Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  •  पर्यटन बोर्डद्वारा 'नेपाल ट्राभल स्पेसलिस्ट’  पाठ्यक्रम सार्वजनिक
 पर्यटन बोर्डद्वारा 'नेपाल ट्राभल स्पेसलिस्ट’  पाठ्यक्रम सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ २१, २०८२

काठमाडौं- नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) नेपालसँगको सहकार्यमा ‘नेपाल ट्राभल स्पेसलिस्ट – बेसिक लेभल’ अनलाइन पाठ्यक्रम सार्वजनिक गरेको छ । पाटा नेपाल र नेपाल एयरलाइन्स अन्य निजी क्षेत्रको सहकार्यमा बोर्डले आयोजना गरेको हिमालयन ट्राभल मार्टको उद्घाटन सत्रका अवसरमा मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले 'क्यूआर' सार्वजनिक गर्दै अनलाइन तालिमको औपचारिक शुभारम्भ गरेका हुन् । 

नेपालका पर्यटन पेशाकर्मीहरूको ज्ञान, दक्षता र सेवा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित सुरु गरिएको अनलाइन तालिमले नेपालको पर्यटन उद्योगलाई दिगो, समावेशी र व्यावसायिक बनाउन सहयोग पुर्‍याउने मन्त्री पाण्डेको बताएका छन् । 

‘सस्टेनेबल टुरिज्म प्रोजेक्ट (एसटीपी)’ अन्तर्गत तयार पारिएको यो तालिम नेपाल पर्यटन बोर्डको इ–लर्निङ्ग प्लेटफर्म [https://ntb.caffeinetech.com.np/courses/nepal-travel-specialist-basic] मार्फत निःशुल्क रूपमा प्रदान गरिने भएको छ । पाठ्यक्रममा नेपालका भौगोलिक, सांस्कृतिक र जैविक विविधता, प्रमुख पर्यटन उत्पादनहरू जस्तै ट्रेकिङ्ग, साहसिक यात्रा, सांस्कृतिक सम्पदा र वेलनेस पर्यटन, दिगो पर्यटनका सिद्धान्त र गन्तव्य संरक्षण, जिम्मेवार यात्रा अभ्यास, जलवायु लचकता, ग्राहक सेवा सीप र आगन्तुकसँगको प्रभावकारी संलग्नता जस्ता विषयवस्तु समावेश गरिएका छन् ।

Hardik health

यस कार्यक्रममा  विशेषतः ट्राभल एजेण्ट, गाइड, टुर अपरेटर, ट्रेकिङ्ग कम्पनी तथा पर्यटन विषय अध्ययन गरिरहेका विद्यार्थीहरूलाई लक्षित गरिएको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले यस कार्यक्रमले पर्यटन क्षेत्रका पेसाकर्मीहरुलाई डिजिटल क्षमताको विकासमा एउटा कोसेढुंगा हुने बताएका छन् । उनले भने, "यूएनडीपीसँगको सहकार्यमार्फत हामी केवल ज्ञान आदान–प्रदान गरिरहेका छैनौं, हामी दिगो, समावेशी र पेशागत पर्यटन उद्योगको जग बलियो बनाउँदैछौं ।”

यही सन्दर्भमा नेपालकी रेसिडेन्ट रिप्रिजेन्टेटिभ क्योको योकोसुकाले भनिन्, “यो तालिमले पर्यटनमार्फत् जीविकोपार्जनको अवसर विस्तार गर्ने हाम्रो साझा प्रतिबद्धताको प्रतिनिधित्व गर्छ । डिजिटल शिक्षाको माध्यमबाट ग्रामीण क्षेत्रका युवायुवती तथा पर्यटन व्यवसायीहरूलाई सीप र ज्ञानमा पहुँच पुर्‍याउन सकिने सम्भावनालाई हामीले आत्मसात् गरेका छौं ।”यो पाठ्यक्रम आफैंले समय मिलाएर सिक्न सकिने ‘सेल्फ–पेस्ड’ अनलाइन मोड्युलमा आधारित छ । यसको सामग्रीहरू भिडियो, क्विज तथा दृश्यात्मक माध्यममा अन्तक्रियात्मक रूपमा तयार गरिएको छन् । सहभागीहरूले तालिम पूरा गरेपछि प्रमाणपत्र प्राप्त गर्नेछन्, जसले उनीहरूको व्यावसायिक विश्वासनीयता अभिवृद्धि गर्न सहयोग गर्नेछ ।

नेपाल सरकारले घोषणा गरेको ‘पर्यटन दशक’ रणनीतिअनुसार सन् २०३२ सम्म ३५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यलाई ध्यानमा राखेर मानव संसाधन विकासमा लगानी गरिँदै आएको छ । यसै सन्दर्भमा नेपाल पर्यटन बोर्डले यूएनडीपीसँगको सहकार्यमा सन् २०२५ देखि २०२८ सम्म सञ्चालन हुने ‘सस्टेनेबल टुरिज्म प्रोजेक्ट’ले २,५०० रोजगारी सिर्जना गर्ने तथा ५,००० जनालाई पर्यटनसम्बन्धी सीप अभिवृद्धि तालिम दिने लक्ष्य लिएको छ ।विशेष गरी महिला र सीमान्तकृत समुदायहरूलाई लक्षित गरी स्थानीय तहमा पूर्वाधार सुधार, डिजिटल नवप्रवर्तन र गन्तव्यहरूको क्षमता विकासमार्फत यो परियोजना कार्यान्वयन गरिने बोर्डले जनाएको छ । परियोजनाले दिगो, समावेशी र स्थानीय स्रोतमा आधारित पर्यटन प्रवर्द्धन गर्दै आर्थिक वृद्धिमा टेवा पुर्‍याउने बोर्डको विश्‍वास छ ।


प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १३:३२
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पर्यटकको आकर्षक केन्द्र बन्दै जुम्लाको ‘आकासे ताल’
पर्यटकको आकर्षक केन्द्र बन्दै जुम्लाको ‘आकासे ताल’ बिहीबार, कात्तिक १३, २०८२
मुगुको कोइकी हिमालमा पहिलो पटक सफल आरोहण
मुगुको कोइकी हिमालमा पहिलो पटक सफल आरोहण बिहीबार, कात्तिक १३, २०८२
उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न प्रशासनको आग्रह
उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न प्रशासनको आग्रह बिहीबार, कात्तिक १३, २०८२
अब सरर पोखरा–मुग्लिन सडकमा
अब सरर पोखरा–मुग्लिन सडकमा बिहीबार, कात्तिक १३, २०८२
ओझेलमा भोर्नागीको प्रसिद्ध ‘सत्यदेवी देवस्थल’
ओझेलमा भोर्नागीको प्रसिद्ध ‘सत्यदेवी देवस्थल’ बिहीबार, कात्तिक १३, २०८२
रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए
रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए बुधबार, कात्तिक १२, २०८२
‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : सेना
‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : सेना बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP