Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कोरोना कहर : तराईमा संक्रमित, पहाडमा त्रास
कोरोना कहर : तराईमा संक्रमित, पहाडमा त्रास
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २४, २०७६
Hardik health
डोटी, २४ चैत । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरका तीन जनामा कोभिड–१९ को संक्रमण देखिएपछि यहाँका अन्य जिल्लामा त्रास बढ्न थालेको छ । भारतबाट काम गरी फर्किएका नागरिकमा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि यहाँका पहाडी जिल्ला डोटी, अछाम, बझाङ, बाजुरा, बैतडी, दाुर्चला र डडेल्धुराका स्थानीयमा त्रास बढ्न थालेको हो । यहाँका पहाडी जिल्लाबाट कामका लागि वर्षेनी बढीभन्दा बढी स्थानीयवासी भारततर्फ जानेको गरेको र अहिले पनि कामका लागि भारततर्फ गएका नेपालीहरु सीमावर्ती विभिन्न नाकाबाट फर्किने क्रम जारी राखेकाले स्थानीयवासीमा त्रास बढ्न थालेको दिपायल पिपल्लाका स्थानीयवासी किरण भण्डारीले बताए । उनले भने, ‘भारतबाट आएकामा कोरोना देखिन थाल्यो, हाम्रो गाउँका पनि धेरै जना भारतबाट आएका छन्, गाउँमा कोरोना आएको छ की भन्ने चिन्ता लाग्दै छ ।’ सुदूरपश्चिम प्रदेशमा शनिबार देखिएका संक्रमितमध्ये दुई कैलाली र एक कञ्चनपुर जिल्लाका रहेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । संक्रमितमध्ये दुईजना भारतबाट रोजगारी गरेर फर्किका युवा भएकाले उनीहरुको साथमा आएका अन्य नागरिकमा पनि कोरोनाको सङ्क्रमण भएको हुनसक्ने आशंकामा डोटीका गाउँमा त्रास फैलिने अवस्था सिर्जना भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए । ‘हुलका हुल मान्छे भारतबाट आएका छन्, कसैमा कोरोना देखिन थालेको छ, त्यही कारणले पनि अन्य नागरिकमा चिन्ता बढ्न थालेको हो ।’ संक्रमणको पुष्टि भएका कैलालीका २१ वर्षीय युवा चैत ११ गते लकडाउनपछि गौरीफण्टामा थुनिएका ९९९ मध्येका एक भएको खुल्नमा आएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । उनीहरुसँगै डोटी आएका केही व्यक्तिलाई जिल्लामा स्थापना गरिएका क्वारेन्टाइनमा राखिएको भए पनि सबै नागरिक क्वारेन्टाइनमा नभएका कारण पनि समस्या हुनसक्ने भन्दै यहाँका पहाडी जिल्लामा त्रास बढ्न थालेको स्थानीयवासी बताउँछन् । डोटीमा मात्रै चैत ११ गते यता भारतबाट आएका ४३४ जना क्वारेन्टाइनमा छन् । लकडाउनभन्दा अगाडि आएका सयौँ युवा गाउँगाउँ पसिसकेका छन् । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले लकडाउनभन्दा पहिले जिल्ला प्रवेश गरेका नागरिकको खोजी कार्य गरी क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको बताए । उनले भने, ‘लकडाउनभन्दा पहिले जिल्ला प्रवेश गरेकाको खोजीकार्य शुरु गरेका छौँ, सबैलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने छौँ ।’ जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन तथा रोकथामका लागि सम्पूर्ण तयारी पूरा गरिसकेकाले कोही कसैले डराउनुपर्ने अवस्था नरहेको प्रजिअ पौडेलले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  ०६:५५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP