Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • ११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकालको सम्बोधन लगानी सहजीकरण र औपचारिकीकरणमा भएको प्रगति प्रस्तुत
११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकालको सम्बोधन लगानी सहजीकरण र औपचारिकीकरणमा भएको प्रगति प्रस्तुत
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ २६, २०८२

काठमाडौं -नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताउनु भएको छ । स्वीट्जरल्याण्डको जिनेभामा आयोजित ११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालले गरेको पछिल्ला सुधारहरु प्रस्तुत गरे । 

सम्मेलनका क्रममा रोजगारदाताहरुको तर्पmबाट सोमबार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानीका लागि भएका कानुनी सुधार र नेपालमा रहेका अवसरकाबारे विश्व समुदायलाई जानकारी गराए । सम्मेलनमा विश्वका करिब १८७ मुलुकका सरकार, रोजगारदाता एवं ट्रेड युनियनका प्रतिनिधिहरु सहभागी छन् । नेपालमा रोजगारदाताको संस्थाको रुपमा रहेको महासंघका अध्यक्ष ढकालले नीतिगत सुधारसंगै नेपालको भौगर्भिक विविधता एवं भौगोलिक अवस्थितिले लगानीको पर्याप्त अवसर रहेको जानकारी गराए । 

महासंघको आग्रहमा करिब ३० वटा लगानी सम्वद्ध कानुनमा परिमार्जन गरिएको र द्धिपक्षीय लगानी सम्झौताको खाका तयार भएको जानकारी गराउँदै अध्यक्ष ढकालले नेपालमा अवसर खोज्न सहभागीहरुमा आग्रह गरे ।  ‘नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको छ,’ उनले भने, ‘तर पनि भारत चीन लगायतका मुलुकमा नेपाली उत्पादनको भन्सार रहीत सुविधा कायमै रहने हुँदा नेपालमा थप अवसर कायमै रहनेछ ।’ उनले नेपालको भौगोलिक अवस्थितिका कारण कृषिजन्य उत्पादन, जलविद्युत, पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना र अवसरहरु रहेको बताए ।

Hardik health

यसैगरी अर्थतन्त्रको औपचारिकीकरणमा नेपालले गरिरहेको प्रयासको विश्व मञ्चमा प्रसंशा भएकोमा अध्यक्ष ढकालले खुशी व्यक्त गरे। औपचारिक अर्थतन्त्र विस्तारका लागि नवीन सोच सहित काम गरेकोमा अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) ले नेपाल, जिम्बाव्वे, कोट डे भाँ, युरुग्वे र नामिबियाको प्रसंशा गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ ।

नेपालको अर्थतन्त्रको औचारिकीकरणका लागि महासंघ, ट्रेड युनियन र सरकारले समिति बनाएर काम गरिरहेको समेत अध्यक्ष ढकालले बताए ।  यस्तै अध्यक्ष ढकालले प्राइभेट इक्विटी, भेन्चर क्यापिटल र जलवायु वित्तमा अन्तर्राष्ट्रिय सहभागिताका लागि आग्रह गरे।हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नभएपनि नेपालका हिमाल पग्लिँदै गएको तथा हिमाल संरक्षणमा नेपालले खेलेको भूमिकाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराउँदै उहाँले पहाडी र टापु राष्ट्रहरूका लागि बजार पहुँच, वित्तीय सहायता र विकास सहयोगमा विशेष समर्थनको आवश्यकतामा जोड दिने ।  

सम्मेलनमा अध्यक्ष ढकालले महासंघ सम्मानजनक रोजगारी सिर्जना र आर्थिक बृद्धिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्नुका साथै लगानीकर्ताहरूलाई सहयोग गर्न महासंघले एफडीआई सहायता डेस्क स्थापना गरेको समेत जानकारी दिए। यस्तै उनले कामदारहरूसँग द्विपक्षीय सहकार्यलाई सुदृढ गर्न समझदारीपत्रमा हस्ताक्षर गरेको बताए। अध्यक्ष ढकालले महासंघ नेपाल र विश्वको लागि राम्रो आर्थिक भविष्य निर्माण गर्न विश्वव्यापी साझेदारहरूसँग काम गर्न तयार रहेको समेत बताए।


प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १७:२५
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो बुधबार, साउन २०, २०८३
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP