Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मालढुंगा-बेनी_सडक
  • #सकुन_सुनुवार
  • #जुडो
  • #मुदीगाउँ
  • #मानव अधिकार दिवस
  • #क्यामेरा_ट्यापिङ
  • #एनआरएनए
  • #क्रसर_उद्योग
  • #स्वास्थ्य_बिमा
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • आशा र विश्वास जगाउँदै सकियो पदमार्गको खोज अन्वेषण
आशा र विश्वास जगाउँदै सकियो पदमार्गको खोज अन्वेषण
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार २, २०८२

गण्डकी -  गुरुङ पर्यटन व्यवसायी संघ (जिटिन) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड, क्व्होलाँसोथार गाउँपालिका, मस्र्याङदी गाउँपालिकाको आर्थिक सहयोगमा पोखराबाट लमजुङको सिङ्दीहुँदै दुधपोखरीलगायतका स्थानलाई समेट्दै गरिएको खोज तथा अन्वेषणात्मक पदयात्रा सम्पन्न भएको छ ।

गुरुङ सम्पदा पदमार्गका रूपमा परम्परागत भेडीगोठसँगै प्राचीन नुन बोक्ने मार्गलाई पदयात्रा पर्यटनसँग जोड्ने लक्ष्यका साथ यही जेठ २३ गतेदेखि असार १ गतेसम्म विभिन्न कार्यक्रम तय गर्दै प्रवद्र्धनात्मक खोज तथा अनुसन्धानात्मक पदयात्रा गरिएको गुरुङ पर्यटन व्यवसायी संघका संस्थापक अध्यक्ष एवम् कार्यक्रम संयोजक बोबरजङ्ग गुरुङले जानकारी दिए ।

संघको आयोजनामा यसअघि पहिलो चरणमा कास्कीको ताङतिङहुँदै मनाङको तिमाङसम्म र दोस्रो चरणमा कास्कीको सिक्लेस हुँदै कोरी क्होँलासोँथर, कर्पु हुँदै याङ्जाकोटसम्म खोज तथा अनुसन्धानात्मक पदयात्रा गरिएको थियो । “यस पदमार्गमा ठाउँठाउँमा टि हाउससहितका पूर्वाधार, खानेपानीको व्यवस्थासँगै सञ्चार सम्पर्क सहज हुने किसिमका व्यवस्था गरिनु जरुरी देखिन्छ”, संघका अध्यक्ष किसमकुमारी गुरुङले भने  ।
    
खोज तथा अनुसन्धानका चरणसँगै आगामी सन् २०२६ देखि यस पदमार्गलाई सञ्चालनमा ल्याउने तयारी गरिएको उनको भनाइ छ । गुरुङ सम्पदा पदमार्गमा समेटिएका ऐतिहासिक गुरुङ गाउँहरूका प्राचीन संस्कार र संस्कृतिलाई जगेर्ना गर्दै पर्यटकीय रूपमा भरपुर उपयोग हुनुपर्ने उनले बताए  ।     पदयात्राका क्रममा उक्त क्षेत्रमा सञ्चार सम्पर्कको विद्यमान अवस्था बारे स्थलगत प्राविधिक अध्ययन गरिएको थियो । अध्ययनका क्रममा कतिपय स्थानमा सञ्चारसम्पर्क विहिनताको अवस्था रहेको पाइएको छ ।

Hardik health

खोज अन्वेषण पदयात्रामा ४८ जनाको सहभागिता थियो । पदमार्गमा ठाउँठाउँमा खोला तथा मनोरम पोखरीसँगै ठूलाठूला खर्क र पाटन रहेको पदमार्गबाट अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लुजस्ता हिमशृङ्खलालाई नजिकैबाट अवलोकन गर्न सकिने जनाइएको छ । पदमार्गमा भेंडा, गाई, भैँसी तथा चौँरीको गोठ बस्ने खर्क, गोठाले जीवनको रहनसहनलाई प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । 

पदमार्गमा यार्सागुम्बा, जटामसी, सतुवा, पाँचऔंले, वन लसुन जस्ता धेरै प्रजातिका जडीबुटी पाइन्छ भने ठाउँठाउँमा हावापानीअनुसारका लालीगुराँस तथा विभिन्न लेकाली फूलहरू अवलोकन गर्दै पदयात्रा गर्न सकिने जनाइएको छ । पदमार्गमा पर्ने गुरुङ गाउँहरूमा घरवास सञ्चालन सँगै घाँटु, सोरठी, कृष्ण चरित्र, आमा समूहका नाच प्रचलनमा छन् । घरवासमा आएका पर्यटकलाई स्थानीय उत्पादनका परिकार खुवाउने गरिएको सिउरुङ सामुदायिक होमस्टेका सञ्चालिका सन्तकाशी गुरुङले जानकारी दिए  ।


प्रकाशित मिति: सोमबार, असार २, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन आइतबार, मंसिर २८, २०८२
पर्यटन प्रवर्द्धन गर्न इलाममा ‘रेडपाण्डा म्याराथन’
पर्यटन प्रवर्द्धन गर्न इलाममा ‘रेडपाण्डा म्याराथन’ शुक्रबार, मंसिर २६, २०८२
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’ शुक्रबार, मंसिर २६, २०८२
गलकोट दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै
गलकोट दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै बिहीबार, मंसिर २५, २०८२
आज अन्तरराष्ट्रिय पर्वत दिवस
आज अन्तरराष्ट्रिय पर्वत दिवस बिहीबार, मंसिर २५, २०८२
पर्यटन पूर्वाधार निर्माणका सम्झौता निर्माणस्थलमा
पर्यटन पूर्वाधार निर्माणका सम्झौता निर्माणस्थलमा बुधबार, मंसिर २४, २०८२
पर्यटकको रोजाइमा  वैकल्पिक अन्नपूर्ण-धौलागिरि पदमार्ग
पर्यटकको रोजाइमा वैकल्पिक अन्नपूर्ण-धौलागिरि पदमार्ग मंगलबार, मंसिर २३, २०८२
लोकप्रिय
  • Week
  • Month
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ
विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP