Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • स्थिर सरकारका लागि निर्वाचन प्रणाली परिवर्तनमा जोड 
स्थिर सरकारका लागि निर्वाचन प्रणाली परिवर्तनमा जोड 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार १, २०८२

काठमाडौं– मुलुकको निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बहस पछिल्लो समय बढ्दै गएको छ । वर्तमान निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत नआउने हुँदा सरकार स्थिर हुन नसकेको भन्दै निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बहस हुनेगरेको छ । बहस समानुपातिक प्रणाली हटाउनुपर्ने र पूर्णसमानुपातिक बनाउनुपर्ने भन्ने दुवै पक्षबाट भइरहेका छन् ।

यहीबीच शनिबार एक कार्यक्रमका वक्ताहरुले पनि दुवै पक्षमा आफ्नो धारणा व्यक्त गरेका छन् । संविधानविद् वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित ‘नेपालमा निर्वाचन प्रणालीः तुलनात्मक अध्ययन’ पुस्तक सार्वजनिक गर्न शनिबार यहाँ आयोजित कार्यक्रममा राजनीतिज्ञ र अधिवक्ताले वर्तमान अभ्यासमा रहेको निर्वाचन प्रणाली खर्चिलो, पूर्णसमानुपातिक बन्न नसकेको र अस्थिर सरकारको कारण बनिरहेको टिप्पणी गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख देवराज घिमिरेले शासकीय प्रणालीलाई प्रभावकारी र जनमुखी बनाउन देखापरेका चुनौतीहरूको समाधान गर्न निर्वाचन पद्धति र प्रणालीबारे गम्भीर विवेचना गर्नुपर्ने आवश्यकता आंैल्याए । उनले शासन प्रणालीमा आएका समस्या तथा निर्वाचन प्रणालीका चुनौतीका विषयमा बृहत् छलफल गर्नुपर्ने समय आएको बताए ।

‘निर्वाचन प्रणालीका दोष हुन् कि निर्वाचन आचारसंहितासँग गाँसिएका विषयहरू, यसलाई प्रयोग गर्ने राजनीतिक दलहरूको समस्या हो कि ?,’ सभामुख घिमिरेले प्रश्न गर्दै भने, ‘निर्वाचन पद्धति र प्रणालीबारे विवेचना हुन जरुरी छ । निर्वाचनलाई निष्पक्ष, पारदर्शी बनाउने, सबैको उचित सहभागिता बनाउने र त्यसबाट बनेका जनप्रतिनिधिले आफू शासन प्रणालीमा जाँदा स्थिरर परिणाममुखी ढंगबाट काम गर्ने विधि के हुन सक्छ, छलफल हुनुपर्छ ।’

Hardik health

निर्वाचन प्रणालीका दोष हुन् कि निर्वाचन आचारसंहितासँग गाँसिएका विषयहरू, यसलाई प्रयोग गर्ने राजनीतिक दलहरूको समस्या हो कि ? निर्वाचन पद्धति र प्रणालीबारे विवेचना हुन जरुरी छ ।
देवराज घिमिरे
सभामुख

 

उनले कार्यान्वयन गर्ने तहमा इमान्दारिताको समस्या वा प्रणालीमा समस्या केहो भन्नेमा बहस हुनुपर्ने आवश्यकता औंल्याए । सरकारले स्थायित्व प्राप्त गर्न नसक्ने, संघीय संसद्को प्रभावकारी भूमिका निर्वाह र सरकारलाई निर्दिष्ट गर्न आइरहेका समस्या व्यवहार वा नीतिगत के हुन् भन्नेबारे छलफलका लागि सभामुख घिमिरेले बुद्धिजीवी सबैलाई आह्वान गरे । ‘आचार विचार र पद्धतिका समस्या हुन् कि संविधानको व्यवस्था वा निर्वाचन प्रणालीको समस्या हो, त्यसमा गहिरो विवेचना गर्न जरुरी छ,’ उनले भने ।

पुस्तकमाथि टिप्पणी गर्दै निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त निलकण्ठ उप्रेतीले स्थिर सरकारका साथै सबै वर्ग, क्षेत्र समूहको प्रतिनिधित्वका लागि पूर्णसमानुपातिक निर्वाचन प्रणाली उपयुक्त हुने सुझाव दिए । निर्वाचन क्षेत्र बढी भएकाले पूर्णसमानुपातिक निर्वाचन प्रणाली अपनाउँदा दल, उम्मेदवार, आयोग र सरकारको निर्वाचन खर्च घट्ने उनको भनाइ छ ।जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले निर्वाचन प्रणाली परिवर्तन गरी कम खर्चिलो बनाउनुपर्ने धारणा व्यक्त गरे । राजनीतिक दल र उम्मेदवारका लागि अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै उनले सबै वर्गले चुनाव लड्न सक्नेगरी नयाँ प्रणाली अवलम्बन गर्नुपर्ने बताए ।

स्थिर सरकारका लागि राजनीतिक दल र नेतृत्वको मानसिकतामा निर्भर हुने यादवकोे बुझाइ छ । ‘वि.सं. २००७ यताका अस्थिरताका कारण राजनीतिक प्रणालीमात्र नभई नेतृत्वको मानसिकतामा पनि भर पर्छ,’ उनले भने, ‘अहिलेको निर्वाचन प्रणालीलाई बदल्नुपर्छ । प्रधानमन्त्री र संसद् प्रत्यक्ष निर्वाचन प्रणालीबाट आउनुपर्छ ।’नेकपा माओवादी केन्द्रकी नेतृ एवं पूर्वमन्त्री रेखा शर्माले पूर्णसमानुपातिक निर्वाचन प्रणालीमा जोड दिँदै प्रत्यक्ष कार्यकारीको व्यवस्थाले अस्थिरताको अन्त्य हुने धारणा राखि । उनले सांसदलाई मन्त्री बनाउने व्यवस्थाले सांसदको भूमिका कानुन निर्माणमा केन्द्रित हुन नसकेको बताइन् ।

स्थिर सरकारका साथै सबै वर्ग, क्षेत्र समूहको प्रतिनिधित्वका लागि पूर्णसमानुपातिक निर्वाचन प्रणाली उपयुक्त हुन्छ । निर्वाचन क्षेत्र बढी भएकाले यो प्रणाली अपनाउँदा दल, उम्मेदवार, आयोग र सरकारको निर्वाचन खर्च पनि घट्छ ।
निलकण्ठ उप्रेती
पूर्वप्रमुख आयुक्त, निर्वाचन आयोग

नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री प्रकाश ज्वालाले प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउने नयाँ निर्वाचन प्रणाली ल्याउनुपर्ने सुझाव प्रस्तुत गरे । ‘अहिलेको अनुभवका आधारमा निर्वाचन प्रणाली परिवर्तन गर्नैपर्छ । यसले स्थिरतासँगै गणतन्त्रको अनुभूति दिएन,’ उनले भने, ‘कार्यकारी प्रमुख आमजनताले भोट हालेर जिताउने प्रणालीमा जाऔं । राज्य, सरकारको प्रमुख शासक सम्पूर्ण जनताको स्वामित्वको हुनुपर्छ ।’

पूर्वमहान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले राजनीतिक अस्थिरताको चुनौतीलाई समाधान गर्न कस्तो प्रकारको निर्वाचन प्रणाली उपयुक्त हुन्छ भन्नेमा बहस गर्नुपर्ने आवश्यकता औंल्याए । महान्यायाधिवक्ता रमेश बडालले अहिले अभ्यासमा रहेको मिश्रित निर्वाचन प्रणालीलाई प्रभावकारी बनाउनेतर्फ सबै केन्द्रित हुनुपर्नेमा जोड दिए ।‘निर्वाचन प्रणालीलाई छिटोछिटो परिवर्तन गरेर अस्थिरताको खाडलमा जानुभन्दा अहिले अभ्यास भइरहेको प्रणालीभित्र अधिकतम हिसाबले बढीभन्दा बढी जनताको प्रतिनिधित्व कसरी गर्न सकिन्छ, त्यसमा ध्यान केन्द्रित गर्नुपर्छ,’ उनले भने । 

वरिष्ठ अधिवक्ता मेघराज पोखरेलले कुनै विशेष निर्वाचन प्रणालीभन्दा पनि राजनीतिक दलको राष्ट्रिय सहमतिका आधारमा सरकारको स्थिरता र विकास निर्भर हुने विचार व्यक्त गरे । पुस्तकका लेखक वरिष्ठ अधिवक्ता डा. ज्ञवालीले ठूलो संख्यामा रहेको सानुपातिक सिटको व्यवस्था अन्त्य गर्दै प्रत्यक्षतर्फ समावेशी प्रतिनिधित्व हुनेगरी निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने बताए । पुस्तकको सार बताउँदै उनले संघीयता कार्यान्वयनमा दुईवटा आवधिक निर्वाचन सम्पन्न भइसकेको स्मरण गर्दै समावेशी समानुपातिक प्रतिनिधित्व प्रणालीको कार्यान्वयनमा सीमान्तकृत वर्गको प्रतिनिधित्व कम भएको र पहुँचवालाको प्रतिनिधित्व सुनिश्चित भएको धारणा राखे ।

पुस्तकको विषयवस्तुबारे जानकारी दिँदै उनले महिला, दलित, अपांगता भएका व्यक्ति, मधेसी, मुस्लिम, आदिवासी जनजाती, थारु, अल्पसंख्यकलगायत पीडित क्षेत्रका सिमान्तकृत वर्गलाई छुट्टै निर्वाचन क्षेत्र निर्धारण गर्नु अपरिहार्य देखिएको बताए । पुस्तक पैरवी बुक हाउस प्रालिले प्रकाशन गरेको हो ।
 


प्रकाशित मिति: आइतबार, असार १, २०८२  ११:०३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP