Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती
विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ २८, २०८२

वालिङ - यहाँका एक युवाले व्यावसायिकरुपमा अकबरे खुर्सानीखेती थालेका छन्। स्याङ्जाको गल्याङ नगरपालिका–१ चौरका असिम तिवारीले स्वदेश फर्केसँगै विदेशमा सिकेको सीपको सदुपयोग गर्दै व्यावसायिकरुपमा अकबरे खुर्सानीखेती सुरु गरेका हुन् ।

दुई वर्ष रसियामा कृषि क्षेत्रमै काम गरेको अनुभव संगाल्नुभएका तिवारी आफ्नै ठाउँमा फर्केर व्यवसाय थाल्ने हुटहुटीसहित स्वदेश फर्किएका हुन् । स्वदेश फर्केको २–३ महिनापछि नै उहाँ व्यावसायिकरुपमा अकबरे खुर्सानी लगाउने योजना बनाएर अगाडि बढेका हुन्।

 “स्थानीय बजारसहित देशैभर र अन्तरराष्ट्रिय बजारमा समेत अकबरे खुर्सानीको माग उच्च रहेको पाएँ”, उनले भने, “आफूलाई कृषि क्षेत्रमा भएको अनुभव साथै खुर्सानीको बजारीकरण तथा खपत राम्रो हुने देखेर व्यावसायिक रुपमा अगाडि बढेको हुँ ।”

Hardik health

मातृभूमि कृषि तथा पशुंपक्षी फार्म दर्ता गरेर व्यवसाय थाल्नुभएका तिवारीले ३० रोपनी जमिन भाडामा लिएका छन्  । उनले भाडामा लिएको जमिनको व्यवस्थापन, मलखाद, खनजोत तथा खुर्सानीको नर्सरी आफैँ राखेर जेठको पहिलो साता खुर्सानी रोपेका हुन्  ।

“जग्गा व्यवस्थापन, जग्गा सम्झौता, आवश्यक यन्त्र उपकरण खरिद, कामदार लगायतको कामका लागि हालसम्म झण्डै रु २५ लाख लगानी भएको छ”, उनले भने , “करिब ३० रोपनी क्षेत्रफलमा झण्डै २५ हजार अकबरे खुर्सानी लगाएको छु ।” खुर्सानी उत्पादनका लागि यहाँको हावापानी उपयुक्त रहेको उनले बताए ।  जेठको पहिलो साता लगाइएको खुर्सानीले भदौ, असोजमा उत्पादन दिन्छ ।

एउटा राम्रो बोटबाट एकदेखि तीन किलोसम्म खुर्सानी उत्पादन हुने उनले बताए  । तिवारीसँगै अहिले व्यावसायिक अकबरेखेतीमा अन्य दुई जनाले पनि साथ दिएका छन्  । खुर्सानीखेतीका लागि सुरुदेखि नै नगरपालिकाका कृषि प्राविधिकले प्राविधिक सल्लाह तथा परामर्श दिने र अवलोकन गर्ने कार्य भइरहेको उनले बताए ।

“विदेशमा सिकेको सीपलाई आफ्नै ठाउँमा सदुपयोग गर्दै यहीँ स्थापित हुने लक्ष्य र उद्देश्यसहित गाउँ फर्किएको हुँ”, उनले भने, “यस वर्ष ठूलो मात्रामा अकबरेखेती थालेको र आगामी वर्षदेखि व्यवसाय विस्तार गर्दै बाख्रापालन गर्ने तयारी भइरहेको छ ।” गाउँघरमा पछिल्लो समय खेतीपाती नगरी जमिन बाँझो राख्ने क्रम बढ्दै गइरहेका बेला बाँझो जमिनको सदुपयोग गर्दै युवाले ठूलो मात्रामा थालेको व्यावसायिक अकबरेखेतीका बारेमा जान्न बुझ्न आसपासका स्थानीय फर्ममा पुग्ने गरेका छन् ।


प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १४:१८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको संघर्षपूर्ण राजनीतिक यात्रा
एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको संघर्षपूर्ण राजनीतिक यात्रा बिहीबार, पुस ३, २०८२
सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर
सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर सोमबार, मंसिर २९, २०८२
घरबासले फेरिँदै कोरिखाका महिलाको दैनिकी
घरबासले फेरिँदै कोरिखाका महिलाको दैनिकी आइतबार, मंसिर २८, २०८२
पैसठ्ठी वर्षका ऐरको ठेला व्यवसाय, स्वाभिमान र मेहेनतको जिउँदो कथा
पैसठ्ठी वर्षका ऐरको ठेला व्यवसाय, स्वाभिमान र मेहेनतको जिउँदो कथा शुक्रबार, मंसिर २६, २०८२
कमैयाबाट उद्यमीसम्मको केशव डगौराको संघर्षमय यात्रा
कमैयाबाट उद्यमीसम्मको केशव डगौराको संघर्षमय यात्रा शुक्रबार, मंसिर १९, २०८२
कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण
कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण शुक्रबार, मंसिर १९, २०८२
एकसय वर्ष पुरानो भुत्तेको जेरी पसल
एकसय वर्ष पुरानो भुत्तेको जेरी पसल बुधबार, मंसिर १७, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP