Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • आइओई र डब्ल्यूटीओ उच्च नेतृत्वसंग महासंघ अध्यक्षको भेटवार्ता
आइओई र डब्ल्यूटीओ उच्च नेतृत्वसंग महासंघ अध्यक्षको भेटवार्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २७, २०८२

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले परिवर्तित आर्थिक परिदृष्यमा नेपाल जस्ता साना मुलुकमा लगानी विस्तार एवं बजार पहँुचका विषयमा अन्तरराष्ट्रिय संस्थाहरुसंग छलफल गरेका छन्  । 

स्विजरल्याण्डको जेनेभामा सम्पन्न ११३ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अवसरमा रोजगारदाताहरुको अन्तरराष्टिय संगठन इन्टरनेशनल अर्गनाइजेशन अफ इम्पोलयर्स (आइओइ) का महासचिव रोबर्टो स्वारेज सान्तोस तथा डब्ल्यूटीओका उपमहानिर्देशक झाङ शियाङछेन्सँग भएको छुट्टाछुट्टै भेटवार्ताका क्रममा उनले नेपाल भित्र भएका लगानीका सभावना र दुवै संस्थाहरुसंगको सहकार्य तथा नेपालको अपेक्षाका बारेमा आफ्ना धारणा राखेका थिउ । 

आइओइका महासचिव रोबर्टो स्वारेज सान्तोससँगको भेटवार्ताका क्रममा उनले विकासका चुनौतीहरू पार गर्न तत्काल लगानीको खाँचो रहेको उल्लेख गरे । अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सम्पर्कलाई मजबुत बनाउन र यस क्षेत्रमा प्रयोग भइरहेका उत्कृष्ट अभ्यासहरू नेपालमा भित्र्याउन सहयोग आदान प्रदान गर्न सक्ने विचार व्यक्त गरे । 

उनले पर्यटन, जलविद्युत् र सूचना तथा सञ्चार प्रविधि जस्ता क्षेत्रहरूमा नेपालमा उल्लेखनीय लगानीका अवसरहरू उपलब्ध रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा फैलाउन सहयोग गर्न महासचिव रोबर्टो स्वारेज सान्तोससँगको आग्रह गरे । “नेपालमा लगानीका पर्याप्त सम्भावना छन् । भारत र चीनजस्ता दुई विशाल अर्थतन्त्रहरूबीच अवस्थित नेपाल ३ अर्ब जनसंख्याको बजारमा उत्पादन र निर्यातका लागि उपयुक्त स्थान भएकाले अन्तरराष्टिय लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्दछु ” उनले भने । 

Hardik health

अध्यक्ष ढकालले आइओइ र महासंघसँगको सहकार्यमार्फत नीति संवाद, सामाजिक संवाद तथा संस्थागत क्षमताको सुदृढीकरणमा दिएको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे । उनले आइओइसँगको सहकार्यले नेपाली रोजगारदाताहरुलाई विश्वव्यापी मञ्चहरूमा आफ्ना विचार प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै तालिम र अनुसन्धान पहुँच बढाएको उल्लेख गरे । 

सो अवसरमा बोल्दै आइओइका महासचिव रोबर्टो स्वारेज सान्तोसले महासंघ आइओइको पुरानो र क्रियाशलि सदस्य रहेको उल्लेख गर्दै महासंघले अन्तरराष्ट्रिय स्तरका निर्वाह गरेको भूमिका र सहकार्यको प्रसंशा गर्नु भयो । उनले आगामी दिनमा पनि थप सहयोग र सहकार्यका लागि आइओइ सधैं तयार रहेको बताए  ।

यसैगरी सम्मेलनको क्रममा महासंघका अध्यक्ष ढकालले विश्व व्यापार संगठन (डब्ल्यूटीओ) का उपमहानिर्देशक झाङ शियाङछेन्सँग पनि बेग्लै भेटवार्ता गरे । उक्त भेटमा उनले नेपालले अन्तर्राष्ट्रिय व्यापार प्रणालीमा भोगिरहेका केही संरचनात्मक चुनौतीहरूबारे चर्चा गरे ।

सन् २०२६ सम्म नेपालले अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति गर्ने प्रक्रियाको सन्दर्भमा डब्ल्यूटीओले अन्तरिम अवधिमा शुल्क तथा कोटामुक्त पहुँच कायम राख्ने निर्णयलाई अध्यक्ष ढकालले स्वागत गरे । तर, उनले नेपाललाई अन्तर्राष्ट्रिय मापदण्डहरू पुरा गर्न सक्ने बनाउने प्रविधि, ज्ञान र स्रोतमा आधारित प्राविधिक सहायता र सन्धिहरू कार्यान्वयनका लागि लचकता उपलब्ध गराउन डब्ल्यूटीओसँग विशेष अनुरोध गरे ।

“एलडीसी ग्रयाजुयशनको विषय राष्ट्रिय गौरवको विषय भएपनि निःशुल्क र कोटामुक्त बजार पहुँचजस्ता सुविधाहरू गुम्दा साना तथा मझौला उद्यमहरू विशेष प्रभावित हुने सम्भावना छ । तसर्थ अन्तराष्टिय श्रम संगठन (आइएलओ) र संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालका पक्षमा न्यायोचित र सहयोगमूलक रूपान्तरणको वकालत गर्न म आइओइसँग आग्रह गर्दछु । ढकालले भन्नुभयो । ”

उनले विकशित राष्ट्रहरूले कृषि क्षेत्रमा दिने अत्यधिक अनुदानका कारण नेपाली कृषकहरू प्रतिस्पर्धाबाट पछाडि परेको बताए । (डब्ल्यूटीओ) अन्तर्गतका स्यानिटरी र फाइटोस्यानिटरी ( एसपीएस) तथा प्राविधिक अवरोध (टीबीटी) सन्धिहरूमा उल्लेखित उच्च मापदण्डहरू पूरा गर्न नेपाली साना उत्पादकहरूलाई कठिन भइरहेको बताए । “भन्सार प्रक्रियाको जटिलता, आयात अनुमति तथा कोटाजस्ता गैर–शुल्कीय अवरोधहरूले हाम्रा निर्यातलाई अझै पनि बाधा पुर्‍याइरहेका छन् । ” उनले भन्नुभयो । डब्ल्यूटीओको प्रतिबद्धताअनुसार गरिएको भन्सार महसुल कटौतीले सरकारको राजस्व घटाएको, जसले आधारभूत पूर्वाधार, स्वास्थ्य र शिक्षामा लगानी गर्न कठिन बनाएको भन्दै उनले थप सहयोगको आवश्यकता औंल्याए ।  

भेटवार्ताका अवसरमा विश्व व्यापार संगठन (डब्ल्यूटीओ) का उपमहानिर्देशक झाङ शियाङछेन्ले डब्ल्यूटीओ नेपालको आर्थिक क्षेत्रको विकास, अन्तररार्ष्ट्रिय व्यापार प्रवद्र्धन र क्षमता विस्तारमा निरन्तर सहयोग गर्ने बताए । भेटवार्ताका अवसरमा महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति  ज्योत्सना श्रेष्ठ र महासंघका कार्यकारिणी सदस्य बाबुकाजी कार्कीको पनि सहभागिता रहेको थियो ।


प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १७:०७
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो बुधबार, साउन २०, २०८३
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP