि वन समूहले १२ हेक्टरमा फैलिएको पार्कलाई २० हेक्टर क्षेत्रमा वृद्धि गर्ने योजनाका साथ अघि बढेको छ ।  अध्यक्ष शर्माका अनुसार हालसम्म ५१ हजार बढीले अवलोकन गरेका छन् । वातावरणीय रूपमा उपयुक्त र मानिसले दैनिक जीवनयापनका क्रममा प्रयोग गर्ने गरिएका र अहिले लोप हुने अवस्थामा पुगेका काठका सामग्रीलाई संकलन गरेर काठको सङ्ग्राहलय स्थापनाका लागि काम भइरहेको छ । 

Hardik health

काठबाट बनेका र देउखुरी क्षेत्रमा मानिसले प्रयोग गरेका लडिया, डुङ्गा,  कोल, ढिकी, हलो, जुवाँ, ठेकीलगायत परम्परागत सामग्री संकलन गरे पनि राख्ने उपयुक्त ठाउँ नपाउँदा समस्या भइरहेको भन्दै काठको सङ्ग्रालय स्थापना गर्नेगरी वन समुहले विभिन्न सामग्री संकलन गरेको छ, तर ठाउँको अभावमा सञ्चालन गर्न सकिएको छैन । 

अध्यक्ष शर्माले कुलपानीलाई धार्मिक एवं सिमसार क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्नेगरी हरित पार्क निर्माण गर्नुका साथै जलविहारका लागि मानिस आउने गरेको बताए । प्राकृतिक स्रोत र साधनको संरक्षणसँगै आन्तरिक पर्यटनको विकास गर्न कुलपानीमा पूर्वाधार विकासका लागि लगानी गर्न आवश्यक रहे पनि त्यसअनुसारको सहयोग प्राप्त हुन नसकेको बताए ।

गर्मीयाममा जङ्गल क्षेत्रमा रहेको पार्कमा शीतलतासँगै पार्कमा रहेका विभिन्न मूर्ति हेर्नदेखि फोेटो, भिडियो खिच्नका लागि धेरै मानिस आउने गरेका स्थानीय सीता गिरीले बताइन्  । वन समूहले पार्क निर्माणसँगै विभिन्न वन्यजन्तुका मूर्ति तथा पोखरीमा निर्माण गरेर डुङ्गा सञ्चालन गरेपछि शनिबार र सार्वजनिक बिदाका दिन धेरै मानिस आउने गरेको उनले बताए । लगानी अभावमा बाल उद्यान, जङ्गली पशुपन्छीका लागि खोरसँगै तारबार गर्ने काम गर्न नसकिएको बताए ।
 


प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १३:३२
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
ताप्लेजुङका डाँडाकाँडा सेताम्मे
ताप्लेजुङका डाँडाकाँडा सेताम्मे आइतबार, चैत ८, २०८२
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु शुक्रबार, चैत ६, २०८२
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो शुक्रबार, चैत ६, २०८२
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना बिहीबार, चैत ५, २०८२
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा बिहीबार, चैत ५, २०८२
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP