Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • ‘पर्वतीय पर्यटन प्रवर्द्धनमा राससको तस्बिर प्रदर्शनी उपयोगी’
‘पर्वतीय पर्यटन प्रवर्द्धनमा राससको तस्बिर प्रदर्शनी उपयोगी’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ २६, २०८२

काठमाडौं -  नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष निमानुरु शेर्पाले राससको तस्बिर प्रदर्शनीले पर्वतीय पर्यटन प्रवर्द्धनका निम्ति महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि अध्यक्ष शेर्पाले तस्बिर हेरेपछि जो कोहीलाई पनि गन्तव्यमा पुग्न प्रेरित गर्ने बताए  ।

अध्यक्ष शेर्पाले भने, “राससको तस्बिर प्रदर्शनी अवलोकन गर्दा एकपटक जो कोहीलाई ती गन्तव्यमा पुग्नैपर्ने प्रभाव पर्छ फेरि जाउँ–जाउँ लाग्ने रहेछ । पूर्वदेखि पश्चिमसम्मका आकर्षक हिमालय क्षेत्रलाई समेटेर प्रदर्शनी गरिएको रहेछ । तस्बिर सङ्कलन एकदमै राम्रो लाग्यो । महत्वपूर्ण फोटो प्रदर्शनी अवलोकन गर्ने अवसर जुराई दिएकामा रासस परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु । ”

उनले प्रदर्शित तस्बिरहरुले महत्वपूर्ण ठाउँहरुमा मानिसलाई प्रत्यक्ष साक्षात्कारको अनुभूति दिलाउने किसिमको रहेको भन्दै यसले समग्र पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे  । “हामीले बोल्दा र कुराकानी गर्दा मात्रै हिमालको कुरालाई महत्व दिएका छौँ”,उनले भने, “ती हिमाललाई अझ बढी व्यवस्थित गर्दै पर्यटकीय गन्तव्यका रुपमा विकास र प्रवर्द्धन गर्न सबै लाग्नुपर्छ । गन्तव्यमा पुग्ने सडक सञ्जाल, हवाई सम्पर्क सञ्जाल विस्तार र आधारभूत पर्यटकीय पूर्वाधार विकास गर्नेतर्फ सरकारले लगानी गरेर  गरेर गन्तव्य प्रवर्द्धन गर्न सकेको खण्डमा नेपालको भविष्य सुन्दर छ ।”

Hardik health

एनएमएका अध्यक्ष शेर्पाले हिमाल र हिमाल आरोहीसम्बन्धी गतिविधिलाई प्रवर्द्धनका लागि राससले गरेको यो योगदान महत्वपूर्ण रहेका उल्लेख गर्दै यसका लागि सङ्घ, समग्र हिमाली समुदाय र व्यक्तिगत रुपमा हार्दिक धन्यवाद दिए । एनएमएका महासचिव मोहन लम्सालले पर्वतीय पर्यटन प्रवर्द्धनका लागि राससले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।उनले भने, “एनएमएको टिमलाई बोलाएर माउन्टेन टुरिजमसम्बन्धी तस्बिरहरु देख्न पाउँदा गर्व लाग्यो । गर्वलायक तस्बिर प्रदर्शनीमा राखिएका छन् । यस्ता किसिमका कार्यक्रम एनएमए, राससलगायत संस्थाले संयुक्त रुपमा गर्न सकिन्छ । राससको यो सराहनीय कार्यको म खुरेर प्रशंसा गर्न चाहन्छ ।”
 
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको तस्बिरले नेपालका हिमालको महत्व र यसको सौन्दर्यता उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले गणतन्त्र प्राप्तिपछि केही भएको छैन भन्ने भाष्यलाई चिर्न प्रदर्शनी सान्दर्भिक हुने उल्लेख गरे । तस्बिर अवलोकनका लागि एनएमएका अध्यक्ष शेर्पा, वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डे र महासचिव मोहन लम्साल रासस केन्द्रीय कार्यालय आउनुभएको थियो । यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् ।


प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १५:०४
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पर्यटकको आकर्षक केन्द्र बन्दै जुम्लाको ‘आकासे ताल’
पर्यटकको आकर्षक केन्द्र बन्दै जुम्लाको ‘आकासे ताल’ बिहीबार, कात्तिक १३, २०८२
मुगुको कोइकी हिमालमा पहिलो पटक सफल आरोहण
मुगुको कोइकी हिमालमा पहिलो पटक सफल आरोहण बिहीबार, कात्तिक १३, २०८२
उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न प्रशासनको आग्रह
उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न प्रशासनको आग्रह बिहीबार, कात्तिक १३, २०८२
अब सरर पोखरा–मुग्लिन सडकमा
अब सरर पोखरा–मुग्लिन सडकमा बिहीबार, कात्तिक १३, २०८२
ओझेलमा भोर्नागीको प्रसिद्ध ‘सत्यदेवी देवस्थल’
ओझेलमा भोर्नागीको प्रसिद्ध ‘सत्यदेवी देवस्थल’ बिहीबार, कात्तिक १३, २०८२
रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए
रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए बुधबार, कात्तिक १२, २०८२
‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : सेना
‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : सेना बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP