Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • नेपाल पर्वतीय पर्यटन आकर्षक गन्तव्यः मन्त्री राई
नेपाल पर्वतीय पर्यटन आकर्षक गन्तव्यः मन्त्री राई
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ २९, २०८२

काठमाडौं - रक्षामन्त्री मानवीर राईले नेपाल पर्वतीय पर्यटनका लागि सुन्दर र आकर्षक गन्तव्य भएको बताए । गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि मन्त्री राईले नेपालमा पर्वतीय पर्यटनको अथाह सम्भावना र आर्कषक गन्तव्य भएको बताए ।

 “नेपाल सुन्दरता र पर्यटकीय दृष्टिकोणले निकै आर्कषक गन्तव्य हो,” मन्त्री राईले भन्नुभयो, “कतिपय स्थानमा म पुगेको पाएको छैन, तस्बिी हेर्दा आफैँ पुगेजस्तो लाग्यो पर्यटकको आकर्षक गन्तव्य, प्राकृतिक सुन्दरता र सम्भावना तबस्बरमा झल्किन्छ ।”मन्त्री राईले नेपालमा केही सम्भावना छैन भन्ने समूहलाई तस्बिरले धेरै सम्भावना देखाएको उल्लेख गरे । उनले भने, “नेपालमा केही छैन भन्ने प्रचार पनि गराउन खोजिएको छ, नेपालमा पर्वतीय पर्यटनका क्षेत्रमा धेरै सम्भावना छ ।”

मुलुकमा गणतन्त्रको स्थापना भएपछि सदरमुकासम्म पुगेको सडक अहिले हरेक गाउँपालिका पुगिरहेको र सूचना प्रविधिको राम्रो विकास भइरहेको उनको भनाइ थियो । “प्राकृतिक हिसावले निकै सुन्दर छ, नेपाल बस्नका लागि अत्यन्तै सुन्दर देश हो, जाडो मन पराउनेलाई चिसो, गर्मी मन पर्नेलाई गर्मी यही छ,” मन्त्री राईले भने, “सरकारले विकासका लागि पर्यटन प्रवर्द्धनमा राम्रो प्रयत्न गरेको छ, हिमाल, ताल, गुम्वा, ऐतिहासिक गाउँ, बहुभाषी, बहुजाती भएको देश हो ।”

Hardik health

मन्त्री राईले जलवायु परिर्वतनले नेपालमा ठूलो असर पारेको र त्यसका दोष विकसित देशको भएको बताए । “मुलुकको सम्भावना देखाउन राससले आयोजना गरेको तस्बिर प्रदर्शनीमार्फत जे प्रयास गरिहेको छ, यो देश र जनताको हितमा काम गरिरहेको छ,” मन्त्री राईले भने, “नेपालमा पर्याप्त सम्भावना छ भनेर प्रष्ट तस्बिरमा देखाएको छ ।”

यसअघि आजै नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा अध्ययनरत ४० जना  विद्यार्थीले तस्बिर प्रदर्शनीको अवलोकन गरेका छन् । अवलोकनपछि उक्त प्रतिष्ठानका टसि शेर्पाले राससले मुख्य काम समाचार सम्प्रेषणका साथै मुलुकका प्राकृतिक सम्पदाको प्रचारप्रसारका लागि आयोजना गरेको तबस्बर प्रदर्शनी प्रशंसनीय भएको बताए े ।

सो प्रतिष्ठानमा अध्ययनरत छात्रा जेनिफर न्यौपानेले नेपालका प्राकृतिक पर्यटकीय गन्तव्यको प्रचारप्रसारले मुुलुकको समृद्धिको टेवा पुग्ने बताए । सोही प्रतिष्ठानमा अध्ययनरत छात्र साइरस कार्कीले पर्यापर्यटनको प्रचारप्रसारमा यस तस्बिर प्रदर्शनीले योगदान गर्ने बताउँदै आगामी दिनमा डिजिटल माध्यमबाट समेत प्रचार गर्नुपर्नेमा जोड दिए । 


प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १४:५६
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र सोमबार, चैत २, २०८२
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक सोमबार, चैत २, २०८२
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’ आइतबार, चैत १, २०८२
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी संकलन
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी संकलन आइतबार, चैत १, २०८२
धार्मिक महत्वको लुङबुक गुफा
धार्मिक महत्वको लुङबुक गुफा आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP