Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #भेडाच्याङ्ग्रा
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #आईसीटी
Search Here
समाचार
  • Home
  • समाचार
  • एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ २६, २०८२
एरलिफ्ट टेक्नोलोजी प्रा.लि. का सह-संस्थापक राज बिक्रम महर्जन र मिलन पाण्डे

काठमाडौं -   संसारकै सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एउटा ऐतिहासिक सफलता हात परेको छ। नेपाली ड्रोन कम्पनी एरलिफ्ट टेक्नोलोजी प्रा.लि. ले सगरमाथा क्षेत्रमा २०,१११.५५ फिट (६,१३० मिटर) को उचाइमा ड्रोन उडाएर नयाँ कीर्तिमान कायम गरेको हाे ।

Drone-new-age-for-mountain-1749450851.JPG

उक्त ड्रोनले एभरेष्टबाट ३२ किलोग्राम तौल बोकेको कम्पनीका सह-संस्थापक मिलन पाण्डेले बताएका छन् । उनका अनुसार नेपालमा ड्रोनले उडाएर बोकेको उक्त ताैल  भारतको अघिल्लो कीर्तिमानलाई पार गरेको हो। भारतको Bon V Aero ले उमलिंग ला पास, लद्दाख मा ३० किलोग्राम तौल सहित १९,०२४ फिटसम्म उडाएको थियो ।

कम्पनीका सह-संस्थापक पाण्डेले भने, “यो सफलता विश्वको कुनै पनि भूभागमा अहिलेसम्म सम्भव भएको थिएन।” एरलिफ्टले यसअघि २०२४ मा सगरमाथामा ५,९०० मिटर र अमादब्लममा ६,१०० मिटर उचाइमा ड्रोन उडाइसकेको थियो।

Hardik health

drone-lift-eb-1749450193.jpg

खुम्बु क्षेत्रमा एरलिफ्टले सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) र खुम्बु पासाङ ल्हमु गाउँपालिकासँग २०८१ सालको साउनमा सम्झौता गरेर फोहोर व्यवस्थापनको लागि ड्रोन प्रविधिको प्रयोग आरम्भ गरेको हो।

 

gabage-uplifting-1749450852.JPG

 

गत वर्ष परीक्षणको क्रममा, कम्पनीले DJI FlyCart ड्रोन प्रयोग गरी सगरमाथा आधार शिविरदेखि क्याम्प १ सम्म १५ उडान सञ्चालन गर्‍यो र २३४ किलोग्राम फोहोर संकलन गरेकाे थियाे । यस्तै, अमादब्लममा २०८१ को हिउँदे आरोहण सिजनमा क्याम्प २ सम्म पुगेर ६४१ किलोग्राम फोहोर हटाइएको थियो।

 

drone--lift-garbage-at-everest-1749450833.JPG


आरोहण सामग्रीको ढुवानी
२०८२ सालको वसन्तकालीन सिजनमा एरलिफ्टले सगरमाथामा रुट फिक्सिङ उपकरणहरूको ढुवानीमा समेत सहयोग पुर्‍यायो। आधार शिविरदेखि माथिल्लो शिविरसम्म दैनिक ३०० किलोग्रामसम्म सामान पुर्‍याइएको कम्पनीले जनाएको छ।

“हाम्रा तथ्यांक अनुसार, हालसम्म हामीले २.५ टन आरोहण सामग्री माथिल्लो शिविरमा पुर्‍याएका छौं र फर्कँदा केही फोहोर पनि ल्याएका छौं,” पाण्डेले जानकारी दिए।

 

drone-at-everst-1749450833.JPG

 

भविष्यका सम्भावना
यस सफलताको आधारमा मनास्लु संरक्षण क्षेत्र परियोजना र अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनाले पनि उच्च स्थानहरूमा फोहोर व्यवस्थापन तथा कृषि उत्पादनको ढुवानीमा एरलिफ्टसँग सहकार्य सुरु गरिसकेका छन्। त्यस्तै, Cimex BYD ले एरलिफ्टसँग सहकार्य गर्दै नेपालभरिका हिमाली क्षेत्रबाट १,००० किलोग्राम फोहोर हटाउने राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। यो कीर्तिमानी उडानले उच्च हिमाली क्षेत्रमा ड्रोन प्रविधिको सम्भावना देखाएको छ, जसले दुर्गम क्षेत्रमा पर्यावरण संरक्षण र लजिस्टिक व्यवस्थापनमा क्रान्ति ल्याउने संकेत दिएको छ।

 


प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस
ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस सोमबार, भदौ ३०, २०८२
व्यावसायिक सुरक्षा सुनिश्चित गर्न पर्यटन व्यवसायीको माग
व्यावसायिक सुरक्षा सुनिश्चित गर्न पर्यटन व्यवसायीको माग आइतबार, भदौ २९, २०८२
महभिर झरना : पर्यटकको मन रमाउने जलधारा
महभिर झरना : पर्यटकको मन रमाउने जलधारा आइतबार, भदौ २९, २०८२
कालीगण्डकीमा  पर्वत र बागलुङ जोड्न नयाँ पुल बन्दै
कालीगण्डकीमा पर्वत र बागलुङ जोड्न नयाँ पुल बन्दै शुक्रबार, भदौ २७, २०८२
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित बिहीबार, भदौ २६, २०८२
‘गुणस्तरीय पर्यटकीय सेवाको सुनिश्चित गरिनुपर्छ’, उपसभामुख राना
‘गुणस्तरीय पर्यटकीय सेवाको सुनिश्चित गरिनुपर्छ’, उपसभामुख राना सोमबार, भदौ २३, २०८२
होस्टल व्यवसायी संघ काठमाडौं जिल्ला कार्यसमितिकाे नयाँ नेतृत्व चयन
होस्टल व्यवसायी संघ काठमाडौं जिल्ला कार्यसमितिकाे नयाँ नेतृत्व चयन सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP