Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • सकियो ‘हिमालयन ट्राभल मार्ट’
दिगो पर्यटन विकासका लागि सामूहिक रणनीति बनाउने  सकियो ‘हिमालयन ट्राभल मार्ट’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ २३, २०८२

काठमाडौं - दिगो पर्यटन विकासमा हिमालय मुलुकहरूबीच सामूहिक प्रयास तथा अन्तरराष्ट्रिय रूपमा गन्तव्य प्रवर्द्धनको रणनीतिलाई फराकिलो बनाउने निष्कर्षसहित अन्तरराष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट (एचटीएम)’ को पाँचौँ संस्करण काठमाडौँमा बिहीबार सम्पन्न भएको छ ।

यही जेठ २० देखि २२ गतेसम्म भएको पर्यटन मार्टमार्फत विश्वव्यापी पर्यटन र आतिथ्य संस्थाहरू, पेशेवर र उद्योगका विविध क्षेत्रमा संलग्न व्यक्तिबीच अनुपम सम्पर्क सञ्जाल स्थापित गरी व्यावसायिक अवसर र मूल्यवान उद्योग अन्तरदृष्टिलाई बढावा दिने विश्वास लिइएको छ ।

नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले नेपाल एयरलाइन्सलगायत अन्य प्रमुख पर्यटन सङ्घसंस्था र राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका साझेदार संस्थासँगको सहकार्यमा मार्ट आयोजना गरेको हो । मार्टमा ३० भन्दा बढी मुलुकबाट १०० भन्दा बढी विदेशी पाहुनासहित पर्यटनकर्मी, सरोकारवाला गरी सात सय प्रतिनिधिको सहभागिता थियो ।

Hardik health

मार्टको ठमेलस्थित एलओडी नाइट क्लबमा आयोजित एक कार्यक्रमकाबीच समापन गरिएको हो । मार्टमा सहभागी पाहुनाले विभिन्न साङ्गीतिक प्रस्तुतिका साथै डिजेको बेजोड प्रस्तुतिको आनन्द लिएका थिए । कार्यक्रममा मार्टमा सहभागी विदेशी प्रतिनिधिसहित पाटा नेपालका अध्यक्ष खेम लकाई, नेपाल वायुसेवा निगमका संथागत निर्देशक अनिल घिमिरे, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत, पर्यटन व्यवसायीलगायतको उपस्थिति थियो ।

मार्टमा ‘माउन्टेन माइलस्टोन र मोमेन्टम’ विषयमा सम्मेलन तथा पर्यटनका विविभन्न विषयमा समूहगत छलफल गरिएको थियो । बोल्ने विज्ञहरूले पर्यटन उद्योगको विकासका लागि एकीकृत प्रयास र अभ्यासका माध्यमबाट अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले अनुपम प्राकृतिक सुन्दरता र भौगोलिक विविकतायुक्त नेपालको अथाह पर्यटकीय सम्भावनाको उजागर गरी विश्वभरका पर्यटक आकर्षण गर्न समन्वय र सहकार्य जरूरी भएको खाँचो औँल्याए ।

मार्टका संयोजक एवं पाटाका महासचिव नरेन्द्रदेव भट्टले अन्तरराष्ट्रिय स्रोत बजारहरूमा सशक्त सम्बन्ध सञ्जाल स्थापित गराई नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले पर्यटन मेला आयोजना गरिएको बताउनुभयो । सन् २०१७ देखि प्रत्येक वर्ष जुन महिनामा आयोजना हँुदै आएको एचटीएम नेपालको प्रमुख अन्तरराष्ट्रिय पर्यटन व्यापार मेला हो । कार्यक्रमले विश्वव्यापी पर्यटन र आतिथ्य संस्थाहरू, पेशेवर र उद्योगका विविध क्षेत्रमा संलग्न व्यक्तिबीच अनुपम सम्पर्क सञ्जाल स्थापित गरी व्यावसायिक अवसर र मूल्यवान उद्योग अन्तरदृष्टिलाई बढावा दिने विश्वास गरिएको महासचिव भट्टको भनाइ छ ।

सम्मेलनमा २० भन्दा बढी राष्ट्रिय र अन्तरराष्ट्रिय वक्ता र विचारकले आध्यात्मिक, साहसिक र लक्जरी पर्यटन, दिगो पर्यटन, समकालीन बजार प्रवृत्ति, वर्तमान मुद्दा र पर्यटनका लागि उदीयमान अवसरबारे साझा दृष्टिकोण प्रदान गरेका थिए । यस्तै बिटुबी कार्यक्रमअन्तर्गत यस वर्ष एचटीएमले संयुक्त राज्य अमेरिका, युरोप, अष्ट्रेलिया, दक्षिण अफ्रिका, रसिया तथा सिआइएस राष्ट्रबाट ६० भन्दा बढी क्रेता र नेपाल, भारत, भुटान, चीन, बङ्गलादेश र श्रीलङ्का गरी छ वटा गन्तव्य राष्ट्रबाट सहभागी हुने ६५ भन्दा बढी विक्रेता सहभागी भएको पाटा नेपालले जनाएको छ ।


प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  ०९:२४
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पर्यटकको आकर्षक केन्द्र बन्दै जुम्लाको ‘आकासे ताल’
पर्यटकको आकर्षक केन्द्र बन्दै जुम्लाको ‘आकासे ताल’ बिहीबार, कात्तिक १३, २०८२
मुगुको कोइकी हिमालमा पहिलो पटक सफल आरोहण
मुगुको कोइकी हिमालमा पहिलो पटक सफल आरोहण बिहीबार, कात्तिक १३, २०८२
उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न प्रशासनको आग्रह
उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न प्रशासनको आग्रह बिहीबार, कात्तिक १३, २०८२
अब सरर पोखरा–मुग्लिन सडकमा
अब सरर पोखरा–मुग्लिन सडकमा बिहीबार, कात्तिक १३, २०८२
ओझेलमा भोर्नागीको प्रसिद्ध ‘सत्यदेवी देवस्थल’
ओझेलमा भोर्नागीको प्रसिद्ध ‘सत्यदेवी देवस्थल’ बिहीबार, कात्तिक १३, २०८२
रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए
रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए बुधबार, कात्तिक १२, २०८२
‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : सेना
‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : सेना बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP