Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आफ्नै भवन बनाउन राज्यकोषबाट करोडौं बजेट विनियोजन
सुशासनको नारा घन्काउने कांग्रेस आफ्नै भवन बनाउन राज्यकोषबाट करोडौं बजेट विनियोजन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ २६, २०८२
  •  उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकासमन्त्री प्रकाशमान सिंहमार्फत काठमाडौंमा तरुण दलको भवन बनाउन तीन करोड छुट्याउन सफल
  •  नेपाली कांग्रेस दोलखाको भवन बनाउन बागमती प्रदेश सरकारबाट चार करोड विनियोजन, दुई करोड १४ लाखमा ठेक्का

काठमाडौं– सुशासन र पारदर्शिता नेपाली कांग्रेसले सरकारमा आएदेखि घन्काउँदै आएको नारा हो । कांग्रेसका शीर्ष नेताहरु यही नारा उछाल्दै अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले ठीकसँग शासन नगरेको आरोप लगाउँदै आएका थिए ।

कांग्रेस संस्थापनइतरका नेता डा. शेखर कोइराला सत्ताको आलोचना गर्दै आएका नेतामध्ये एक पर्छन् । शनिबारमात्र कोइरालाले भक्तपुर पुगेर सत्ताको चाबी कांग्रेससँग नरहेको तर्क अघि सारेका थिए । ‘सरकार र सत्ता फरक कुरा हुन् । हामी सरकारमा छौं । नेपाली कांग्रेस सरकारमा छ । तर सत्ताको चाबी हामीसित छैन,’ कोइरालाले भनेका थिए ।

उनै कोइरालाको दल कांग्रेसले भने सरकारको ढुकुटीको रकम आफ्नो दलको कार्यालय र भ्रातृ संगठनको भवन बनाउन छुट्याउन सफल भएको छ । एमालेसँग सत्तामा रहेको कांग्रेसले संघीय सरकारदेखि प्रदेश सरकारबाट दलीय भवन बनाउन बजेटबाट करोडौं छुट्याएको हो । सबैभन्दा पहिले त उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकासमन्त्री प्रकाशमान सिंहमार्फत तरुण दलको भवन बनाउन तीन करोड रुपैयाँ छुट्याउन सफल भएको हो ।

Hardik health

काठमाडौंको रविभवनमा कांग्रेसको भ्रातृ संगठनको भवन बनाउन बजेट पाएकोमा तरुण दलका अध्यक्ष विद्धान गुरुङले विज्ञप्ति नै जारी गरेर सभापति शेरबहादुर देउवा र मन्त्री सिंहलाई धन्यवाद दिएका थिए । विज्ञप्ति आएसँग सामाजिक सञ्जालमा चर्को विरोध सुरु भएपछि तरुण दलले अर्को विज्ञप्ति जारी गर्दै त्यसको बचाउ गरेको थियो । सच्याएको विज्ञप्तिमा उक्त बजेट गणेशमान सिंह स्मृति भवनका लागि भएको बताइएको छ । 

‘नेपाल तरुण दलको आग्रहमा गणेशमान सिंह स्मृति भवनका लागि तीन करोड रुपैयाँ विनियोजन भएकोमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहज्यूप्रति आभार व्यक्त गर्दछौं,’ शनिबार जारी गरेको विज्ञप्तिमा थप भनिएको छ, ‘युवाहरूको सशक्तीकरण, क्षमता विकास र सीपयुक्त तालिम सञ्चालनसहित नेतृत्व विकासका लागि सो भवनले योगदान पुग्ने विश्वास लिएका छौं । युवाहरूको हकहित, क्षमता विकास र प्रतिभा प्रवद्र्धनका लागि तरुण दलको आग्रहमा भवनका लागि बजेट विनियोजन भएको विषयलाई अन्यथा ढंगबाट गलत प्रचार नगरिदिनुहुन अनुरोध गर्दछौं ।’

कांग्रेस नेता सिंहले आफ्ना बुवा गणेशमानको नाममा देशका विभिन्न ठाउँमा भवन तथा पार्कहरु बनाउन सरकारबाट बजेट विनियोजन गर्दै आएका छन् । काठमाडौंका विभिन्न स्थानमा गणेशमान सिंह प्रतिष्ठानबाट यस्ता बजेटहरु माग गर्ने र बजेट छुट्याउने काम विगतबाटै जारी छ । यसपटक तरुण दलले पनि यही नाममा आफ्नो भवन बनाउन बजेट माग गरेको देखिन्छ । 

दोलखामा कांग्रेस भवनका लागि दुई करोड
संघमा भ्रातृ संगठनका लागि बजेट दिएको कांग्रेसले बागमती प्रदेशको अर्थ मन्त्रालयबाट दोलखाको पार्टी कार्यालयका लागि दुई करोड १४ लाख रुपैयाँबराबरको ठेक्का सम्झौता गरेको छ । चार करोड रुपैयाँ बजेट विनियोजन भएकोमा बिपी स्मृति भवनको नाममा बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन कार्यालय काभ्रेले दुई करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको हो ।

सहरी विकास तथा भवन कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकले गत चैतको १५ गते भवन निर्माणका लागि टेण्डर आह्वान गरेको थियो । जेठ ९ गते पिआर÷यांग्रा÷डाइनामेट जेभी कम्पनीसँग दुई करोड १४ लाख ८९ हजार रुपैयाँ लागतमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको सहरी विकास तथा भवन कार्यालयले जनायो । दोलखाको भीमेश्वर नगरपालिका–६ मा बिपी स्मृति भवन नाममा बन्न लागेको भवन सम्झौता भएको मितिले १८ महिनाभित्र काम सम्पन्न गरिसक्नुपर्ने छ ।

ठेक्का सम्झौता भएसँगै जेठ १७ गते कांग्रेस दोलखाले भवनको शिलान्यास कार्यक्रम आयोजना गरेको थियो । भवनको शिलान्यास कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले गरेका थिए । बागमती प्रदेशका अर्थमन्त्री कुन्दनराज काफ्लेका सिटौला गुटका नेता हुन् । उनैको पहलमा बजेट परेकाले सिटौलालाई भवन शिलान्यासको मौका दिइएको कांग्रेस दोलखाका सभापति बर्मा लामाले बताए ।
 


प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  ०९:४४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP