काठमाडौं - नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको सन्दर्भमा आजदेखि यहाँ साताव्यापी सिजाङ सांस्कृतिक सप्ताह सुरु भएको छ । ‘सिजाङ मिडिया गु्रप’द्वारा आयोजित सप्ताहको राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, नेपालका लागि चीनका राजदूत छन सोङ र सिजाङ अन्तरराष्ट्रिय सांस्कृतकि सङ्घका उपाध्यक्ष लो च्युनले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
चिनियाँ भाषामा तिब्बतलाई सिजाङ नामले चिनिन्छ। देशबीचको मित्रतालाई अझ प्रगाढ बनाउन काठमाडौँको याक एन्ड यति , होटलमा पहिलोपटक आयोजना गरिएको चीनको शिजाङ सम्बन्ध सांस्कृतिक सप्ताहले दुई देशबीच ऐतिहासिक महत्व झल्किने सांस्कृतिक उत्सव रहेकाे छ ।
राष्ट्रियसभाका उपाध्यक्ष घिमिरेले प्रस्तुत कार्यक्रमबाट दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ तुल्याउन र जनस्तरीय मैत्रीलाई प्रगाढ बनाउन योगदान हुने विश्वास व्यक्त गरिन् । उनले भनिन्, “नेपाल–चीन सम्बन्ध केबल कूटनीतिक सीमाभित्र सीमित छैन, यो सम्बन्ध साझा इतिहास, संस्कृति, धर्म, सभ्यता र जनजीवनको जगमा निर्माण भएको छ ।” उनले भनिन् 'सांङ्कृतिक सप्ताहले दुवै देशबीच सम्बन्धलाई नयाँ उचाइमा पुराउने छ ।' भृकुटीले तीब्बतमा गरेको विवाहले नेपाललाई अझ चिनाइएकाे र नेपलकाे चित्रकारहरूले बाेकेकाे इतिहासको बारेमा चर्चा गरिन्। नेपालले घाँससमेत निर्यात गर्न थालेको र तिब्बतमा नेपालबाट उडान सुरू भएकोले चीन नेपालको व्यापार साझेदारका रूपमा रहेको उनले बताइन् ।
नेपालका लागि चीनका राजदूत छन सोङले चीन जनताको आकाङ्क्षाअनुरुप आर्थिक विकास, सामाजिक सद्भाव, पर्यटन पव्रद्धन, भौतिक पूर्वाधार निर्माण, यातायात सञ्जाल विस्तार, सूचना प्रविधिको विकासलाई तीव्रता दिँदै आर्थिक समृद्धिको यात्रामा अघि बढिरहेको जानकारी दिए । उनले भने,'नेपाल र चीनसँग अनगिन्ती संस्कृति छन् ।परम्परागत पहिचान देखि विभिन्न संस्कृतिहरू आदानप्रदान हुँदै आइरहेको छ। वुद्धका उपदेशलाई एक अर्कालाई साटासाट गर्दै आएको छ। यस्ता उदाहरण नेपाल र चीनबीचको आत्मिय मित्रता आदानप्रदान हो। सन् १९८५मा कुटनीतिज्ञ सम्बन्ध स्थापित भएको थियो। हिमाल र नदिनालाहरूसंगै संस्कृति साटासाट गर्दैगर्दा आज पहिलोपटक ७०औं वर्षमा यसरी मनाउन पाउनु निकै राम्रो लागेको छ ।'
सिजाङ अन्तरराष्ट्रिय सांस्कृतिक सङ्घका उपाध्यक्ष लो च्युनले नेपाल र चीनबीच झण्डै दुई हजार वर्षदेखिको सांस्कृतिक सम्बन्ध सरकारीस्तरका साथै जनस्तरमा पनि झाङ्गिँदै गएको बताए । उनले दुई देशबीचको व्यापार, पर्यटन, संस्कृति र अन्य जनहितका क्षेत्रमा भएका कामले आपसी सम्बन्धलाई अझ विस्तार गरेको बताए । जुनले भने, '' नेपाल र चीनको सम्बन्ध अनन्तसम्म यस्तै रहिरहोस् '' ।
उद्घाटन समारोहमा विविध सांस्कृतिक कार्यक्रमका साथै सिजाङ क्षेत्रको भौगोलिक विविधता, रहनसहन, कला संस्कृति, वेशभूषा, पूर्वाधार निर्माणलगायत सिजाङसँग सम्बन्धित तस्बिर प्रदर्शन गरिएको थियो ।