काठमाडौं - संसदको अवरोध हटाउन तीन ठूला पार्टीको बेग्लै बैठक बस्ने तयारी छ ।भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामा दिनुपर्ने अडान विपक्षीले बनाइरहेको बेलामा माओवादीले कांग्रेस र एमालेसँग छलफल गर्न लागेको हो ।
कांग्रेस, एमाले र माओवादीको बैठकमा सदनको अवरोध हटाउन सहमतिको प्रयास हुनेछ ।कांग्रेस र माओवादीसँग बस्नुअघि प्रचण्डले विपक्षी दलसँग छलफल गर्नेछन् । अहिले नेकपा एसका अध्यक्ष माधव नेपालसँग वार्तामा छन् ।