Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • बीमा प्रतिविम्बको दोस्रो संस्करण सार्वजनिक
बीमा प्रतिविम्बको दोस्रो संस्करण सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २५, २०८२

काठमाडौं - नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मका बीमा क्षेत्रका मुख्यमुख्य तथ्यांकको विश्लेषणसहित बीमा प्रतिविम्बको दोस्रो संस्करण सार्वजनिक गरेको छ । यस संस्करणमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म जारी बीमालेख सङ्ख्या, प्रदेशगत रूपमा बीमालेख सङ्ख्या, बीमाशुल्क संकलन, बीमा दाबी भुक्तानी विवरण, जीवन बीमाको पहुँचजस्ता विषय समेटिएको छ ।

यस्तै, बीमकको वित्तीय अवस्था, समर्पण तथा व्यतित विवरण, बीमकका शाखा कार्यालय तथा कर्मचारी विवरणलगायत बीमा क्षेत्रका समग्र सूचकांक विश्लेषणसहित प्रस्तुत गरिएको छ । उक्त सामग्रीमा नेपालको बीमा क्षेत्रले गत वर्षभर उल्लेखनीय प्रगति हासिल गरेको जानकारी दिइएको छ । यस्तै बीमा शुल्क संकलन, बीमालेख जारी र दाबी भुक्तानीमा सकारात्मक वृद्धि देखाएको छ । यसले देशको आर्थिक विकासमा बीमा क्षेत्रको महत्त्वपूर्ण योगदानलाई उजागर गरेको छ ।

चालु आर्थिक वर्षको गत वैशाख मसान्तसम्ममा जीवन बीमा क्षेत्रले १५ दशमलव ५५ प्रतिशतले वृद्धि हासिल गर्दै रु एक खर्ब ४० अर्ब ३५ करोड बीमा शुल्क संकलन गरेको छ । कुल बीमा शुल्क संकलन रु एक खर्ब ७६ अर्ब २२ करोड पुगेको छ, जुन गत वर्षको तुलनामा १४ दशमलव ०३ प्रतिशतले बढी हो । दाबी भुक्तानीतर्फ जीवन बीमामा दाबी भुक्तानीको सङ्ख्या दुई लाख १८ हजार ९५१ रहेको छ । जसअन्तर्गत रु ४८ अर्ब ९५ करोड भुक्तानी भएको छ । गत आवको वैशाख मसान्तसम्मको तुलनामा दाबी भुक्तानी सङ्ख्या र रकममा केही कमी आएको देखिन्छ ।
 
साथै, ५३ हजार ४८१ वटा दाबीअन्तर्गत रु चार अर्ब ४५ करोड भुक्तानी हुन बाँकी छ । निर्जीवन बीमातर्फ गत वैशाख मसान्तसम्म कुल एक लाख १३ हजार ९३७ वटा दाबी भुक्तानी भएको छ । जसअन्तर्गत रु १२ अर्ब ५८ करोड भुक्तानी भएको छभने रु ३० अर्ब ३३ करोड बराबरको कुल एक लाख पाँच हजार ६२० वटा दाबी सङ्ख्या भुत्तानी हुन बाँकी छ । 

Hardik health

गत वैशाख मसान्तसम्म ८८ हजार ६३५ बीमालेख समर्पण भएका छन् । जसअन्तर्गत रु १२ अर्ब २७ करोड समर्पण रकम छ । त्यसैगरी, १२ लाख ५४ हजार ४७८ बीमालेख व्यतित भएका छन्, व्यतित बीमालेखको रकम रु ३६ अर्ब ८६ करोड छ । बीमा शुल्क संकलन, बीमालेख जारी र कर्मचारी सङ्ख्यामा वृद्धिले यस क्षेत्रको विस्तार र जनताको विश्वास बढाएको छ । तर, दाबी भुक्तानीमा रहेको ढिलाइ र केही प्रदेशमा सेवा पुग्न नसक्ने चुनौती अझै पनि रहेको प्राधिकरणको दाबी छ ।


प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  ०९:१९
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
बागमती प्रदेश सरकारद्वारा छ महिनामा  १७ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन
बागमती प्रदेश सरकारद्वारा छ महिनामा  १७ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन सोमबार, माघ ५, २०८२
मेची भन्सारबाट छ महिनामा रु. सात अर्ब १९ करोडको अलैँची निर्यात
मेची भन्सारबाट छ महिनामा रु. सात अर्ब १९ करोडको अलैँची निर्यात सोमबार, माघ ५, २०८२
कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून
कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून आइतबार, माघ ४, २०८२
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती बिहीबार, माघ १, २०८२
बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३८, खर्च ३५ प्रतिशत
बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३८, खर्च ३५ प्रतिशत बिहीबार, माघ १, २०८२
चिसापानी बजारको सडक निर्माण तीव्र
चिसापानी बजारको सडक निर्माण तीव्र बिहीबार, माघ १, २०८२
बैंकहरूको औसत ब्याजदर माघमा घट्याे
बैंकहरूको औसत ब्याजदर माघमा घट्याे बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP